सञ्चालक चिकित्सकमा कोरोना पुष्टि भएको विराट नर्सिङ्ग होम सञ्चालनमा

 न्यूज विराट
सञ्चालक चिकित्सकमा कोरोना पुष्टि भएको विराट नर्सिङ्ग होम सञ्चालनमा

विराटनगर, साउन १९–विराटनगरस्थित विराट नर्सिङ्ग होम (विराटनगर अस्पताल) शिल भएको दुई सातापछि सोमबारबाट सञ्चालनमा आएको छ । अस्पतालका सञ्चालकसमेत रहेका डा. ज्ञानेन्द्रमानसिंह कार्कीमा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिकाले गत साउन ८ गते अस्पताल शिल गरेको थियो ।

दुई सातासम्म अस्पताल सेनिटाइज गरेपछि सञ्चालनमा ल्याइएको हो । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरूको स्वाब संकलन गरि पीसिआर प्रविधिबाट परीक्षण गरेपछि अस्पताललाई पूर्णरुपमा सेनिटाइज गरेर सञ्चालनमा ल्याएको अस्पतालका प्रशासन प्रमुख पदम विनाडीले जानकारी दिए ।

उनले अस्पताल शिल गरेपछि सो अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको स्बाव संकलन गरिएको र रिपोर्ट पोजेटिभ आएकालाई कोभिड अस्पतालमा तथा नेगेटिभ आएका स्वास्थ्यकर्मी एवम कर्मचारी अस्पतालमा रहेको बताए ।

अस्पताल पूर्णरुपमा सञ्चालन गर्न आफूहरु तयार भएपनि नेपाल चिकित्सक संघ कोशी शाखाले जारी गरेको विज्ञप्तिलाई सम्मान गर्दै अर्काे सूचना जारी नभएसम्म आकस्मिक सेवा मात्र सञ्चालनमा ल्याइएको विनाडीले बताए ।

सो अस्पतालका सञ्चालक डा. कार्कीको संघिय राजधानी काठमाडौंमा प्लाज्मा थेरापि विधिबार उपचार भएको छ । हाल उनि उपचाररत रहेको र स्वास्थ्य अवस्था सामान्य बन्दै गएको जनाइएको छ ।

सम्बन्धित समाचार

गोकर्णेश्वरका विद्यार्थीलाई रामायण अध्यापन गराइने

गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयमा बालबालिकालाई रामायणका विषयमा अध्यापन गराइने भएको छ । बालबालिकाका लागि पढ्न सकिने गरी पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाले लेखेको ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको छ ।...

जब मुख्यमन्त्री राईले मन्त्रालयकै गरे अनुगमन…

विराटनगर, ९ साउन–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज सामाजिक विकास मन्त्रालयको अनुगमन गरेका छन् । मुख्यमन्त्री राईले मन्त्रालयको अनुगमन पछि मन्त्रालयका सचिव, महाशाखा प्रमुख लगायत कर्मचारीहरुलाई निर्देशन पनि दिएका छन् । सामाजिक विकास मन्त्रालयले...

पर्यटकीय क्षेत्रको प्रर्वद्धनमा सबैको साथ र सहयोग आवश्यक : नाट्ट अध्यक्ष भट्टराई

विराटनगर । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका अध्यक्षमा पुण्य प्रसाद भट्टराईले पर्यटकीय क्षेत्रको प्रर्वद्धनमा सबैको साथसहयोगको खाँचो रहेको बताएका छन् । झापाको दमकमा सुरु भएको दशौं दमक फुट फेस्टिबलको उद्घाटन...

उदयपुरमा क्वारेन्टाइनमा बसेका युवकले गरे आत्महत्या

उदयपुर, १९ वैशाख-उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ मुर्कुचीस्थित जनता क्याम्सको क्वारेन्टाइनमा राखिएको १ युवकले गए राति श्रीमतीको सलले घाँटीमा बेरेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सोही गाउँपालिका–७ गुराँसेका १९ वर्षीय सुमन विक रहेको रौतामाई गाउँपालिकाका...

विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा कडाइ गर्ने

विराटनगर/ विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा कडाइ गर्ने भएको छ । सुर्तीजन्य पदार्थरहित दिवस २०७९ को अवसरमा विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर शिल्पा कार्कीले सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा...

बालबालिकालाई विद्यालयमै ‘फाइजर भ्याक्सिन’

बैतडी, १ भदौ । बैतडीमा पाँचदेखि १२ वर्षमुनिका ३८ हजार बालबालिकालाई कोरोनाविरुद्धको ‘फाइजर भ्याक्सिन’ दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा ती उमेर समूह लक्षित खोप अभियान सञ्चालन गर्न निर्देशन गरेसँगै यहाँ...

एसविएससि सिङ्गिङ स्टारको लाइभ राउन्टमा ५० जना छनोट

विराटनगर । पाँचौं संस्करणको एसविएससि सिङ्गिङ स्टारको लाइभ राउन्टमा ५० जना प्रतियोगि छनोट भएका छन् ।सेमिफाइनलमा पुगेका ११६ जनाबाट मंगलबार लाइभ राउन्टको लागि ५० जना छनोट भएका हुन् । विराटनगरस्थित एभरेष्ट स्कुलमा भएको सेमिफाइनल चरणबाट...

सवारी दुर्घटनामा प्रहरी जवानसहित २ जनाको मृत्यु

परासी, १९ वैशाख-नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र बाँके जिल्लामा बिहीवार राती भएका २ छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । दुर्घटनामा २ जना घाइते भएका छन्। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१६ त्रिवेणी जाने भित्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्