पीसीआर गराउँदा परिचयपत्र अनिवार्य

 न्यूज विराट
पीसीआर गराउँदा परिचयपत्र अनिवार्य

सप्तरी, २० साउन-कतिपयले झुटो विवरण लेखाई पीसीआर गराउने गरेका कारण पुष्टि भएका सङ्क्रमित पत्ता लगाउन समस्या भएपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ ।

कोरोना परीक्षणका लागि स्थानीय तहले सङ्कलन गरेर दिएका विवरण झुटो र फरक पर्न थालेपछि नागरिकता वा परिचय खुल्ने आधिकारिक प्रमाणपत्र अनिवार्य गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले भने, ‘कन्ट्याक्ट ट्रेसिङ्ग र ट्र्याकिङ्गका आधारमा स्थानीय तहले सङ्कलन गरी दिएको विवरणमा कतिपयको नाम, उमेर झुटो लेखाएको पाएपछि परिचयपत्र खोज्न थालिएको हो ।’

सर्वसाधारण युवादेखि कर्मचारी समेतले झुटो विवरण लेखाएको पाइएको कार्यालयले जनाएको छ । यादवले थपे, ‘सम्भवतः आफूबाहेक अरू कसैले पनि जानकारी नपाओस् भनेर करिब ४÷५ जनाले अर्कै नाम र ठेगाना लेखाएर स्वाब सङ्कलन गराएकामा पोजिटिभ रिपोर्ट आएपछि उनीहरुको खोजी गर्न समस्या भएकाले नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र अनिवार्य गर्न लागिएको हो ।’

जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सप्तरीको बैठकमा यस विषयबारे छलफल भएको र नाम, ठेगानासहितको विवरण सङ्कलन गर्ने स्थानीय तहलाई यसबारे जानकारी गराइएको यादवले बताए । झुटो विवरण लेखाउने सबै व्यक्ति हाल सम्पर्कमा आइसकेको पनि उनले जानकारी दिए ।

पीसीआर परीक्षणमा पोजिटिभ पुष्टि भएका व्यक्तिको नाम, ठेगाना नै फरक परेपछि खोजी गर्न समय लागेको यादवले बताए । सङ्क्रमितको सम्पर्कका व्यक्तिमा छिटो पुगेर अवस्था पत्ता लगाउन विश्वास गरेर कसैको परिचयपत्र नमाग्ने गरिएकामा केही व्यक्तिका कारण उनीहरुको खोजीमा धेरै समय खर्चिनु परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत आनन्द ठाकुरले बताए ।

सङ्कटका बेला प्राप्त साधन, स्रोतको अधिकतम उपयोग गर्नुपर्ने बेलामा सही विवरण नदिएर पीसीआर जचाउन आउनेका कारण स्रोत र साधनको दुरुपयोग भएको उनको भनाइ छ । राजविराज नगरपालिका- ६ र तिलाठी कोइलाडी गाउँपालिका- २ लौनियाका सङ्क्रमितको सम्पर्कका रहेका व्यक्तिमा गरिएको परीक्षणपछि सप्तरी जिल्लामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ह्वात्तै बढेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सप्तरीका ५१ जना सङ्क्रमित पुष्टि गरेको छ । यसमध्ये तिलाठी कोइलाडी गाउँपालिका- २ लौनियाका २५ जना र राजविराज नगरपालिकाको विभिन्न वडाका २० जना रहेका छन् । त्यसपछि नयाँ थप भएका सातजना सङ्क्रमित सबै राजविराज नगरपालिकाका हुन् ।

थप भएका ७ जनाको आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गर्ने तयारी गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ५३१ पुगेको छ ।

कोरोना भाइरसको सङ्क्रमण विस्तार हुन नदिन यही साउन ८ गतेदेखि राजविराज नगरपालिका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको थियो ।

रोगको सङ्क्रमण बढ्न थालेपछि आज बिहान ५ बजेदेखि आगामी सोमबार साँझ ५ बजेसम्मका लागि सप्तरी जिल्लाभरि नै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले बताएका छन् ।

जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम निषेधाज्ञा जारी गरिएको निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन, पसल बन्द रहने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । रासस

सम्बन्धित समाचार

गोरखा अस्पतालबाट ८ जना कोरोना जितेर घर फर्किए

गोरखा अस्पतालमा उपचाररत ८ जना कोरोना जितेर घर फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूले जिल्ला अस्पताल गोरखाको आइसोलेसन वार्डमा उपचार गराइरहेका थिए । पछिल्लो पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरी घर पठाइएको...

विराट गोल्डकप, कोलकातालाई हराउँदै मच्छिन्द्र सेमिफाइलनमा

विराटनगर । विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ ।मंगलबार अन्तिम क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।विराटनगरको सहिद मैदानमा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा...

कान्ति बाल अस्पतालको ओपीडी टिकट अब घरबाटै

काठमाडौं, ३० जेठ-कान्ति बाल अस्पतालले ओपीडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो एप्सको शुभारम्भ गर्दै यसबाट उपभोक्तको समयको बचत हुनाका...

विद्यालयलाई फाउन्डेसनका अध्यक्ष गिरीद्धारा शैक्षिक समाग्री वितरण

विराटनगर । गिरी फाउन्डेसन विराटनगरले मोरङको कटहरी गाउँपालिका ४ स्थित श्री आधरभूत विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । फाउन्डेसनका अध्यक्ष अविशेक गिरीले विद्यालयलाई आवश्यक पर्ने शैक्षिक सामाग्री बुधबार वितरण गरेका हुन् ।सामुदायिक विद्यालयको शैक्षिक...

छायाँ प्रतिवेदन तयारीका लागि अपाङ्गता भएका महिला र किशोरिलाई कार्यशाला

विराटनगर । अपाङ्गता भएका महिला र किशोरिको सवाल विषयक छायाँ प्रतिवेदन तयारीका लागि प्रदेश स्तरिय कार्याशाला गोष्ठी सम्पन्न भएको छ । अपाङ्गता भएका महिला तथा किशोरीको सवालहरुको पहिचान गरी विविधताको सम्म्मान गरौँ भन्ने मूल नाराका...

नोबेलमा २ कोरोना संक्रमितको मृत्यु

विराटनगर, २३ असोज–विराटनगरस्थित नोबेल शिक्षण अस्पतामा उपचाररत दुई जना कोरोना सन्क्रमितको मृत्यु भएको छ । मोरङको रंगेली र सुनसरीको धरान घर भएका कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । नोबेलका प्रबन्धक नारायण दाहालका अनुसार मोरङको...

सुनको सिक्री चोरी आरोपमा मोरङबाट दुई जना पक्राउ

विराटनगर । सुनको सिक्री चोरी आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलका प्रहरी कार्यालय बेलबारीले चोरी आरोपमा दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका वडा नं ९ बैगुनधुरा का...

मेयर कोइरालाकै घरमा चल्यो डोजर, विराटनगरमा अवैध संरचना हटाउन थालियो

विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउने अभियान सुरु गरेको छ ।अभियानको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको घरबाटै सुरु गरिएको छ । विराटनगर–९ जलजला रोडस्थित कोइरालाले भाडामा लगाएका पसल सञ्चालकले सटर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्