कोरोना नियन्त्रणका लागि खटाएको ठाउँमा नजाने स्वास्थ्यकर्मी पक्राउ

 न्यूज विराट
कोरोना नियन्त्रणका लागि खटाएको ठाउँमा नजाने स्वास्थ्यकर्मी पक्राउ

काठमाडौं, १५ साउन-कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि खटाएको ठाउँमा नगएर बहानाबाजी गर्ने २५ जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । खटाइएको ठाउँमा नगएको भन्दै पर्सा प्रहरीले उनीहरूलाई बिहीबार दिउँसो पकाउ गरिएको हो ।

वीरगञ्ज महानगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि खटाएको भनिएका कर्मचारीहरू काममा नआएपछि उनीहरूलाई पक्राउ गरिएको हो । वीरगञ्ज महानगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथाममा ३० जना कर्मचारी खटाएको थियो । तर, उनीहरू कोही पनि खटाएको ठाउँमा नगएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्साका प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार आज २५ जना स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको र अन्य ५ जनाको खोजी कार्य भइरहेको छ । महानगरपालिकाले पठाएका ३० जना कर्मचारी मध्ये ४ जना जनस्वास्थ्य निरीक्षक, ११ जना सिनियर अहेब, ६ जना हेल्थ असिस्टेन्ट, ५ जना अहेब र ४ जना अनमी पठाएको रहेका थिए ।

सम्बन्धित समाचार

महानगरीय प्रहरी परिसरमा ज्ञावली र अपराध महाशाखामा थापाको सरुवा

काठमाडौं, १२ वैशाख-महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी श्यामलाल ज्ञवाली र अपराध महाशाखामा एसएसपी दीपक थापाको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले आज सरुवा गरेको हो । परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी...

एकैदिन १२ हजार ३३८ जनामा कोरोना पुष्टि, चार जनाको मृत्यु

काठमाडौं, ६ माघ । पछिल्लो २४ घण्टामा २७ हजार ४९७ जनाको नमूना परीक्षण गर्दा १२ हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले जानकारी दिइन् । प्रवक्ता...

तीन जना दाजुभाईले ६० लाखमा खोले ‘नाइस बिरयानी’

विराटनगर । तीन जना दाजुभाइ मिलेर मोरङको धनपालथान गाउँपालिका – ६ कदमाहास्थित नाइस बिरयानी एण्ड फेमेलि होटल संचालनमा ल्याएका छन् । करिब ६ लाख बढीको लगानीमा उक्त होटल शुक्रबारदेखि संचालनमा ल्याएका हुन् । होटलको उद्घाटन...

परीक्षणको दायरा फराकिलो बनाऊ : सभापति देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तत्काल परीक्षण व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराए । उनले सुदूरपश्चिम प्रदेशका केही ठाउँमा कोरोना संक्रमितको संख्या बढेपछि यसलाई गम्भीरता साथ लिनुपर्ने उल्लेख गरे । सुदूरपश्चिम...

किरण गजमेरले जिते ‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को उपाधि

काठमाडौं, २४ साउन । ‘द भ्वाइस अफ नेपाल’ सिजन- ३ को उपाधि किरण गजमेरले जितेका छन् । टिम प्रमोदबाट फाइनलमा पुगेका गजमेरले उपाधिसँगै नगद २५ लाख रुपैयाँ पनि प्राप्त गरेका छन् । सिजन- ३ को...

मेरील्याण्डका विद्यार्थीका लागि ५० लाखको छात्रवृत्ती घोषणा

विराटनगर । विराटनगर– ७ रंगेलीरोडस्थित मेरील्याण्ड कलेजका विद्यार्थीहरूका लागि ५० लाख बराबरको छात्रवृत्ती घोषणा गरिएको छ ।मेरील्याण्ड कलेजबाट २०८१ सालमा कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरूका लागि काठमाण्डौंस्थित टेकस्पायर कलेजले ५० लाख बराबरको छात्रवृत्ती घोषणा...

स्ववियु निर्वाचन कार्यतालिकाः ५ फागुनमा मनोनयन, १४ मा निर्वाचन

काठमाडौं, माघ १४–त्रिभुवन विश्वविद्यालयले आगामी १४ फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका प्रस्ताव गरेको छ । मंगलबार स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले विद्यार्थी संगठनहरुसँग मंगलवार निर्वाचन कार्यतालिका प्रस्ताव गरेको हो । त्रिविले...

एमाले महाधिवेशनमाः जनवर्गीय सङ्गठनबाट एक लाखको सहभागी

काठमाडौँं, २४ कात्तिक-नेकपा (एमाले)ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने १०औँ राष्ट्रिय महाधिवेशनमा जनवर्गीय सङ्गठनका एक लाख नेता तथा कार्यकर्ताको सहभागी हुने भएको छ । एमालेको २२ वटा जनवर्गीय सङ्गठनका तर्फबाट महाधिवेशन उद्घाटन समारोहमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्