प्रदेश १ सरकारले उद्योगका प्रकृति हेरेर जनशक्ति उत्पादन गर्ने

 न्यूज विराट
प्रदेश १ सरकारले उद्योगका प्रकृति हेरेर जनशक्ति उत्पादन गर्ने

विराटनगर, साउन ९–प्रदेश १ सरकारले उद्योगका प्रकृति अनुशारको जनशक्ति उत्पादन गर्ने भएको छ । रोजगारीका नाममा दिने गरिएका तालिम, प्रशिक्षण प्रभावकारी नभएपछि प्रदेश १ सरकारले रोजगारदातासँग छलफल गर्दै उनीहरुका लागि आवस्यक जनशक्ति तयार गर्ने तयारी शुरु गरेको हो ।

सामाजिक विकास मन्त्रालयको रोजगारी प्रर्वद्धन, सीप विकास कार्यक्रम अन्र्तगत सुनसरी–मोरंग औद्योगिक करिडोरका ठुला उद्योगहरुसँग छलफल शुरु गरेको छ । उद्योगहरुको माग अनुसारको जनशक्ति तयार गर्नेगरि छलफल अघि बढाएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

बेरोजगारीलाई जागिर खोज्ने कामका लागि अहिले सम्म सरकारी स्तरबाट भएका तालिम खासै उपलब्धीपूर्ण नदेखिएकाले प्रयोगात्मक तालिममा जोड दिने निश्कर्षमा पुगिएको उनको भनाई छ । उनले भने,‘ हामीले दिएका प्राविधिक तालिम रोजगारदातासँग नमिल्दा उपयोगिता देखिएन ।’

मन्त्रालयले करोडौं खर्च गरेर तालिम दिने गरेपनि बेरोजगारलाई रोजगारी दिलाउन नसकेपछि उद्योगको प्रकृति र माग अनुसारको सीप दिने तयारी गरिएको मन्त्री घिमिरेले बताए । मन्त्रालयले रोजगारदातासँगको छलफल पनि शुरु गरेको उनले बताए ।

पहिलो चरणको छलफलबाट करिव २ हजारलाई रोजगारी दिने लक्ष्य राखेर सीप विकास तालिम दिईने मन्त्री घिमिरेले बताए । उद्योगका लागि बार्षिक ५ हजार जनशक्ति आवस्यक पर्ने देखिएपनि कोरोनाका कारण उद्योगको उत्पादन घटेकाले २ हजारको लक्ष्य राखिएको उनले बताए । प्रदेश १ मा रहेका बेरोजगार जनशक्ति र कोरोनाका कारण विदेशबाट फर्किएकाहरुलाई लक्षित गरि सीप विकास तालिम दिईने मन्त्री घिमिरेले बताए । उनले भने,‘ अव तालिमपछि रोजगारी मिल्ने गरि काम गर्ने छौं ।’

सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा अरिहन्त मल्टिफाईवर्स, रिलायन्स स्पीनिङ , पशुपति विस्कुट र तालिम प्रदायक संस्था मनमोहन पोलिटेक्नीकवीच छलफल गरेको छ । रिलायन्सका प्रशासन प्रमुख महेश पोखरेलले मासिक औषतमा १ सय सम्म जनशक्ति उद्योगका लागि माग हुने गरेको बताए ।

लकडाउन अघि ४ हजार ३ सय हाराहारीमा कामदार रहेपनि अहिले केही घटेको उनले बताए । माग अनुसारको छाड्ने दर भएकाले मासिक सरदर एक सयको हाराहारीमा कामदार आवस्यक हुने उनले बताए । स्पीनिङको आवस्यकता अनुसारको जनशक्ति नपाएपछि मिलले नै तालिम दिएर राख्ने गरेको पोखरेलको भनाई छ । प्रदेश सरकारले मिलको माग अनुसारको जनशक्ति तयार गरे रोजगार दिन सकिने उनले बताए । उनले भने,‘ सीप अनुसारको जनशक्ति नहुँदा भारतबाट पनि ल्याउनु परेको छ ।’

अरिहन्तका नारायण लामिछानेले दीर्घकालिन योजना सहित मन्त्रालयले काम गर्न आवस्यक रहेको बताए । उद्योगमा आधारित कोर्ष निर्माण गरि तालिम दिनु पर्ने उनले बताए । उद्योगको प्रकृति अनुसारको तालिम भए रोजगारी दिन समस्या नहुने उनको भनाई छ । लकडाउन अघि दैनिक २०–२५ को हाराहारीमा कामदारको आवस्यक पर्ने गरेको लामिछानेले बताए । उनले भने,‘ अहिले उत्पादन आधा घटेकाले भएकै कामदारबाट काम चलाईरेका छौं ।’

मनमोहन पोलिटेक्निककी प्रकृति भट्टराईले अहिले चलन चल्तीमा रहेका ३ महिने तालिम उपलब्धी मुलक नभएको बताईन । उद्योगका प्रकृति अनुसार सिलेवस तयार गरिएको उनको भनाई छ ।

उद्योगको प्रकृति अनुसारको माग र आवस्यक तालिमको खाका ल्याउन उद्योगीहरुलाई भनिएको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताए ।

सम्बन्धित समाचार

मदरल्याण्ड एकाडेमी साँस्कृतिक कार्यक्रम

विराटनगर । विराटनगरस्थित मदरल्याण्ड एकाडेमीमा विभिन्न कार्यक्रम आयोजना गरी सरस्वती पूजा मनाएको छ । स्कुल परिसरमा बुधबार सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण र भोजन कीर्तन प्रतियोगिता आयोजना गरेको हो । दुई चरणमा गरी आयोजना गरिएको कार्यक्रममा...

विराटनगरको मानव सेवा आश्रममा मनोरोग र आँखा जाँच शिविर सम्पन्न

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विराटनगरस्थित मानव सेवा आश्रममा निःशुल्क मनोरोग र आँखा जाँच शिविर सम्पन्न भएको छ । ज्येष्ठ नागरिक दिवसको अवसरमा क्लबले तीन टालीयास्थित आश्रममा आश्रित ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क...

तीनै तहका सरकारबिच हुने अन्तरविरोध अन्त्यको तयारीः मन्त्री तुम्वाहाम्फे

विराटनगर, फागुन १८–कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले कानुन निर्माण गरेर तीन तहका सरकारवीच रहेका अन्तरर्विरोध अन्त्य गर्न लागिएको बताएकी छन् । आइतबारदेखि विराटनगरमा सुरू भएको प्रदेश १ का स्थानीय तहका उपप्रमुखहरूको प्रशिक्षण...

रतुवामाईमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

विराटनगर, २३ जेठ । दक्षिणपूर्वी मोरङको रतुवामाईमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवर्षी नगरपालिका—९ का २५ वर्षीय राजकुमार शर्मा रहेका छन् । रतुवामाइ–१ स्थित आमबारी–कुटुमगञ्ज सडकखण्डमा आइतबार साँझ मे...

मन्त्री घिमिरेको स्वास्थ्य सुधार

विराटनगर, १८ भदौ–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । होम आईसोलेसनमा रहेका मन्त्री घिमिरेको स्वास्थ्यमा सुधार हुँदै गएको स्वकीय सचिवालयले जनाएको छ । सचिवालयले आज विज्ञप्ती प्रकाशित...

एनपीए कोशी प्रदेशमा शम्भु साहको प्यानलै निर्वाचित, कसले कति ल्याए मत ? (सुचिसहित)

विराटनगर । नेपाल फर्मास्युटिकल्स एशोसिएशन (एनपीए) कोशी प्रदेशमा शम्भू साहको प्यानलै निर्वाचित भएका छन् । साहले एनपीए कोशी प्रदेशको अध्यक्षमा ३५२ मत ल्याएर निर्वाचित भएका हुन् । उनको निकटतम् प्रतिद्वन्दी विवेक दाहालले १८३ मात्र मत...

प्रदेशसभाले सर्वोच्चको आदेश उल्लंघन गर्‍यो:कृषिमन्त्री शाही

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले कर्णाली प्रदेशसभा सचिवालयले सर्वोच्च अदालतको आदेश उल्लंघन गरेको आरोप लगाएका छन् । कर्णाली प्रदेशसभा सचिवालयले शुक्रबार एमालेको संसदीय दलको पत्रका आधारमा निलम्बन गरेपछि शाहीले उक्त प्रतिक्रिया...

प्रदेश २ का आठै जिल्लामा विज्ञ परिचालित

धनुषा, १४ वैशाख-प्रदेश–२ का ८ जिल्लामा रहेका शंकास्पद ठानिएकाका स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्न विज्ञहरू परिचालन गरिएको छ ।नेपाली सेना, मेडिकल ल्याब एसोसिएसन अफ नेपाल (मेलान) र इडीसीटीबाट आएका प्राविधिक टोलीले स्वाब सङ्कलन सुरु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्