ओलीको विकल्प कोही छैन : लेखराज भट्ट

 न्यूज विराट
ओलीको विकल्प कोही छैन : लेखराज भट्ट

काठमाडौं, १५ साउन-उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प कोही नभएको बताएका छन् । स्थिर सरकारको नयाँ इतिहास रच्नका लागि पनि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने उनले बताए । बहुमत स्थायी समिति सदस्यहरूले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने बताइरहेका बेला भट्टको यस्तो धारणा आएको हो ।

‘केपी शर्मा ओलीको विकल्प मैले देख्दिन । नेपालको इतिहासलाई हामीले के गर्नुपर्छ भने अहिलेसम्मको इतिहासलाई ब्रेक थ्रु गर्नुपर्छ,’ रिपोर्टस क्लबमा भएको कार्यक्रममा मन्त्री भट्टले भने, ‘नयाँ इतिहास बनाउनुपर्छ । त्यो भनेको के हो भने ५ वर्ष सरकारको नेतृत्वलाई निरन्तरता दिनुपर्छ ।’

पार्टीमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालको बीचमा सहमतिबाहेक अर्को विकल्प नभएको उल्लेख गर्दै मन्त्री भट्टले त्यसका लागि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने बताए । सरकार परिवर्तनको खेल भए देश फेरि अस्थिरतातर्फ जाने उनले बताए ।

मन्त्री भट्टले पार्टीभित्र अहिले केपी प्रवृतिहरू खेल्न खोजेकोले त्यसलाई परास्त गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरे । पार्टीको एकता महाधिवेशन सहमितमै हुने उल्लेख गर्दै भट्टले नेतृत्वसमेत सहमतिमै टुंगो लाग्ने बताए ।

सम्बन्धित समाचार

बुढासुब्बा गोल्डकप : मनाङ–मर्स्यांग्दी क्लब सेमिफाइनलमा प्रवेश

विराटनगर, फागुन १२–बेलबारी फुटबल क्लबमाथि ४–० को शानदार जित दर्ता गर्दै मनाङ मर्स्यांग्दी क्लब काठमाडौ सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार धरान रंगशालामा भएको २२ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा मनाङले उत्कृष्ट खेल...

एकै दिन ३ सय ९६ स्थानीय तहमा अस्पताल भवन शिलान्यास

गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरिएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका...

विराटनगरमा फेरी भेटियो शंकास्पद वस्तु

विराटनगर । विराटनगर महानगरपालिका ३ स्थित खारजीमा शंकास्पद वस्तु फेला परेको छ । यातायात कार्यालय अगाडि सडकको पूर्वपट्टि टिनको बट्टामा खतरा लेखिएको वस्तु आज दिउँसो फेला परेको हो । घटना स्थललाई सुरक्षित राखिएको र नेपाली...

४० केजी गाँजा विराटनगरबाट बरामद

विराटनगर । प्रहरीले विराटनगरबाट ४० केजी गाँजा बरामद गरेको छ । मोरङको विराटनगर १४ बाट गाँजा बरामद गरेको हो । को १७ प ८६३ नम्बरको मोटरसाईकल ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले शंका लागि...

युरोपेली च्याम्पियन्स लिग फुटबल यसै साता सुरु

एजवेन्सी, साउन १९-कोरोना भाइरसका कारण करिब ५ महिना स्थगित गरिएको युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यसै सातादेखि पुनः सुरु हुँदै छन् । युरोपेली मुलुकहरूमा कोरोना भाइरसको महामारी तीव्र भएसँगै दुवै प्रतिस्पर्धा गत मार्चमा...

पोलियो दिवसमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वार सचेतना र्याली

विराटनगर, ९ कात्तिक । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व पोलियो दिवसको अवसरमा विराटनगरमा सचेतना र्याली निकालेको छ । डाउनटाउनले अन्य चारवटा क्लबसहितको आयोजनामा सचेतना र्याली निकालेको हो ।रोटरी भवनबाट सुरु भएको र्याली मेनरोड हुँदै...

ऋचा मेमोरियल टी–२० क्रिकेट : सुदुरपश्चिमलाई हराउँदै नेपाल पुलिसको लगातार दोस्रो जित

विराटनगर । नेपाल पुलिस प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा लागातार दोस्रो जित हात पारेको छ । पुलिसले सुदुरपश्चिमको एनबी ग्रुपलाई ६ विकेटले निराश बनाउँदै सानदार जित हात पारेको हो । सुदुरपश्चिमको लगातार...

६ हजार बढीले अवलोकन गर्दै सकियो तेस्रो नेवा : महोत्सव

विराटनगर । तेस्रो नेवा: महोत्सव तथा पर्यटन हाट सम्पन्न भएको छ । झी पुचः (नेपाल भाषा तथा संस्कृति संघ) को आयोजनामा विराटनगरस्थित झी पुचः परिसर भित्र भएको तेस्रो नेवाः महोत्सव शनिबार सम्पन्न भएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्