कोरोनाबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ४९ पुग्यो

 न्यूज विराट
कोरोनाबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ४९ पुग्यो

काठमाडौं, १३ साउन-मंगलबार नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ साउनमा निधन भएका एक पुरुषमा आज संक्रमण पुष्टि भएको हो ।

बझाङको बुंगल– ३ का ६५ वर्षीय पुरुषको ९ साउनमा निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनको घरमै निधन भएको हो । गत २४ असार भारतको बैंग्लोरबाट बझाङ आइपुगेका थिए । ती पुरुषमा दमको समस्या थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

सम्बन्धित समाचार

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार नाघ्यो

पेरिस, २० जेठ-महामारीका रूपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर ३ लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । एएफपीको गणनाअनुसार विश्वभर ६३ लाख ७४ हजार मानिस कोरोनाभाइरसबाट संक्रमित छन् । जसमा युरोपमा मात्र १ लाख ७९...

स्वावलम्बन लघुवित्तको साक्षरता कार्यक्रम

विराटनगर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ले केन्द्र प्रमुखहरू अन्र्तक्रिया र वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा दुई दिनसम्म कार्यक्रम आयोजना गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम बिहीबार...

रूकुम घटनाको ४ दिनपछि थप १ शव फेला, बेपत्ता २ जनाको खोजी कार्य जारी

सुर्खेत, १४ जेठ-पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले जाजरकोटको भेरी नगरपालिका-९ का १८ वर्षीय लोकेन्द्र सुनारको शव फेला पारेको हो ।...

बुटवलमा ९ जनाले जिते कोरोना

बुटवल, २५ जेठ-बुटवलको कोरोना विशेष आइसोलेशन सेन्टरमा रहेका ९ जना कोरोनामुक्त भएका छन् । बुटवल–१० स्थित एन्फा फुटवल सेन्टरमा निर्माण गरिएका आइसोलेशन सेन्टरमा उनीहरुको विभिन्न चरणमा गरिएको कारोना परीक्षणमा संक्रमण नदेखिएपछि आइतबार विदाई गरिएको हो...

सुरु भयाे कक्षा १२ काे परीक्षा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ । आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्ण रूपमा सुरु...

‘कोभिड–१९’ को प्रतिकार्यमा सक्षम हुनेछौँ : मुख्यमन्त्री शाही

सुर्खेत, १ बैशाख-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ विरुद्धको प्रतिकार्यमा सक्षम हुने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै उनले विकास र समृद्धिको अभियानमा अगाडि बढ्दै गर्दा अप्रत्याशितरूपमा कोरोना...

स्वच्छ वातावरण राख्न जैविक विविधताको महत्त्वपूर्ण योगदानः प्रधानमन्त्री ओली 

काठमाडौं, २३ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छ वातावरण कायम राख्नका लागि जैविक विविधताको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिका...

जर्मनीमा २ जनाभन्दा बढी भेला हुन नपाउने, चान्सलर मर्केल क्वारेन्टाइनमा

कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै घर र कार्यालयबाहेक अन्यत्र दुई जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ । जर्मन चान्सलर एन्जेला मर्केलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोनाभाइरस संक्रमण भएको पाइएपछि उनी पनि क्वारेन्टाइन अर्थात्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्