न्यूरो अस्पतालका चिकित्सकमा पनि कोरोना

 न्यूज विराट
न्यूरो अस्पतालका चिकित्सकमा पनि कोरोना

विराटनगर, साउन १७–विराटनगरस्थित न्यूरो अस्पतालका एक चिकित्यकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि विराटन नर्सिङ होम, म्याक्स र कोशी अस्पतालमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना संक्रमण देखिएकोमा न्युरो अस्पतालका चिकित्सकमा पनि कोराना संक्रमण भएको हो ।

विराटनगर महानगरपालिकाका अनुसार न्यूरो अस्पतालको इमरजेन्सी वार्डमा कार्यरत चिकित्सकमा संक्रमण देखिएको हो । संक्रमित चिकित्सक विराट नर्सिङहोममा पनि कार्यरत थिए । संक्रमित चिकित्सकलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आईसालेसनमा पठाइएको छ ।

महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार न्युरो अस्पतालका संक्रमित चिकित्सकले काम गर्ने कक्ष सिल गर्न लगाएर उनीसँगको सम्पर्कमा आएका कर्मचारीलाई क्वारेन्टाइनमा बस्न लगाइएको छ ।

न्यूरो अस्पताल विराटनगरका निर्देशक राजेश भट्टराईले संक्रमित चिकित्सकले काम गरेको इमरजेन्सी कक्ष सिल गरिएको जानकारी दिए । संक्रमित चिकित्सकको सम्पर्कमा रहेर काम गरेका कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको उनले बताए ।

संक्रमित व्यक्तीले काम गरेको स्थानमा डिसइन्फेक्सन स्प्रे गरेर क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मीको नमुना संकलन गरिएको उनले बताए । समुदायमा तिब्र गतिमा संक्रमण फैलिँदै गएपछि शनिबारबाट विराटनगर महानगरपालिकाले १४ दिनका लागि लकडाउन लागु गरेको छ ।

सम्बन्धित समाचार

न्युट्रास्युटिकल औषधि होइन, विक्री बिक्री वितरण नगर्न एनपीएको आव्हान

विराटनगर । नेपाल फर्मास्यूटिकल एसोसिएसनले न्युट्रास्युटिकल औषधि नरहेको प्रस्ट्याउँदै उक्त वस्तुहरू आफ्नो फार्मेसीहरुबाट बिक्री वितरण नगर्न नगराउन आह्वान गरेको छ । नेपाल फर्मास्यूटिकल एसोसिएसनले एक प्रेस विज्ञाप्ती जारी गर्दै यस्तो आव्हान गरेको हो । ‘बजारमा...

प्रतिनिधिसभा विघटनबारे सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं, १० पुस-प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । साथै सर्वोच्चले प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयसँग प्रतिनिधिसभा विघटन निर्णयको सक्कल फाइल माग गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका दर्जनबढी रिटमाथि...

श्रमिकलाई सहयोगको प्याकेज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष प्रचण्ड

काठमाडौं, १९ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीलाई शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले आज जारी गरेको शुभकामना सन्देशमा...

दिल्लीस्थित जामिया विश्वविद्यालय बाहिर गोली चल्यो

एजेन्स, माघ २०–भारतको राजधानी नयाँ दिल्लीस्थित जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयल बाहिर गोली चलेको छ । बीबीसीका अनुसार विश्वविद्यालयको गेट नम्बर पाँचमा गोली चलेको हो । जामियाका छात्र जोएब अहमदले भने, ‘अचानक मानिसहरु चिच्याएको आवाज आउन...

साफ महिला च्याम्पियनसिप : आज नेपालले भारतसँग भिड्दै

विराटनगर । साफ माहिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहचरणको पहिलो खेलमा घरेलु टोली नेपालले आज शुक्रबार भुटानको सामना गर्दैछ। समूह ‘बी’ अन्तर्गतको यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ : ३० बजे सुरु हुनेछ। अघिल्लो संस्करणमा...

एनसीडिए मोरङको अध्यक्षमा देशबन्धु ढकालको उम्मेदवारी घोषणा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ ९एनसीडिए० मोरङको उपाध्यक्ष देशबन्धु ढकालले संघको दोस्रो अधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी मंसिर २० गते हुने संघको संघको दोस्रो अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्...

भारतमा कोरोना : एकै दिनमा करिब १० हजार संक्रमित, २७९ को मृत्यु

एजेन्सी, जेठ २८-भारतमा कोरोनाभाइरसका कारण एकै दिनमा झण्डै १० हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९८५ जना संक्रमित भएको पुष्टि भएको हो । योसँगै...

चर्को भाडा असुलेर यात्रु लगिएको छैनः सिटौला

काठमाडौं,  २६ जेठ-नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यात्रुसँग चर्को भाडा नलिएको स्पष्ट पारेका छन् ।महासंघ र उनको नाम जोडेर यात्रुसँग चर्को भाडा असुलेको समाचार बाहिर आएपछि महासचिव सिटौलाले स्पष्ट पारेका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्