विराटनगर, साउन १९–विराटनगर महानगरपालिकाले जारी गरेको लक डाउन उ्रल्लंघन गर्दै अत्याधि भिडभाड हुन थालेको छ । लक डाउन कार्यान्वयन फितलो भएका कारण सर्वसाधरणले वेवास्ता गर्दै भिढभाड गरेका हुन् ।
सोमबार जनै पूर्णिमाका दिन विहानैदेखि विराटनगमा चहल पहल बढेको छ भने अत्याधिक भिडभाढ बढेको छ । विराटनगरमा समुदाय स्तरमै ट्राभल हिस्ट्रीनै नभएका व्यक्तिमा संक्रम तिब्र गतिमा बढ्दै गएपनि सर्वसाधारणले लक डाउन वेवास्ता गर्ने गरेका छन् ।
विराटनगरमा सोमबार विाहनैदेखि मिठाई पसलमा अत्याधित भिड लागेको छ । साउनको सोमबार ब्रतको दिन र रक्षा बन्धन, ऋषि तर्पणी पर्वले गर्दा मानिसहरु कोरोना संक्रमणको पर्वाह नगरी मिठाई पसलमा तँछाडमछाड गर्दै भीड गरिरहेका हुन् ।
विराटनगरम महानगरपालिकाले कोरोना संक्रमणको जोखिम बढेको भन्दै १४ दिने लकडाउन घोषणा गरेको छ । लकडाउनको पहिलो दिन शनिबार भीड नियन्त्रण भएको देखिएपनि आइतबार बजारमा मानिसहरुको अधिक चाप थियो ।
सोमबार पनि मिठाई पसल र फलफुल पसलमा मानिसहरुको भीड छ र कतिपयले मास्कसमेत लगाएका छैनन् । भीड हटाउन वरिपरी सुरक्षाकर्मीसमेत देखिदैन ।
सुक्षाकर्मी देखिएपनि लकडान कडाई हुन सकेको छैन । जसका कारण संक्रमण अझ तिब्र गतिमा फैलन सक्ने भन्दै सर।ेकारवालाहरु चिन्तित बनेका छन् ।
सोमबार मात्र विराटनगरमा प्रदेश १ का मुख्य न्यायधिवक्ता चुडामणि आचार्य, उनकी श्रीमति र छोरासहित १८ जना नयाँ संक्रमितको पहिचान भएको छ । योसँगै विराटगनरमा संक्रमित हुने १ सय ३६ जना पुगेका छन् । तरपनि नागरिकहरु सचेत नहुँदा कोरोना संक्रमणको त्रास बढ्दै गएको छ ।