राजीनामा माग्न हुन्न भन्नलाई मात्र बालुवाटार आएँ: वामदेव गौतम

 न्यूज विराट
राजीनामा माग्न हुन्न भन्नलाई मात्र बालुवाटार आएँ: वामदेव गौतम

काठमाडौं, १३ साउन-नेकपा स्थायी कमिटी बैठकलाई लिएर पार्टीभित्र तिव्र अन्तरविरोध जारी रहेका बेला उपाध्यक्ष वामदेव गौतमले कार्यकारी अध्यक्ष प्रचण्डले आफूलाई कार्यकारी भूमिकामा प्रस्तुत गर्न नसकेको बताएका छन् ।

बालुवाटारमा स्थायी कमिटी बैठक स्थगित भएपछि शीर्ष नेताहरुबीच जारी ब्रिफिङमा गौतमले कार्यकारी भूमिकामा प्रचण्ड खरो उत्रन नसकेको बताएका हुन् ।

उनले खुमलटार बैठकमा आफुले पटक पटक केपी ओलीको राजीनामा नमाग्न भनेपनि सुनुवाई नभएपछि राजीनामा माग्न हुन्न भन्नलाई मात्र आफु बालुवाटार आएको बताएका छन् ।

स्थायी कमिटी बैठक अन्योल भएपछि बालुवाटारमा भेला भएका नेताबीच उनले भने, ‘खुमलटारमा पनि केपीको राजीनामा नमागौ भनेको हुँ मैले, अहिले म यो भेलामा यति मात्रै भन्न आएको हुँ ।’

उपस्थित नेताबीच उनले प्रचण्डले पनि कार्यकारी रूपमा आफूलाई प्रस्तुत नगरेको गुनासो गर्दै थपे, ‘ गत ४ मंसिरको सचिवालय बैठकका निर्णय गर्न मैले धेरै योगदान गरेको छु । केपी ओली ५ वर्ष नै प्रधानमन्त्री र प्रचण्डलाई कार्यकारी अध्यक्ष यो कार्यान्वयन गर्दा ठीक हुन्छ ।’

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा २६ वैशाखका लागि संसद बैठक आह्वान

काठमाडौं, २१ वैशाख-राष्ट्रपति विद्यादेवी भण्डारीले २६ वैशाखका लागि संघीय संसदको अधिवेशन आह्वान गरेकी छन् ।मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपति भण्डारीले २६ वैशाख शुक्रबार दिनको ४ बजे संघीय संसदका दुवै सदनको बैठक आह्वान गरेकी हुन् । नेपाल सरकार...

राष्ट्रिय युवा संघ महालक्ष्मी नगर कमिटीको आकस्मिक रक्तदान

काठमाडौं, १३ वैशाख-राष्ट्रिय युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ । विश्वव्यापरी महामारीको रूपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) रोकथाम र जनचेतना अभियानको गर्न शनिबार रक्तदान कार्यक्रम  आयोजना गरेको हो...

हरित, सुरक्षित र दिगो विश्व निर्माणका लागि नवीकृत साझेदारी आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौं, ९ असोज । हरित सुरक्षित र दिगो विश्व निर्माणका लागि विश्वव्यापीरुपमा दिगो एवं नवीकृत साझेदारी अपरिहार्य भएकामा नेपालले जोड दिएको छ । उच्चस्तरीय ऊर्जा संवादलाई भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष परिस्थितिमा रहेका...

दोषी कसैले पनि उन्मुुक्ति पाउनु हुँदैन : माधव नेपाल

विराटनगर, माघ २४–नेपाल कम्युुनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एंव पुुर्व प्रधानमन्त्री माधवकुुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा दोषी कसैले पनि उन्मुुक्ति पाउन नहुुने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार संचारकर्मीसँग कुुरागर्दै उनले भने।,‘अनुुचित कार्य गरेर...

विराटनगरस्थित बालसुधार गृहको तीन तलाबाट हाम फालेर फरार बालकहरु पक्राउ

विराटनगर, १३ असार । विराटनगरको बाल सुधार गृहदेखि शनिबार बिहान फरार भएका चारै जना बालकलाई प्रहरीले पक्राउ गरेको छ । तीन तलामाथिबाट हाम फालेर फरार भएका तीन जनालाई आइतबार बिहान विराटनगरको नोबेल हस्पिटल अगाडिको नहरदेखि...

व्यवसायीको गुनासो सुन्न हेल्प डेस्क

कोरोना भाइरसका कारण उत्पन्न असहज अवस्थामा व्यवसायी र उपभोक्ताको गुनासो सुनी सहजीकरण गर्नका लागि पोखरा चेम्बर अफ कमर्श कास्कीले हेल्प डेस्कको शुरुवात गरेको छ । पोखरा चेम्बरले सञ्चालनमा ल्याएको टोल फ्री नम्बर १६६०६१५२०११ मार्फत उद्योगी...

रोजगारी गुमाएकालाई सरकारले आयस्रोतको बाटो उपलब्ध गराउँछ : प्रधानमन्त्री ओली

काठमाडाैं, ६ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी गुमाएका परिवारलाई राहतका प्याकेज देखाउने कुरा होइन भन्दै त्यो रहरको विषय पनि नभएको बताएका छन् । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका सन्दर्भमा उठेका प्रश्नहरूको संसदमा जवाफ...

शिक्षादीपमा विद्यार्थीको आकर्षण, नयाँ विद्यार्थीलाई दिइयो अभिमुखिकरण

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावको पहिलो रोजाइको केन्द्रमा परेको विराटनगरस्थित शिक्षादीप कलेजकमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखिकरण गराएको छ ।कलेजले बिहीबार स्कुल परिसरमा एक भव्य कार्यक्रम आयोजना गरी कक्षा ११ को...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्