सद्भाव, सहिष्णुता र मेलमिलाप सम्वद्र्धनमा बकर इदको योगदान महत्वपूर्ण : प्रधानमन्त्री ओली

 न्यूज विराट
सद्भाव, सहिष्णुता र मेलमिलाप सम्वद्र्धनमा बकर इदको योगदान महत्वपूर्ण : प्रधानमन्त्री ओली

काठमाडौं, १७ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले बकर-इद (इदुल जोहा) ले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् । 

इस्लाम धर्मावलम्बीको पर्व बकर-इद (इदुल जोहा)का अवसरमा शुभकामना सन्देश दिँदै उनले मुलुकमा स्थायित्व, आर्थिक विकास, समृद्धि र जनताको जीवनमा सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षालाई सार्थक बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्नेसमेत शुभेच्छा व्यक्त गरेका छन् ।

सन्देशमा प्रधानमन्त्री ओलीले सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आआफ्नो ठाउँबाट सक्रिय रहन यस अवसरमा सबैमा आह्वान गरेका छन् ।

‘यसै दिनदेखि हिजारी संवत्को नयाँ वर्षको सुरुवात हुने गर्दछ । गरिब तथा असहायलाई दान गर्ने परम्परा पनि यस पर्वसँग जोडिएको छ,’ उनले सन्देशमा भनेका छन्, ‘धार्मिक, सांस्कृतिक, भाषिक तथा जातीय विविधताका बीच अनुपम सुदृढ एकता रहेको हाम्रो देशमा विभिन्न सांस्कृतिक पर्वहरूले आपसी सद्भाव, सहिष्णुता मेलमिलापलाई प्रवद्र्धन गर्दै आएका छन् ।’

नेपालमा धार्मिक, सांस्कृतिक र भाषिकलगायतका विविधतालाई संवैधानिकरूपमा सम्मान र संरक्षण गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले भनेका छन्, ‘विविधताबीचको एकता हाम्रो मौलिक पूँजी हो र यसका माध्यमबाट हामीले देशलाई विकास र समृद्धिको नयाँ उचाइमा पुर्‍याउनु पर्नेछ ।’

बकर–इदलाई करिब ४ हजार वर्षअघि हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका अगाडि प्रस्तुत गरेको कुर्वानी (बलिदानी)को सम्झनास्वरूप मनाइने पर्वका रूपमा लिइन्छ ।

सम्बन्धित समाचार

राष्ट्रिय सहकारी दिवस मनाउन विभिन्न नौ उपसमिति गठन

६७औं राष्ट्रिय सहकारी दिवस मोरङमा पनि भव्य रुपमा मनाउन विभिन्न नौ उपसमिति गठन गरिएको छ ।  चैत २० गते पर्ने राष्ट्रिय सहकारी दिवस विराटनगरमा मनाउने तय गरी सोका लागि गत फागुनमा नै जिल्ला सहकारी संघ...

हुलाकी सडक निर्माणमा मेयर कोइरालाको चासो

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हुलाकी सडक निर्माणमा चासो देखाएका छन् । विराटनगर–५ स्थित गणेशचोक–केशलिया खण्डमा पर्ने हुलाकी सडक निर्माणमा विलम्ब हुँदा स्थानीयलाई सास्ती भएको भन्दै मेयर कोइरालाले तत्काल निर्माण सम्पन्न गर्न निर्माण...

‘कोही अलपत्र हुनुहुन्छ भने सम्पर्क गर्नुहोला, हामी भोकै मर्न दिने छैनौँ’

भक्तपुर, ६ वैशाख-सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले कोरोना भाइरसका कारण कोही अलपत्र परेमा तत्काल आफूलाई सम्पर्क गर्न आह्वान गरेका छन् ।अलपत्रलाई भोकै हुन नदिने बताउँदै उनले सरकारले कोरोनाको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनका...

धरानमा उपचाररत एक कोरोना संक्रमित पुरूषको मृत्यु

सुनसरी, १३ असोज-धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको मंगलबार बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका...

धाँधली भएको आरोप लगाएर ट्रम्पले दिएको उजुरी अदालतद्वारा खारेज

एजेन्सी, २१ कात्तिक-अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवारसमेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न...

विराटले क्यान्सरविरुद्धको जनचेतना जोगाउने ‘आशा’ कार्यक्रम गर्दै, एकै दिन १५ कार्यक्रम हुने

विराटनगर । मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर विरुद्धको सचेतना मुलक कार्यक्रम गर्ने भएको छ । माघ २१ गते आईतबारका दिन विश्व क्यान्सर दिवसको अवसरमा १५ वटा भन्दा बढी जनचेतनामुलक...

मन्त्री विश्वासद्धारा पब्लिक क्याम्पसको भवन शिलान्यास

विराटनगर, फागुन १६–मोरङको ग्रामथान गाउँपालिका–६स्थित पब्लिक क्याम्पसको १ करोड लागतमा बन्ने भवनको शिलन्यास गरिएको छ । धनिबनि गाउँस्थित सो क्याम्पस परिसरमा आज आयोजित कार्यक्रमकाबीच प्रदेश एकका उद्योग,पर्यटन,बन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले भवनको शिलन्यास गरे...

वीगञ्जको कोभिड विशेष अस्पतालमा १ किशोरीको मृत्यु

जनकपुरधाम, ९ साउन-वीरगञ्जको कोभिड-१९ विशेष अस्पतालमा भर्ना भएकी १ किशोरीको मृत्यु भएको छ । बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ वर्षीया किशोरीको वीरगञ्जको गण्डक कोभिड-१९ अस्पतालमा उपचारका क्रममा शुक्रबार अपरान्ह मृत्यु भएको अस्पतालका डा. निरज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्