मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार भक्तपुरका १ जना, ललितपुरका ४ जना र ४८ जना काठमाडौंका रहेका छन् । उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका १ र काठमाडौंका ११ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौं ९, ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका १ जना, शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौंका १ जना, नेपाल प्रहरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका थप २१ जना, स्टार अस्पताल सानेपामा ६ जना र ललितपुरका २ जनामा कोरोना संक्रमण देखिएको उनले बताए । आज देशभर ३११ जनामा कोरोना संक्रमण देखिएको छ ।