कोरोना संक्रमणको जोखिम बढेपछि जनकपुरधाममा निषेधाज्ञा

 न्यूज विराट
कोरोना संक्रमणको जोखिम बढेपछि जनकपुरधाममा निषेधाज्ञा

जनकपुरधाम, १८ साउन-कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सोमबार रातिदेखि लागू हुने गरी जनकपुरधाम उपमहानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । 

आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी जनकपुरधाममा १ सातासम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको हो ।

जनकपुरधाम उपमहानगरपालिकाका साथै उत्तरमा महेन्द्रनगरनजिकको औरही पुलसम्म निषेधाज्ञा जारी गरिनेछ । निषेधाज्ञाको समयमा अति आवश्यक कामबाहेक सबैलाई घरभित्र बस्न आग्रह गरिएको छ । स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम निषेधाज्ञा लगाउने निर्णय गरिएको हो । कोरोना संक्रमण बढेपछि यसअघि प्रदेश २ का वीरगञ्ज, राजविराज र जलेश्वरमा निषेधाज्ञा जारी गरिएको छ ।

सम्बन्धित समाचार

ईद पर्व सबै नेपालीको मौलिक पुँजी होः प्रधानमन्त्री ओली

काठमाडौं, १२ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै इद उल फित्र मनाउन आग्रह गरेका छन् । रमदानको रोजा पूरा गरी इद उल फित्र मनाइरहेका इस्लाम समुदायका...

इप्रका रंगेलीलाई सफलता, गोदाम छापा हानेर तस्करीको चप्पल बरामद

विराटनगर । इलका प्रहरी कार्यालय रंगेलीले छुटाछुट्टै दुई स्थानमा गोदाममा छापा हानेर भारतबाट तस्करीको भएको ठूलो परिमाणको चप्पल बरामद गरेको छ ।मोरङको पूर्वी दक्षिण सीमाक्षेत्रबाट भारतीय नगरिकले पूर्वी सहरमा तस्करी गरि विक्री वितरण गर्न गोदाममा...

लुम्बिनीमा प्रदेश सभा सदस्यहरु बन्धक

काठमाडौं, साउन २६ । अरुलाई लोकतन्त्र र संसदीय व्यवस्थाको पाठ सिकाउने नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा सांसद् पदकै उपहास गरेको छ । माओवादी, जसपा र जनमोर्चासँग मिलेर कांग्रेसले आफ्नै सांसद्लाई रिसोर्टमा बन्धक बनाएर राखेको छ । शंकर...

उपत्यकाका थप १६ निजी अस्पतालमा कोभिड-१९ क्लिनिक

सरकारले काठमाडौं उपत्यकाका थप १६ वटा निजी अस्पताललाई कोभिड- १९ क्लिनिक सञ्चालन गर्ने गरी सूचीकृत गरेको छ । स्वास्थ्य मन्त्रालयको कोरोना भाइरससँग सम्बन्धित नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. विकास देवकोटाले उपत्यकाका थप १६ वटा अस्पताललाई...

विराटनगरमा अन्तर विद्यालय स्तरीय फुटबलः सनरे र मोर्डन एरा स्कूल क्वाटरफाइनलमा

विराटनगर, २६ मंसिर । प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय मिल्स कप नकाउट फूटलब टुर्नामेन्टमा मोरङको रंगेलीस्थित सनरे बोर्डिङ स्कूल र विराटनगरको मोर्डन एरा स्कूल क्वाटरफाइनलमा प्रवेश गरेको छ । फार्क क्लब रानी विराटनगर – १५...

क्रकेट प्रशिक्षकलाई प्रशिक्षण तालिम

विराटनगर । क्रिकेट प्रशिक्षकहरूको लागि आयोजना गरिएको दुई दिने क्रिकेट प्रशिक्षण तालिम शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट वीइदआउट बाउनड्रीज बेलायतको संयुक्त आयोजनामा शुक्रबारदेखि उक्त तालिम विराटनगरमा भएको थियो । दक्ष...

सेन्ट्रल मल चौथो वर्षमा, विविद्य कार्यक्रम गरी मनाउने

विराटनगर । विराटनगरस्थित सेन्ट्रल मल चौथो वार्षिकोत्सव विविद्य कार्यक्रम आयोजना गरी मनाउने भएको छ । सेन्ट्रल मलले विभिन्न कार्यक्रम गरी चौथो वार्षिकोत्सव मनाउने भएको हो । वार्षिकोत्सव अवसर पारेर फागुन २० विहान १० बजेदेखि सुल्ला...

दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना संक्रमण पुष्टि

सिराहा, ६ भदौ-मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ दिनअघि गत ३ भदौमा मृत्यु भएका मिर्चैया नगरपालिका­४ निवासी ६८ वर्षीय वृद्धमा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्