आज नेकपाको स्थायी कमिटी बैठक बस्दै

 न्यूज विराट
आज नेकपाको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, १३ साउन-पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टीमा देखिएका विवाद समाधानका लागि आज पनि स्थायी कमिटी बैठक बस्न लागेको हो । नेकपामा देखिएको आन्तरिक विवाद मिलाउन नेताहरूले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षरसेत संकलन गरेका छन् ।

पार्टीको विवाद सचिवालय तथा स्थायी कमिटीले हालसम्म पनि समाधान गर्न नसकेकाले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर संकलन गरिएको केन्द्रीय समितिका सदस्य रामकुमारी झाँक्रीले बताइन् ।

बैठक बोलाउन चाहिने आवश्यक केन्द्रीय सदस्यको हस्ताक्षर गरिसकेकोे दाबी उनले गरे । कुल केन्द्रीय सदस्यमध्ये २५ प्रतिशत अर्थात् एक चौथाइ केन्द्रीय सदस्यले बैठक माग गर्न सक्ने पार्टीको अन्तरिम विधानमा व्यवस्था छ ।

सम्बन्धित समाचार

एमाले महाधिवेशनमाः जनवर्गीय सङ्गठनबाट एक लाखको सहभागी

काठमाडौँं, २४ कात्तिक-नेकपा (एमाले)ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने १०औँ राष्ट्रिय महाधिवेशनमा जनवर्गीय सङ्गठनका एक लाख नेता तथा कार्यकर्ताको सहभागी हुने भएको छ । एमालेको २२ वटा जनवर्गीय सङ्गठनका तर्फबाट महाधिवेशन उद्घाटन समारोहमा...

भिरबाट लडेर एक जनाको मृत्यु

भोजपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।पौवादुङ्मा गाउँपालिका –४ वास्तिमको कात्तिकेका ५४ वर्षीय बलबहादुर कार्कीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिबार बेलुका ८ बजे खेतबाट पराल बोकेर घरतर्फ...

देशभर कोरोनाबाट १८७ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १८७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ८ हजार...

चिनियाँ पर्यटकलाई उद्धार गरेर क्वारेन्टाइनमा

 म्याग्दी, ६ वैशाख-कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको समयमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी घुम्न आएका २ पर्यटकको शुक्रबार उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ । घोडेपानी पर्यटक प्रहरी चौकीका प्रहरीले चीनका...

नेपाल प्रथम गर्ने दिया अग्रवाललाई मेरील्याण्डको सम्मान

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययनरत दिया अग्रवालले कक्षा १२ को परीक्षामा  नेपाल प्रथम भएपछि कलेजले नगद ५१ हजार रूपयाँ सहित सम्मान गरेको छ ।  कलेज परिसरमा सोमवार संविधान दिवसको अवसर...

बङ्गलादेशमा डुङ्गा दुर्घटना हुँदा २३ जनाको मृत्यु

एजेन्सी, असार १५-बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार बिहान  भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ । सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य कैयौ...

भारतका गृहमन्त्री अमित शाह कोरोना संक्रमित

एजेन्सी, साउन १८-भारतका गृहमन्त्री तथा भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष अमित शाहमा कोरोना पोजिटिभ देखिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी उपचारका लागि अस्पताल भर्ना भएका छन् । गृहमन्त्री शाहले ट्विट गर्दै आफूमा कोरोना...

तेली समाजद्धारा शिक्षा समिति गठन, संयोजकमा दिपक साह

विराटनगर । तेली कल्याण समाज नेपालले शिक्षा समिति गठन गरेको छ । मोरङको कटहरी गाउँपालिका – २ स्थित गोपाल फनपार्कमा शनिबार भएकको वनभोज कार्यक्रमबाट ईडेनवर्ग कलेजका सञ्चालक सदस्य दिपक साहको संयोजकत्वमा ७ सदस्य ‘शिक्षा समिति’...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्