पूर्वाञ्चल विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित

 न्यूज विराट
पूर्वाञ्चल विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित

कोरोना भाइरस सङ्क्रमण बढ्दै गएर समुदायस्तरमा संक्रमण देखिएन थालेपछि पूर्वाञ्चल विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित गरिएको छ। विश्वविद्यालयका सम्पूर्ण परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाद्वारा जारी सूचनामा भनिएको छ ।

विश्वविद्यालयले भदौदेखि गर्ने भनेको परीक्षा स्थगित गरेको हो । लकडाउन खुलेसँगै विश्वविद्यालयले भदौकाे पहिलो सातादेखि परीक्षा गर्ने कार्यतालिका प्रकाशित गरेको थियो।

कोरोना संक्रमणका कारण केही जिल्लामा सरकारले निषेधाज्ञासमेत जारी गरेको हुँदा अवस्था सामान्य नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गरेको संग्रौलाले बताए ।

‘पछिल्ला केही दिनमा कोरोना संक्रमणको कारणले कतिपय जिल्लामा नेपाल सरकारले निषेधाज्ञासमेत जारी गरेको हुँदा यी सबै कुराहरूलाई मध्यनजर गर्दै अवस्था सामान्य भएपछि मात्र परीक्षाका तालिकाहरू प्रकाशित गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ जारी सूचनामा भनिएको छ ।

सरकारले लकडाउन खोलेपछि विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयबाट भदौकाे पहिलो सातादेखि सम्बन्धित क्याम्पसमा परीक्षा केन्द्र कायम गर्ने गरी सूचना प्रकाशित गरेको थियो ।

सम्बन्धित समाचार

दिपेन्द्रको उत्कृष्ट ब्याटिङमा ओमानविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं । दिपेन्द्र ऐरीको उत्कृष्ट इनिङको मद्दतमा नेपालले ओमानविरुद्ध ६ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । ओमानले दिएकाे १३६ रनकाे लक्ष्य नेपालले १९. ३ ओभरमा ४ विकेट गुमाएर हासिल गरेकाे हाे । नेपालले चार...

मोरङको रंगेलीमा एमाले उम्मेदवार दिलिप बगडीयाको अग्रता, गठबन्धनका घिमिरे पछिपछि

विराटनगर, ३१ वैशाख । मोरङको रंगेली नगरपालिकामा पनि एमालेले अग्रता कायम गरेको छ । हालसम्मको मतगणनामा एमालेका उम्मेदवार दिलिप बगडीया ४८० मतसहित अग्रस्थानमा छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसले मोदराज धिमिरेले ३७३...

बहुमतको नाममा संविधान र कानुनको हुर्मत लिने काम बन्द गरियोस : एमाले

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बुहमत पु¥याउने नाममा संविधान र कानुनको हुर्मत लिने काम कसैले पनि गर्न नहुने बताएका छन् । सभाको अध्यक्षता गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीले...

प्रदेश १ सरकारलाई कतार च्यारिटीद्वारा स्वास्थ्य सामग्री सहयोग

विराटनगर, २५ वैशाख-प्रदेश १ सरकारलाई कतार च्यारिटी नेपालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि विभिन्न स्वास्थ्य सामग्री च्यारिटीले आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको हो...

उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल निर्देशकलाई मन्त्री ढकालको निर्देशन 

काठमाडौं,  २० असोज-स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले  चाडपर्वमा हुने भीडभाडले कोभिड–१९ को जोखिम अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न अस्पताल निर्देशकलाई निर्देशन दिए ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त...

नयाँ वर्षमा कोरोनाविरुद्ध संघर्षरत सबैलाई पूर्ण सफलता मिलोस्ः अध्यक्ष प्रचण्ड

काठमाडौं, १-वैशाख-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त सरकारले अघि सारेका ‘लकडाउन’लगायत नीति तथा कार्यक्रमको कडाइपूर्वक पालना गर्न सबैमा अपिल गरेका छन् । नयाँ वर्ष २०७७ सालको...

ललितपुरमा साढे ९ हजार संक्रमितले जिते कोरोना

ललितपुरमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढेको छ । जिल्लाभर रहेका कुल ११ हजार ६ सय ९० संक्रमितमध्ये ९ हजार ६ सय ३ जनाले स्वास्थ्यलाभ गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।  जिल्लामा सक्रिय संक्रमितको...

नेप्से परिसूचक ३७.४९ अंकले वृद्धि

पछिल्लो तीन हप्ता लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ३७.४९ अंक बढेर १९२२.३० बिन्दुमा पुगेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ८.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्