काङ्ग्रेसकाे अनुगमन समितिद्वारा औषधि व्यावसायीसँग छलफल

 न्यूज विराट
काङ्ग्रेसकाे अनुगमन समितिद्वारा औषधि व्यावसायीसँग छलफल

काठमाडौँ, १६ साउन-नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले कोरोना भाइरस सङ्क्रमण महामारीको अवस्थामा औषधिको सहज उपलब्धता, समस्या र समाधानका विकल्प बारेमा नेपाल औषधि थोक व्यवसायी सङ्घसँग छलफल गरेको छ । 

सङ्घको आयोजना एवं व्यवस्थापनमा समितिको टोलीले हालको महामारीको अवस्थामा अत्यावश्यक औषधिको उपलब्धता र जनताको सहज पँहुचका सवालमा भएको बस्तुगत अवस्थाका बारेमा छलफल गरेको हो ।

छलफलमा सहभागीले महामारीका समयमा अत्यावश्यक औषधिको खरिद, व्यवस्थापनमा देखिएको  उदासिनता र अनियमिततातर्फ सबैले खबरदारी गर्नुपर्ने बिषयमा जोड दिए ।

कार्यक्रममा समिति संयोजक एवं सहमहामन्त्री डा. महतले स्वास्थ्य सामग्रीमा भएको अनियमितताको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाहीको माग गरे ।

उनले जनताले महामारीको रोकथाम र उपचारमा समस्या भोग्न बाध्य भएको बताउँदै  सरकारलाई खबरदारी गर्न अपिल गरे । कार्यक्रममा समितिका सदस्य एनपी साउद, डा प्रभु बुढाथोकी र नेपाल औषधि थोक व्यावसायी सङ्घका पदाधिकारी एवं प्रतिनिधिको सहभागिता थियो । रासस

सम्बन्धित समाचार

देउवाको मुद्दामा आज निर्णय, न्यायाधीश ईश्वर खतिवडालाई फैसला लेख्ने जिम्मा

काठमाडौं, असार २८ । प्रतिनिधिसभा विघटन बदर र कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गर्दै देउवासहित विघटित प्रतिनिधिसभाका १ सय ४६ सदस्यले दायर गर्नुभएको मुद्दामा संवैधानिक इजलासले आज निर्णय सुनाउने मिति तोकिएको छ...

मोरङको बूढीगंगामा एम्बुलेन्स दुर्घटना, २४ वर्षीय चालकको मृत्यु

विराटनगर । मोरङको बूढीगंगामा शनिबार राति एम्बुलेन्स दुर्घटना हुँदा २४ वर्षीय चालकको निधन भएको छ।मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार बूढीगंगा गाउँपालिका ३ स्थित महालक्ष्मी वायरअगाडि राति करिब १० ः ४५ बजे मनमाया श्रेष्ठ...

घरमै पुगेर कोरोना भाइरसको परीक्षण

धनगढी उपमहानगरपालिकाले घरमै पुगेर कोरोना भाइरसको जाँच सुरु गरेको छ ।शुक्रबार वडा नं १२ बाट सुरु गरिएको भाइरसको ¥यापिड टेस्ट शनिबार वडा नं ६ र ७ मा पनि सम्पन्न भएको छ । उपमहानगरपालिकाले भारतलगायत विभिन्न...

म्यानमार : विरोध प्रदर्शनको सबैभन्दा घातक दिन, सेनाले चलाएको गोली लागेर १८ जनाको मृत्यु

एजेन्सी, १६ फागुन । म्यानमारमा सैनिक 'कु'को विरोध गरिरहेकामाथि सेनाले गोली चलाउँदा १८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको कार्यालयले आजको दिनलाई सैनिक 'कु'को विरोधमा भइरहेको र्‍यालीको सबैभन्दा घातक दिन भनेको छ ।...

जवानीमा अपराध, बुढेसकालमा सजाय

विराटनगर । मोरङ मिक्लाजुङ्गका दुई जना प्रतिवादीले जवानीमा गरेको अपराधजको कैद सजाय १६ वर्षपछि आएर भुक्तान गरेका छन् । मिक्लाजुङ गाउँपालिका –१ बस्ने ५० वर्षीय धनकुमार राई र सोही ठाउँका ७० वर्षीय देवी प्रसाद राईले...

एमालेका दोस्रो तहका नेताहरूको निष्कर्ष : सहमति उल्लंघन गर्न नदिने, पार्टीको एकतामा दबाब दिने

एमालेको दोस्रो तहका नेताहरूले शीर्ष नेतालाई १० बुँदे सहमति कार्यान्वयन गर्दै पार्टीलाई एकतावद्ध बनाउन दबाब दिने भएका छन् । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको स्थायी कमिटी सदस्यहरूको अनौपचारिक बैठकले कार्यदलले गरेको १० बुँदे सहमति...

जनकपुर एयरपोर्टबाट ३ लाख रुपैयाँसहित १ भारतीय नागरिक पक्राउ

३ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई जनकपुरधाम एयरपोर्टबाट प्रहरीले पक्राउ गरेको छ । श्री एयरलाइन्सबाट काठमाडौं जान लागेको यात्रुलाई चेक जाँच गर्ने क्रममा भारतको मुजफ्फपुर थाना काँटी ग्राम पञ्चायत काँटी वडा नं. ९ बस्ने २०...

वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वसचिव घिमिरे नियुक्त

काठमाडौं, ३ वैशाख-नेपाल वायुसेवा निगमकाे कार्यकारी अध्यक्षमा सुशील घिमिरेलाई नियुक्त गरिएकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले तीन महिनायता रिक्त पदमा पूर्वसचिव घिमिरेलाई नियुक्त गरेकाे हाे । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा १८...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्