स्थायी कमिटीमा कोरम नपुगेपछि प्रचण्ड–खनाल पुगे ओली भेट्न

 न्यूज विराट
स्थायी कमिटीमा कोरम नपुगेपछि प्रचण्ड–खनाल पुगे ओली भेट्न

काठमाडौं, १३ साउन-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता झलनाथ खनाल अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् ।

मंगलबार बिहान अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थायी कमिटीको बैठक स्थगित गरेपछि प्रचण्ड–नेपाल समूहले बहुमतका आधारमा स्थायी कमिटी बैठक बोलाएको थियो । तर स्थायी कमिटीमा कोरम नपुगेपछि प्रचण्ड र खनाल ओलीलाई भेट्न पुगेका हुन् ।

सोमबार प्रचण्ड–नेपाल समूहको बैठकले ओली सहमत नभए बहुमतले निर्णय गरेर जाने सहमति भएको थियो । सोहीअनुसार आज बैठक बोलाए पनि कोरम भने पुगेन ।

प्रचण्ड–नेपाल समूह सुविधाजनक बहुमतमा रहेको भए पनि मंगलबार मात्रै उपाध्यक्ष वामदेव गौतमले पार्टीमा सहमतिका लागि भन्दै ६ बुँदे प्रस्ताव राखेका थिए । गौतमको प्रस्ताव सार्वजनिक भएसँगै प्रचण्ड–नेपाल समूहका नेताहरू स्थायी कमिटी बैठकका लागि बालुवाटारमा जम्मा भएका थिए ।

सम्बन्धित समाचार

पूर्वमन्त्री यादवले गरिदिए ५० पत्रकारको कोरोना बिमा

जनकपुरधाम, २३ जेठ-नेपाल पत्रकार महासंघ धनुषाले जिल्लाका ५० पत्रकारको कोरोना बिमा गरेको छ । बिमाको लागि आवश्यक रकम भने पूर्वमन्त्री एवं संघीय सांसद मातृकाप्रसाद यादवले गरेका हुन् । कारोना महामारीको उच्च जोखिममा रहेर आम नागरिकको...

पोखराका व्यवसायीले लकडाउन अवज्ञा गर्ने  

पोखरा, २१ जेठ-पोखरा उद्योग वाणिज्य संघले लकडाउनको खुकुलो नबनाए अवज्ञा गर्ने बताएको छ । संघले लकडाउन खुकुलो बनाउन माग गर्दै आफूहरूलाई अवज्ञामा उत्रन बाध्य नपार्न सरकारलाई आग्रह गरेको छ । संघले बुधबार आयोजना गरेको पत्रकार...

भारतसँग जोडिएका सवै नाका बन्द गर्न प्रदेशसरकारको केन्द्रसँग आग्रह

विराटनगर, चैत ७–प्रदेश एक सरकारले छिमेकी मुलुक भारतसँग जोडिएका सबै नाका तत्काल बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले भारतसँग...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा ह्वीलचेयर वितरण

विराटनगर, १० साउन । निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले ह्वीलचेयर वितरण गरेको छ । मंगलबार एक कार्यक्रमकाबिच अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि सहायक सामाग्री ह्वीलचेयर वितरण गरेको हो...

ओली आज विराटनगर आउँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बिहान विराटनगर आउँदैछन् । एमाले मोरङले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली विराटनगर आउन लागेका हुन् । शुभकामना आदानप्रदानका साथै पार्टी...

उद्योगको लापरवाहीः आरती स्ट्रिप्सका ३० मजदुरलाई कोरोना

विराटनगर, साउन २९–लकडाउनको समयमा भारतीय मजदुर ल्याएर उद्योग चलाएको मोरङको बुढीगंगा गाउँपालिका–१ मा रहेको आरती स्ट्रिप्समा कार्यरत ३० मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ । लुकिछिपी भारतीय कामदार ल्याएर उद्योग चलाएपछि २ मजदुरमा कोरोना देखिएकोमा...

बेलबारीको रमिते डाँडा आकर्षक पर्यटकीय गन्तब्य बन्दै

विराटनगर, २१ पुस-मोरङको बेलबारी–२ लालभित्तीस्थित रमितेडाँडा आन्तरिक पर्यटनका लागि आकर्षकको केन्द्र बन्दै गएको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब २ किलोमिटर उत्तरमा अवस्थित रमितेडाँडामा वनभोज खान पुग्नेहरुको घुइँचो लाग्न थालेको छ । लालभित्ती चोकबाट करिब २...

प्रमाण भेटाए भने जो कोहीलाई पनि कारबाही गर्न पछि नहट्ने अख्तियार प्रमुख राईको चेतावनी

काठमाडौं, फागुन १५-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रमाण भेटाए भने कारबाही गर्न पछि नहट्ने चेतावनी दिनु भएको छ । उहाले भ्रष्टाचार नियन्त्रणको कामलाई प्रभावकारी बनाउने बताउदै प्रमाण भेटिएमा जो कोही पनि कारवाहीमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्