वीगञ्जको कोभिड विशेष अस्पतालमा १ किशोरीको मृत्यु

 न्यूज विराट
वीगञ्जको कोभिड विशेष अस्पतालमा १ किशोरीको मृत्यु

जनकपुरधाम, ९ साउन-वीरगञ्जको कोभिड-१९ विशेष अस्पतालमा भर्ना भएकी १ किशोरीको मृत्यु भएको छ । बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ वर्षीया किशोरीको वीरगञ्जको गण्डक कोभिड-१९ अस्पतालमा उपचारका क्रममा शुक्रबार अपरान्ह मृत्यु भएको अस्पतालका डा. निरज सिंहले जानकारी दिए । आरडीटी रिपोर्ट पोजिटिभ देखिएकी युवतीको शुक्रबार साँझ ५ बजे मृत्यु भएको हो । तर, उनको पीसीआर रिपोर्ट भने आउन बाँकी नै रहेको कोबिड-१९ अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

‘स्वाब संलकन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पठाएका छौँ’, उनले भने, ‘ल्याबबाट पीसीआर रिपोर्ट आउन बाँकी छ ।’  बाराको परवानीपुर घर भएकी १९ वर्षीया ती युवतीलाई स्वास्थ्यमा समस्या भएपछि बुधबार वीरगन्जकै वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । पीसीआर रिपोर्ट नआएकाले शव अस्पतालमै राखिएको उनले बताए ।

बुधबार नारायणी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयर अस्पताल लगिएको थियो । त्यहाँको आकस्मिक कक्षमा भर्ना गर्दा अवस्था गम्भीर देखिएपछि उनको आरडीटी विधिबाट परीक्षण गरिएको थियो ।

आरडीटी एन्टीबडी पोजिटिभ देखिएपछि कोरोना संक्रमणको आशंकामा बिहीबार गण्डक कोभिड-१९ अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह मृत्यु भएको हो । ‘पखाला लाग्ने र जिउ काम्ने भइरहेको थियो, सँगसँगै स्वास प्रश्वासमा पनि समस्या थियो’ डा. निरज सिंहले भने, ‘उहाँलाई बचाउन सकेनौँ ।’

वीरगञ्ज हेल्थ केयर अस्पतालका अनुसार बुधबार राति साढे १० बजे उनलाई नारायणी अस्पतालबाट वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याइएको थियो । आरडीटी पोजेटिभ देखिएपछि हेल्थ केयरमै स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको थियो ।

बिहीबार रिपोर्ट नआएपछि जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर गण्डक अस्पतालमा रेफर गरिएको अस्पतालका सञ्चालक डा अबुलहैस अन्सारीले बताए । ‘अक्सिजन मेन्टेन भइरहेको थिएन, ७५ प्रतिशत देखाइरहेको थियो । छातीको एक्सरे गरेर हेर्दा फोक्सो पुरै खराब देखिएको थियो’ उनले भने ‘कोरोना संक्रमणको आशंका भएपछि गण्डक अस्पतालमा रेफर गरेका हौँ ।’

उनमा स्क्रब टाइफससमेत पोजिटिभ देखिएको डा. अन्सारीले बताए । इमर्जेन्सीमा उनको उपचारमा संलग्न ५ जना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको र इमर्जेन्सी सिल गरेर अर्कै ठाउँबाट सेवा दिइरहेको वीरगञ्ज हेल्थ केयर अस्पतालले जनाएको छ । गण्डक कोभिड-१९ अस्पतालमा ५४ जना संक्रमित उपचाररत छन् । जसमध्ये ४ जनालाई आइसीयूमा राखेर उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

प्रहरी सहायक निरीक्षक तामाङसहित ५ जनाविरुद्व मुद्दा दायर

काठमाडौं, ११ असार-हुण्डी कारोबारीले साथमा लिइआएको रकम बाँडफाँड गरी भ्रष्टाचार गरेको आरोपमा अस्थायी प्रहरी पोष्ट इनर्वागाउँ वीरगञ्जका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर तामाङसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । प्रहरी सहायक निरीक्षक तामाङ,...

सुनको भाउ ताेलामा ४ सय रुपैयाँ घट्याे

काठमाडाैं, ७ भदौ-सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलाको ९८ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको...

विराटनगर आउँदै गरेको बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

विराटनगर, ८ असोज । मोरङ बुढिगंगा गाऊपालिका १ शान्ती चौक स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बेलबारी नगरपालिका ८ डागिहाट का ५१ बर्षीय देबेन्द्र पन्त रहेका छन्...

शनिबार ५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३ साउन-नेपालमा शनिबार मात्रै ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनासम्बन्धी नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले देशका विभिन्न ठाउँमा गरिएको पीसीआर परीक्षणका क्रममा ५७ जनामा मात्रै कोरोना...

चौंथो मिल्स गोल्डकप सुरु : बर्दिवासलाई हराउँदै एपीएफ सेमिफाइनमला

विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको उदघाटन खेलमा महोत्तरीको नगर खेलकुद विकास...

तमोर नदीमा खसेर वृद्धको मृत्यु

विराटनगर । धनकुटा नगरपालिका ९ मूलघाटस्थित तमोर नदीको पुलबाट आइतबार बिहान एक वृद्धको खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ८० वर्षीय हर्कबहादुर साम्पाङ रहेको प्रहरीले जनाएको छ । बिहान पौने ११ बजे पुलबाट...

७२ घण्टाका लागि नेपाल–भारत सीमा नाका बन्द हुने

सिरहा, वैशाख १० । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी...

विराट नर्सिङ होमको डाईग्नोष्टि ल्याबको संकलन केन्द्र इनरुवामा पनि स्थापना

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होम (विराटनर अस्पताल) भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालिले सुनसरीको इनरुवामा पनि रगत सङ्कलन केन्द्र स्थापना गरेको छ । इनरुवा १ हस्पिटल गेटनिजक रहेको साएमा पोलिक्लिनिकमा सोमबार एक कार्यक्रम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्