सीमानाकाबाट नेपाल भित्रिने सबैको कोरोना परीक्षण गराउन मन्त्रालयको आग्रह

 न्यूज विराट
सीमानाकाबाट नेपाल भित्रिने सबैको कोरोना परीक्षण गराउन मन्त्रालयको आग्रह

काठमाडौं, १७ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थलमार्ग हुँदै सीमानाकाबाट नेपाल भित्रिने नागरिकको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न आग्रह गरेको छ । धेरै ठाउँमा भारतबाट आएका व्यक्तिहरूलाई परीक्षण नगरी घर पठाउने गरेको पाइएकोले त्यस्तो नगर्न मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भारतलगायत तेस्रो मुलुकबाट आउने सबैलाई क्वारेन्टाइनमा राखेर स्वाब संकलन गरी कोरोना परीक्षण गराउन सबै स्थानीय तहलाई आग्रह गरे । उनले नेगेटिभ नतिजा आएपछि मात्रै होम क्वारेन्टाइनमा जान दिन र पोजिटिभ नतिजा आएकालाई आइसोलेसनमा राख्नसमेत आग्रह गरेका छन् । उनले पछिल्लो समय भारतबाट लुकीछिपी नेपाल भित्रिनेको संख्या बढ्दै गएको र क्वारेन्टाइनमा पनि नबस्ने गरेको पाइएको उल्लेख गर्दै यसबाट समुदायमा कोरोना फैलिने जोखिम बढेकाले सचेत हुनुपर्ने बताए ।

सिंहदरबारभित्र र अन्य कार्यालयमा काम गर्ने कर्मचारी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूले समेत सामाजिक दूरी कायम नगरेको सूचना प्राप्त भएकाले त्यस्तो नगर्न प्रवक्ता डा. गौतमले आग्रह गरे । सही तरिकाले मास्क लगाउन, सामाजिक दूरी कायम गर्न, २५ जनाभन्दा बढी भेला नहुने उनले आग्रह गरे । कारागार, हिरासत कक्ष, सुधार गृह जस्ता स्थानमा क्षमताभन्दा बढी मानिस राख्नुपर्ने बाध्यता रहे पनि आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरे ।

सम्बन्धित समाचार

कोशीमा कांग्रेस संसदीय दलको नेता उद्धव थापाले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्दव थापाले राजीनामा दिएका छन् । विराटनगरस्थित काङ्ग्रेस प्रदेश कार्यालयमा आज दिउँसो पत्रकार सम्मेलन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । उनले कोशी प्रदेश सरकार निर्माणका...

अन्तर विद्यालय टेबलटेनिस सकियो : एभरेष्ट, बुढानिलकण्ठ र सेन्टम्यारिजलाई उपाधी

विराटनगर । पहिलो अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिताको उपाधि विराटनगरका तीन वटा विद्यालयले जितेको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर १५ रानी मिल्स क्लबमा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा विराटनगरको एभरेष्ट, बुढानिलकण्ठ र सेन्टम्यारिज स्कुलले उपाधि...

खुल्न थाले राजधानीका सङ्ग्रहालय

काठमाडौं, २९ भदौ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढेसँगै गत वैशाखदेखि बन्द रहेका राजधानीका सङ्ग्रहालय खुल्न थालेका छन् । राजधानीका नारायणहिटी दरबार सङ्ग्रहालय, गणतन्त्र स्मारक, छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय, मुद्रा सङ्ग्रहालय र हनुमानढोका दरबार सङ्ग्रहालय स्वास्थ्य मापदण्डपालना...

एनसिडिए मोरङद्धारा जनचेतना मुलक कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले जनचेतना मुलक कार्यक्रम आयोजना गरेको छ । संघको भवनमा शुक्रबार अर्गानिक वस्तुको स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम आयोजना गरेको हो । स्थानीय स्तरमा उत्पादन भएको अर्गानिक...

मारवाडी प्रिमियर लिग आठौँ संस्करणको उपाधी महेश्वरी युवा मञ्चले जित्यो

विरानटनगर, १५ फागुन । विराटनगरमा आयोजित मारवाडी प्रिमियर लिगको ८ औं संस्करण महेश्वरी युवा मञ्चले जितेको छ । विराटनगर तीनपैनीस्थित खेलमैदानमा शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा ओसवाल युवा क्लबलाई ११ रनले पराजित गर्दै महेश्वरी युव...

साफ महिला च्याम्पियनसिप : आज नेपालले भारतसँग भिड्दै

विराटनगर । साफ माहिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहचरणको पहिलो खेलमा घरेलु टोली नेपालले आज शुक्रबार भुटानको सामना गर्दैछ। समूह ‘बी’ अन्तर्गतको यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ : ३० बजे सुरु हुनेछ। अघिल्लो संस्करणमा...

प्याब्सन स्पोर्टस मिटको उपाधि पूर्वाञ्चल ऐकेडेमी र कोशी मोडललाई

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमी र विराटनगरमा रहेको ग्यालेक्सी पब्लिक हाइस्कुल ( कोशी मोडल) स्कुलले जितेको छ । विराटनगरमा आइतबार सम्पन्न भएको...

भारतमा मालबाहक रेलले किचेर १६ जना प्रवासी मजदूरहरुको मृत्यु

एजेन्सी, बैशाख २६-महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलगाडीले रेलको लिकमा आराम गरिरहेका प्रवासी मजदूरहरुको एक समूहलाई शुक्रबार बिहान ठक्कर दिँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी साधनको अभावमा हिँडेरै आआफ्ना घरतर्फ गइरहेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्