जापानी दूतावासमा ‘नो अब्जेक्सन’ लेटर लिनेको भीड

 न्यूज विराट
जापानी दूतावासमा ‘नो अब्जेक्सन’ लेटर लिनेको भीड

काठमाडौं, १९ साउन-नेपालस्थित जापानी दूतावासअगाडि जापान जान ‘नो अब्जेक्सन’ लेटर लिनेहरूको भीड लागेको छ । बिदामा नेपाल आएका तर कोरोनाका कारण यतै रोकिएका नागरिक पुनः जापान जानका लागि ‘नो अब्जेक्सन’ लेटर लिन लामो लाइन लागेका हुन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना कारण सम्पूर्ण उडानहरू बन्द भएका थिए ।

अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै बिदामा नेपाल आएकाहरू यतै रोकिएका थिए । जापान सरकारले अगस्ट ५ बाट नेपालीको प्रवेश खुला गरेपछि ‘नो अब्जेक्सन’ लेटर दूतावास आउनुपरेको सेवाग्राहीले बताएका छन् ।

नयाँ भिसा भने अहिले खुलाएको छैन । यसअघि नै जापानमा बसेर अध्ययन गरिरहेका रोजगारी गरिरहेका र बिदामा नेपाल आएका नागरिक मात्रै जान पाउनेछन् ।

दूतावासले नो अब्जेक्सन लेटर दिएपछि जापान उड्नुभन्दा ७२ घण्टाअघि कोरोना रिपोर्ट नेगेटिभ आएको हुनुपर्नेछ । उपत्यकासहित देशभरि संक्रमणको जोखिम बढे पनि दूतावासमा सेवा लिन आउनेहरूले मास्क लगाउनेबाहेक अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाएको भने देखिँदैन ।

सम्बन्धित समाचार

राजविराज नगरक्षेत्रमा बिहीबार बिहानदेखि कर्फ्यू लागू गर्ने निर्णय

काठमाडौं, ७ साउन-राजविराज नगरक्षेत्रमा तीव्रगतिमा कोरोना भाइरसको सङ्क्रमित बढिरहेको भन्दै बिहीबारदेखि राजविराज नगर क्षेत्रमा निषेधज्ञा जारी गर्ने निर्णय गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले कोभिड–१९ सङ्क्रमण तीव्ररूपमा फैलिएपछि राजविराज नगरक्षेत्रमा निषेधाज्ञा आदेश जारी गर्ने...

विराटनगरमा ‘तमु ल्होसार’ पर्व मनाइयो

विराटनगर । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । विराटनगरमा भव्य कार्यक्रमसहित यो पर्व मनाइएको हो। विराटनगरस्थित होटल कन्जनजंगामा आयोजित कार्यक्रममा विभिन्न कार्यक्रम गरी मनाइयो...

वीगञ्जको कोभिड विशेष अस्पतालमा १ किशोरीको मृत्यु

जनकपुरधाम, ९ साउन-वीरगञ्जको कोभिड-१९ विशेष अस्पतालमा भर्ना भएकी १ किशोरीको मृत्यु भएको छ । बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ वर्षीया किशोरीको वीरगञ्जको गण्डक कोभिड-१९ अस्पतालमा उपचारका क्रममा शुक्रबार अपरान्ह मृत्यु भएको अस्पतालका डा. निरज...

उत्कृष्ट विद्यार्थीलाई शिक्षादीप कलेजको सम्मान र पुरस्कार

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान र नगद पुरस्कार वितरण गरेको छ ।कलेजले लिएको दोस्रो त्रैमासिक परीक्षमा उत्कृष्ट हुने १३८ जना बिद्यार्थीलाई मंगलबार सम्मान र पुरस्कार वितरण गरेको हो ।सम्मानित हुने १ सय...

सिटिभिटीले लिएको लेभल टूको परीक्षा विवादमा, केन्द्र सारेर पुनः परीक्षा लिन माग

विराटनगर । प्राबिधिक तथा व्यवसायिक तालिम परिषद् (सिटिभिटी) ले सौन्दर्यकर्मीहरुको लागि सुरू भएको लेभल टूको प्रयोगत्मक परीक्षा विवादमा परेको छ । ३ फागुनदेखि विराटनगरमा सुरु भएको प्रयोगत्मक परीक्षा विवादमा परेको हो । परीक्षा निष्पक्ष हुन...

कक्षा ११ र १२ को परीक्षा स्थगित

कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ । परीक्षा बोर्डको आज बसेको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै...

अझै सिल भएन सप्तरीमा कोरोना भेटिएका युवकको गाउँ

सप्तरी, ३१ वैशाख-सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ हटैलका १ युवकमा कोरोना संक्रमणको पुष्टि भएपछि सिल गरिएको सुनिए पनि बस्तीमा हालसम्म सेनिटाइजसम्म नगरिएको स्थानीयहरूले गुनासो गरेका छन् । बस्तीमा संक्रमित भेटिएसँगै आफूहरू त्रसित भएको अवस्थामा हालसम्म जनप्रतिनिधीले कुनै...

रोटरी क्लबको साक्षरता अभियान

विराटनगर । सामाजिक कार्यमा सक्रिय रहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले साक्षरता अभियान सुरु गरेको छ । महिला एवम् युवतीहरुका लागि क्लबले साक्षरता अभियान सञ्चालन गरेको हो । क्लबले सेप्टेम्बर महिनाभरी आधारभूत शिक्षा र साक्षरता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्