प्रहरीकै अगाडि हतियार फ्याँक्ने अझै फरार  

 न्यूज विराट
प्रहरीकै अगाडि हतियार फ्याँक्ने अझै फरार  

काठमाडौं, १४ साउन-प्रहरीकै अगाडि हातहतियार फ्याकेर भाग्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरी असफल भएको छ । सवारी जाँच गर्ने क्रममा काठमाडौंको कमलादीमा मंगलबार बा ६ च ५५१९ नम्बरको स्कारपियो गाडी रोक्न खोज्दा नरोकी गति बढाएपछि प्रहरीले गाडीको पिछा गरेको थियो ।

त्यसपछि बाटोमै कपडाको झोला फ्याँकेर गाडी भाग्यो । त्यो गाडी कहाँ गयो भन्ने कुरा प्रहरीले साँझसम्म पत्ता लगाउन सकेको थिएन । उनीहरुले फ्याँकेको झोला हेर्दा २ थान म्याग्जिनसहित पेस्तोल र एक किलोका ८ थान, २५० ग्राम लेखिएको २६ थान र ५०० ग्राम लेखिएको एक थान पहेँलो धातु प्रहरीले बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रमखु प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

गाडीको कुन खालको कस्तो गिरोह थियो भन्नेसमेत प्रहरीले सुईको पाउन सकेको छैन । काठमाडौँको कमलादीस्थित कृष्णपाउरोटी चोक नजिक उक्त घटना भएको हो ।

गाडीसहित फरार व्यक्ति र उक्त नम्बरको गाडीको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । ज्ञवालीले प्रहरीले पिछा गर्दागर्दै कसरी भाग्न सफल भयो भन्ने विषमया पनि अनुसन्धान थालिएको जानकारी दिए ।

सम्बन्धित समाचार

एसईईकाे नतिजा सार्वजनिक

काठमाडौं, १ भदौ-माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रक रामराजा खकुरेलले नतिजा सार्वजनिक गरिएको जानकारी दिए । यसअघि राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षाको नतिजा प्रमाणिकरण गर्ने निर्णय गरेको हो । ...

प्रदेश १ मा १२० जनामा कोरोना संक्रमण

विराटनगर, २ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण भएको छ । ६२१ जनाको पीसीआर परीक्षण गर्दा १०५ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

मोरङमा संगठीत हुँदै तेली समाज, आधा दर्जन स्थानीय तहमा नेतृत्व चयन

विराटनगर । मोरङमा तेली सामुदाय संगठीत भएर अगाडी बढेका छन् । मोरङको स्थानीय तहरूमा तेली समाज गठन गरेर अहिले संगठित भएर अगाडी बढेका हुन् । विभिन्न नाममा रहेको तेली समुदायका जातिय संस्थाहरु एक हुँदै गएर...

रोटरीका चार मार्गदर्शक सिद्धान्तको ‘प्रोमोसन’

विराटनगर । सामाजिक कार्यमा अग्रणी रहेको रोटरी क्लबका चार मार्गदर्शक सिद्धान्तको ‘प्रोमोसन’ गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउन वर्ष २०२२–२३ का पदाधिकारीहरुको कार्यकाल सुरु भएको अवसरमा रोेटरीका मार्गदर्शक सिद्धान्तहरुको ‘प्रोमोसन’ गरिएको हो ।...

तनहुँमा मान्छे आक्रमण गर्न बस्ती छिरेको चितुवा मारियो

तनहुँ, २५ वैशाख-तनहुँको भानु नगरपालिका–४ स्थित लौडारी चुँदी कुमालगाउँमा बुधबार राति मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारिएको छ । छिर्के बुटा भएको उमेर र तौल खुल्न नसकेको १ पोथी चितुवा मारिएको हो ।  स्थानीय रामबहादुर...

९० दिन अन्तरिक्षमा बसेर पृथ्वी फर्किए चीनका तीन अन्तरिक्षयात्री

एजेन्सी, २ असोज । मानवसहितको अन्तरिक्ष अभियान पूरा गरी चीनका तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन् । यसलाई चीनको अहिलेसम्मको सबैभन्दा लामो अन्तरिक्ष अभियान भनिएको छ । उनीहरू ९० दिनसम्म एउटा अन्तरिक्ष केन्द्रमा बसेका थिए । टियाहे...

जहदामा माओवादी–कांग्रेस–जसपामा कार्यकर्ताको खडेरी, वडाध्यक्ष गीरी सहित एकैदिन ७४५ जना एमालेमा प्रवेश

विराटनगर, ६ भदौ । जनता समाजवादी पार्टीबाट निर्वाचित भएका जहदा गाउँपालिका वडा नंः ४ का वडाअध्यक्ष जयनरथ गिरी सहित ७ सय ४५ जना नेपाल कम्यूनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । जहदा गाउँपालिका–२ स्थित...

औषधी व्यसायीद्धारा निःशुल्क स्वास्थ्य शिविर, दुई सय जनाले गरे स्वास्थ्य परीक्षण

विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर औषधी व्यवसायी संघ मोरङ शाखाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । संघले शनिबार मोरङको गछियामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्