२४ घण्टामा थपिए १०९ कोरोना संक्रमित, १०६ जना डिस्चार्ज

 न्यूज विराट
२४ घण्टामा थपिए १०९ कोरोना संक्रमित, १०६ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १०९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर अहिलेसम्म कूल कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३८५ रहेको छ । उनीहरूको देशभरका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै शनिबार थप १०६ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् । अहिलेसम्म कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किनेको संख्या १३ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कुल संक्रमितमध्ये ७०.०६ प्रतिशत निको भएको प्रवक्ता डा. गौतमले बताए ।

त्यस्तै, शनिबार ४ हजार ७५ जनाको नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ । हालसम्म ३ लाख ३९ हजार १५७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक रहेको छ ।

सम्बन्धित समाचार

सुनवर्षीबाट ७ लाखको अवैध चाँदीसहित एक महिला पक्राउ

विराटनगर, १८ माघ । प्रहरीले भारतबाट अवैध तरिकाले नेपाल भित्र्याउँदै गरेको ७ लाख मूल्य बराबरको चाँदीको गरगहनासहित एक महिलालाई पक्राउ गरेको छ । मोरङ सुनवर्षी नगरपालिका ६ नयाँ चौकस्थित सडक खण्डबाट ती महिलालाई पक्राउ गरेको...

चोरीको झुठो सूचना दिने दुईजना पक्राउ

जनकपुरधाम । कार र नगद लुटेको भनेर झुठो सूचना दिने दुईजनालाई धनुषा प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको छ । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका– ७ का दीपनारायण यादव र उनका साथी आशाराम चौधरी रहेका छन्...

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौं, १३ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक पनि स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको...

मोरङको धनपालथानमा सहकारी फोडि चोरी गर्ने तीन जना पक्राउ

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा सहकारी फोडी चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनपालथान गाउँपालिका – २ कुशमाहमा रहेको युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ढोका फोडी नगद र ल्यापटप चोरी गरेको...

संविधान संशोधनका पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौं, १७ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कमिटीको बैठकले सरकारले जारी गरेको नेपालको राजनैतिक नक्सालाई संविधानको अंग बनाउने प्रस्तावका...

नेपालमा थप २७१४ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु

नेपालमा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....

आउँदो ३ दिन वर्षा र बाढीको सम्भावना

काठमाडौं, २० असार-आउँदो ३ दिन बदलीसहित देशभर वर्षा हुने मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय भएकाले आगामी ३ दिन देशभरी नै वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् । मनसुन सक्रिय भएसँगै केही दिन...

सुम्निमा स्कुलको तेस्रो ग्राजुएसन सेरेमनी

विराटनगर । विराटनगर महानगरपालिका – ११ पिचछारामा अवस्थित सुम्निमा बोर्डिङ स्कुलले तेस्रो ग्राजुएसन सेरेमनी कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरेर प्रि प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गर्ने ३१...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्