
थप १७९० जनामा कोरोना पुष्टि, २७९१ डिस्चार्ज
पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ७९० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । त्यस्तै, आज थप २...
विराटनगर, साउन १४–कोरोना भाईरसको संक्रमणका कारण मोरङका एक व्यक्तिको मृत्यु भएको छ । मोरङको सुनवर्षी नगरपालिका–८ का का ४५ बर्षीय पुरुषको मृत्यु भएको हो । विराटनगरमा अवस्था गम्भीर भएपछि उनलाई उपचारका लागि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा उपचारका क्रममण मृत्यु भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेण्ड डा. चुमनलाल दाशले जानकारी दिए ।
उनका अनुसार प्रतिष्ठानको भेन्टिलेटरमा उपचारका क्रममा संक्रमित पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार बुधबार दिउँसो अत्यन्तै सिकिस्त अवस्थामा विराटनगरको कोशी अस्पतालबाट प्रतिष्ठान पुर्याइएको थियो । समन्वय नगरी एम्बुलेन्स चालकले लिएर संक्रमित आएको भन्दै उनको भर्नामा पनि ढिलाई भएको थियो ।
कोशी अस्पतालका मेसु डा दाशका अनुसार ज्वरो र श्वासप्रश्वासाको समस्या देखिएपछि ती व्यक्ति अस्पतालको फिबर क्लिनिकमा मंगलबार आएका थिए । उनको अस्पतालले स्वाब संकलन गरी अस्पतालको आइसोलेशनमा भर्ना गरेको थियो । मंगलबार राति प्रदेश जनस्वास्थय प्रयोगशालमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो ।
केही दिनदेखि खोकी लाग्न थालेपछि मंगलबार उनी विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि आएका थिए । डा. यादवका अनुसार गोल्डेन अस्पतालले कोरोना संक्रमणको आशंकामा कोसी अस्पतालमा मंगलबार नै रेफर गरेको थियो ।
बुधबार विहानबाट विरामीको अवस्था थप जटिल देखिएपछि भेन्टिलेटरमा राख्नुपर्ने भन्दै कोशीबाट धरान रेफर गरिएको डा.दाशले जानकारी दिए । विराटनगरको कोभिड १९ उपचार केन्द्रको भेन्टिलेटरमा समस्या भएपछि बीपीका डा. सन्दिप शर्मासँग समन्वय गरी विरामीलाई धरान पठाएको कोशी अस्पतालका डा. डेन आचार्यले जानकारी दिए ।
योसँगै प्रतिष्ठानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ पुगेको छ । मृत्यु हुने प्रदेश १ का पहिलो व्यक्ति हुन् । यसअघि मृत्यु भएका २ जना प्रदेश नम्बर २ का थिए ।
पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ७९० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । त्यस्तै, आज थप २...
विराटनगर । विराटनगर १० मा रहेको लर्डबुद्ध कलेजले ४ दिन सम्म निः शुल्क स्वास्थ्य शिविर सुरु गरेको छ । लर्ड बुद्ध कलेजको आयोजना तथा न्युरो हस्पिटलको प्राविधीक सहयोगमा एसइइ दिएका विद्यार्थी र उनीहरुका अभिभावकलाई कलेजले...
विराटनगर । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरू भएको छ । १४ जिल्ला रहेको कोशी प्रदेशमा मंगलबार एक समारोहको बिच ट्राफिक सप्ताह सुरू भएको हो । उक्त सप्ताहको उद्घाटन कोशी प्रदेशका...
काठमाडौं, १४ मंसिर-ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले राजनीतिक पूर्वाग्रह राखेर रिपोर्ट तयार पारेको भन्दै सरकारले अस्वीकार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले केही दिनअघि सार्वजनिक गरेको रिपोर्ट तथ्यहीन र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको भन्दै सरकारले अस्वीकार गरेको हो...
विराटनगर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दशौं वार्षिकोत्सव विभिन्न प्रदेशहरुमा उल्लासपूर्ण वातावरणमा सम्पन्न गरेको छ। श्रावण ३० गते पाँचवटा विकास क्षेत्रका ग्रामीण विकास बैंकहरु एकीकृत भई स्थापना भएको यस संस्थाले आफ्नो स्थापना...
विराटनगर । विराटनगर ८मा अवस्थित ग्रेडेड स्कुलले विद्यालय परिसरमा दितिय त्रैमासिक परीक्षाको नतिजासँगै चित्रकला ,हस्तकला र विज्ञान प्रदर्शनी गरेको छ। विद्यार्थीहरूलाई विभिन्न समूहमा विभाजित गर्दै विज्ञानका विभिन्न सामग्रीहरू जस्तै रोबोटिक कार , हाइड्रोलिक क्रेन र...
एजन्सी, बैशाख ७-कोरोना भाइरसका कारण भारतको पञ्जाब प्रहरीका एसीपीप अनिल कोहलीको मृत्यु भएको छ । लुधियानाका एसीपी कोहलीको अपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनलाई लुधियानानको एससीएस अस्पतालमा प्लाज्मा थेरापी गर्नु पर्ने थियो...
विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउने अभियान सुरु गरेको छ ।अभियानको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको घरबाटै सुरु गरिएको छ । विराटनगर–९ जलजला रोडस्थित कोइरालाले भाडामा लगाएका पसल सञ्चालकले सटर...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.