२४ जना जम्मा भयौं, बैठक कसैले रोकेर रोकिदैन : झलनाथ खनाल

 न्यूज विराट
२४ जना जम्मा भयौं, बैठक कसैले रोकेर रोकिदैन : झलनाथ खनाल

काठमाडौं, १३ साउन-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आज बोलाईएको स्थायी कमिटी बैठक जसरी पनि सञ्चालन हुने दाबी गरेका छन् ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सल्लाह बिना नै अचानक बैठक स्थगित गरेपनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा बैठक बसाउन लागिएको हो ।

वरिष्ठ नेता झलनाथ खनालले प्रचण्डको अध्यक्षतामा बैठक बस्ने तयारी भईरहेको जनाउँदै सदस्यहरुको प्रतीक्षा गरिरहेको जानकारी दिए ।‘अहिलेसम्म २४ जना स्थायी कमिटी सदस्य जम्मा भईसकेका छौं, अरु कमरेडहरु पनि आउँदै हुनुहुन्छ,’ खनालले बैठक स्थलबाट  भने, ‘आजको बैठक जसरी पनि सञ्चालन हुनेछ, कसैले रोकेर रोकिदैन ।’

उनका अनुसार बैठक सञ्चालनका लागि तयारी भईरहेको र सदस्यहरु आउने बितिक्कै सञ्चालन हुनेछ । प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेपछि थप विवाद बढेका बेला अचानक उपाध्यक्ष वामदेव गौतमले अघि सारेको ६ बुदेँ प्रस्तावले बैठक प्रभावित नपार्ने खनालको भनाई छ ।

‘यस्ता ६ बुदेँ र ८ बुदेँ प्रस्ताव आईरहन्छन, यसले बैठकमा केही फरक पार्दैन्,’ खनालले भने, ‘त्यो उहाँको व्यक्तिगत कुरा हो तर हामी बैठक सञ्चालन गर्छौ ।’

त्यसका लागि प्रचण्ड–नेपाल समूहका नेताहरु वालुवाटारमा पुगेका छन् । तर ओली पक्षधर स्थायी कमिटी सदस्य भने बैठक कक्षमा पुगेका छैनन् ।

सम्बन्धित समाचार

आईएस्सीको प्रमाणपत्र नक्कली भएको आशंकामा सांसद सुनिल शर्मा पक्राउ, यस्तो छ विवादित कहानी

विराटनगर । विवादित मेडिकल कलेज सञ्चालक एवं नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा।प्रकाशरण महतमाथि अनुसन्धान गर्नुपर्ने चर्को अभिव्यक्ति दिँदै आएका शर्मालाई बिहीबार प्रहरीले...

पाँचौ मिल्स गोल्डकप सुरू, उद्घाटनमा फ्युजन फुटबल क्बलको विजय सुरूवात

विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा उदयपुरको फ्युजन फुटबल क्लब गाइघाट सेमिफाइलनमा पुगेको छ ।मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा आइतबारदेखि सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा सप्तरीको प्रोगेसिल युवा...

सेन्ट्रल मलमा ‘दसैँ तिहार उत्सव’, लक्की ड्र मा ग्राहकले पाउँछन् टिभीदेखि चाँदीको सिक्कासम्म

विराटनगर । विराटनगरस्थित सेन्ट्रल मलमा ‘दसैँ तिहार उत्सव’ सुरु भएको छ । चाडपर्वलाई लक्षित गरी घटस्थापनाको दिनदेखि सेन्ट्रल मलमा दसैँ तिहार उत्सव सुरु भएको हो । असोज १० देखि कार्तिक १३ गतेसम्म सेन्ट्रल मलमा दसैँ...

संविधान शंसोधन गरिएकोमा पुष्पलाल चोकमा दिप प्रज्वलन

विराटनगर, जेठ ३१–प्रतिनिधिसभाले निसान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुसीयाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि विराटनगरमा पनि खुशियाली...

कीटनाशक झोल छर्किंदैमा कोरोना मर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं, २२ वैशाख-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डीस्इन्फेक्ट छर्दैमा कोरोना भाइरस नाश नुहने बताएको छ ।मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले शरीरमा कीटनाशक झोल छर्किँदैनमा कोरोनाको संक्रमण नरोकिने बताएका हुन् । विभिन्न ठाउँमा डिस्इन्फेक्सन...

छोरा पक्राउ परेपछि शाहरुख खानको ६ अर्ब जोखिममा

मुम्बई, कात्तिक १ । छोरा आर्यन खान ड्रग्स पार्टी गरेको आरोपमा पक्राउ परेपछि यतिबेला किङ खानका नामले परिचित भारतीय अभिनेता शाहरुख खान तनाबमा फसेका छन् । छोरा हालसम्म हिरासत मै छन भने यता ड्रग्सका कारण विज्ञापन...

वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट

काठमाडौं, २४ वैशाख-महालेखा नियन्त्रक गोपिनाथ मैनालीले वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट आउन सक्ने बताएका छन् । राजश्व बाँडफाँड, वित्त हस्तान्तरण लगायत सार्वजनिक वित्त व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गर्न आयोजित अर्थसमितिको बैठकमा महालेखा नियन्त्रका मैनालीले...

८२ लाख ठगी गरेको आरोपमा सुन्दरहरैँचाबाट ज्वेलर्स सञ्चालक दम्पती पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा ज्वेलर्स सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीले सर्वसाधारणको झण्डै एक करोड रुपैयाँ गठी गरेको आरोपमा पक्राउ परेका छन् । सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाख रूपैयाँभन्दा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्