प्रहरी प्रधान कार्यालयमा ३५ जना प्रहरीमा कोरोना पुष्टि

 न्यूज विराट
प्रहरी प्रधान कार्यालयमा ३५ जना प्रहरीमा कोरोना पुष्टि

काठमाडौं, १४ साउन-काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ का ३ घरमा पहिरोले जोखिम पुर्‍याएपछि सुरक्षित स्थानमा सारिएको छ । केही दिनअगाडि परेको अविरल वर्षाबाट वडा नं १३ को बोगटी गाउँमा ३ घरलाई पहिरोको जोखिम बढाएपछि मङ्गलबार ती घरलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।

पछिल्लो समय बाढीपहिरोका कारण देशैभरि ठूलो जनधनको क्षति पुर्‍याइरहेकाे बेलामा चन्द्रागिरिमा हुन सक्ने बाढीपहिरोको सम्भावित घटनालाई रोक्न नेपाली सेनाको युद्ध कवच गण सीतापाइलाबाट गएको नेपाली सेनाको टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।

बोगटी गाउँमा सीता रिजाल, पुष्पराज गिरी र तेजकुमारी पौडेलको घरमा पहिरोले जोखिम पुर्‍याएपछि स्थानान्तरण गरिएको हो । सेनाको टोलीले तीनै घरको खाद्यान्न लत्ताकपडा झिकेर सुरक्षित स्थानमा सारेको छ ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले पहिरोको जोखिममा परेका परिवारलाई अस्थायी रूपमा बस्नका लागि त्रिपाल राखेर घर बनाइएको जानकारी दिए । पछिल्लो समय नगरपालिकाले विपद्बाट हुने सम्भावित घटनालाई रोक्नका लागि विपद् व्यवस्थापनको क्षेत्रमा यथेष्ट रकम विनियोजन गरी काम गर्दै आइरहेको छ । रासस

सम्बन्धित समाचार

नवनिर्वाचित प्रदेश १ सांसदले लिए शपथ

विराटनगर । प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले ९२ जना प्रदेश सांसदहरूलाई सोमबार शपथ ग्रहण गराएका हुन् । प्रदेश १ का...

प्रदेश १ मा आज दुई सय २५ जनाको परिक्षण गर्दा, २० संक्रमित थपिए

विराटनगर, १६ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार २८६ पुगेको छ । प्रदेश १ मा आज...

राजदूतहरूको १ महिनाको तलब कोरोना उपचार कोषमा

काठमाडौं, ३० चैत-मध्यपूर्व तथा खाडी देशमा खटिएका ९ जना नेपाली राजदूतले आफ्नो १ महिनाबापतको तलब कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् । इजरायल, इजिप्ट, ओमान, कतार, कुवेत, पाकिस्तान र...

सार्वजनिक यातायात खुले, तर छैनन् यात्रु

काठमाडौं, १७ असोज-कोभिड-१९ का कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु समस्यामा परेका छन् । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण चैत १० देखि बन्द...

प्रहरीको गोलीले ६ वर्षमा मारिए ७ हजारभन्दा बढी अश्वेत

एजेन्सी, जेठ २०-अफ्रिकी मूलका अमेरिकी नागरिकमाथि लामो समय विभेद हुँदै आएको छ । पछिल्लो समयमा फेरि एक जना अश्वेत अमेरिकी जर्ज फ्लाइडको हत्यापछि प्रदर्शन चर्किएको छ । मिनेसोटामा ४६ वर्षीय फ्लोइडको हत्याविरुद्धको प्रदर्शन राष्ट्रपति भवन...

सकियो मोर्डन एराको अभिभावक दिवस, चार विद्यार्थी भए ‘मोर्डन एरा लिटल च्याम्स’

विराटनगर । विराटनगर – ३ आयल निगम पुर्व रहेको मोर्डन ऐरा स्कुलले भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । स्कुलले...

८६७ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या...

चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट

सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित चन्द्रनहरको बाँध भत्किँदा दर्जनौँ घर डुबानमा परेको छ । स्थानीय अमाहा, जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढी चन्द्रनहरमा पसेर बाँध भत्काएपछि बाढी आएको हो । अविरल वर्षाका कारण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्