वीरगञ्जमा ८ चिकित्सकसहित २८ जनामा कोरोना संक्रमण

 न्यूज विराट
वीरगञ्जमा ८ चिकित्सकसहित २८ जनामा कोरोना संक्रमण

काठमाडौं, १६ साउन-वीरगञ्जमा २८ जना स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मापदण्डको पालना नगरेकाले स्वास्थ्यकर्मीमा संक्रमण देखिएको बताए ।

उनका अनुसार ८ चिकित्सक, ६ नर्सिङ स्टाफ र ४ पारामेडिससहित २८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो । ‘यसमा जनस्वास्थ्यको मापदण्ड फलो नगरेको भन्ने रिपोर्ट पनि हामीलाई प्राप्त भएको छ । सम्पूर्ण स्वास्थ्यकर्मीलाई मास्क,पञ्जा र एप्रोन लगाउन हामी अनुरोध गर्दछौँ,’ उनले भने ।

उनले छिमेकी भारतका नेपालसँग सीमा जोडिएका राज्यमा कोरोना संक्रमण बढेकाले त्यसले नेपाललाई पनि जोखिम रहेको मन्त्रालयले औँल्याएको छ । प्रवक्ता प्रा.डा. गौतमले नेपालसँग जोडिएका ४ वटा राज्य उत्तारञ्चल, उत्तर प्रदेश, बिहार र वेस्ट बंगालमा निकै कोरोना संक्रमित बढेको भन्दै उनले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

त्यस्तै, मास्कको प्रयोग नगर्ने २ लाख जनालाई कारबाही गरिएको मन्त्रालयले जनाएको छ । १६ हजार जनालाई मन्त्रालयले मास्क वितरण गरेको छ । साथै मास्क सबैलाई लगाउनका लागि मन्त्रालयले अनुरोधसमेत गरेको छ ।

सम्बन्धित समाचार

मोरङमा एकै दिन ११६ जना नक्कली परीक्षार्थी पक्राउ

विराटनगर । मोेरङको तीन वटा परीक्षा केन्द्रबाट ठूलो संख्यामा एकै दिन नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको झोराहाट, केराबारी र हरैचाबाट ११६ जना आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्र्थी भेटिएको मोरङ प्रहरी प्रमुख...

भारतीय विदेश सचिव ११ मंसिरमा काठमाडाैं आउने

काठमाडौं, ८ मंसिर-भारतका विदेश सचिव हर्षवर्द्धन श्रृंगला ११ मंसिरमा नेपालको दुई दिने भ्रमणमा काठमाडौं आउने भएका छन् । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपाल आउन लागेका श्रृंगलाकाे भ्रमणको पहिलो दिन नेपाल-भारत परराष्ट्र सचिवस्तरीय वार्ता हुने...

लडेर १ जनाको मृत्यु

संखुवासभामा लडेर १ जनाको मृत्यु भएको छ । जिल्लाको धर्मदेवी नगरपालिका-६ का ५१ वर्षीय जंगबहादुर जिमीको घरबाट लडेर मृत्यु भएको हो । जिमी मंलबार आफ्नै घर अगाडि ढुंगा निकाल्ने क्रममा चिप्लिएर लडेका थिए । जिमीलाई...

सुदूरपश्चिम प्रदेशमा थप ९६ जनामा कोरोना पुष्टि

डडेल्धुरा, ८ असार-सुदूरपश्चिममा थप ९६ जनामा कोरोना पुष्टि भएको छ । सोमबार काठमाडौंमा भएको परीक्षणमा थप ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । आज थपिएका संक्रमित मध्ये...

आज मध्यरातिदेखि निर्वाचन आचारसंहिता लागु हुँदै

काठमाडौं, चैत २५। आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको आचार संहिता आज मध्यरातिदेखि लागु हुँदैछ । आचार संहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गराइसकेको निर्वाचन आयोगले आज मध्यरातिदेखि मतदानको दिनसम्म कार्यान्वयन...

अवकाशप्राप्त उपरथी श्रेष्ठसहित ९ सैनिक अधिकृत कारवाहीमा

काठमाडौं, १६ जेठ-नेपाली सेनाले अवकाशप्राप्त उपरथी सुधीर श्रेष्ठसहित ९ जनालाई आर्थिक अनियमिता गरेको ठहर गर्दै कारवाही  गर्ने निर्णय गरेको छ । समरी जनरल सैनिक अदालतले सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहँदा सम्पत्ति, अनुशासन तथा आचरणसम्बन्धी...

विराटनगरमा भूकम्पको धक्का महसुस

विराटनगर, १५ वैशाख । विराटनगरसहित पूर्वी नाकामा आज विहान भूकम्पको धक्का महसुस भएकाृ छ । प्रदेश १ को राजधानी विराटनगरसहित पूर्वी नेपालमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको हो । भारतको आसामलाई केन्द्रविन्दु बनाएर गएको...

कोशी प्रदेशका मुख्यमन्त्री पहिचावादीको अवरोधले भेडेटार जान सकेनन्

विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका पहिचानबादीहरुले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई धनकुटाको भेडेटार जान अवरोध गरेका छन्। बैठकमा सहभागी हुन जाने क्रममा पहिचानवादी पक्षधरले अवरोध गरेपछि उनी धनकुटा जान नपाएका हुन्। भेडेटारको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्