२४ घण्टामा थप १४७ जनामा कोरोना पुष्टि, १५६ जना डिस्चार्ज

 न्यूज विराट
२४ घण्टामा थप १४७ जनामा कोरोना पुष्टि, १५६ जना डिस्चार्ज

काठमाडौं, ८ साउन-पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले देशभरका विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा थप १४७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ । सक्रिय सक्रमितको संख्या ५ हजार ३५८ रहेको छ । उनीहरूको देशभरका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १५६ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । यसरी डिस्चार्ज हुनेको कुल संख्या १२ हजार ८४० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ७०.३९ प्रतिशत संक्रमितहरू निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ४८१ जनाको कोरोना परीक्षण गरिएको छ । २० हजार ९८ जना अहिले देशका विभिन्न स्थानका क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ३५८ को आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ९ जनाको मृत्यु, ६५४ संक्रमित थपिए

विराटनगर, २९ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सुनसरीमा पाँच, मोरङ र तेह्रथुममा दुई÷दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमणबाट...

कांग्रेस महाधिवेशन : ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रमा सकियो अधिवेशन

काठमाडौं, मंसिर १५ । नेपाली कांग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८ गते हुन लागेको प्रदेश अधिवेशनका लागि देशभरका ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न...

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ३ लाख १३ हजारको मृत्यु

काठमाडौं, जेठ ४–विश्वभर कोरोना भाइरस(कोभिड–१९) को संक्रमणका कारण ३ लाख १३ हजार बढीले ज्यान गुमाएका छन् । आइतबार नेपाली समय अनुसार साँझ सवा ६ बजेसम्म ३ लाख १३ हजार ७ सय ६७ जनाको मृत्यु भएको...

अमलेखगञ्ज डिपोका १६ कर्मचारीमा कोरोना पुष्टि, कार्यालय सिल

जनकपुरधाम,   ९ भदौ-देशका अधिकांश स्थानमा पेट्रोलियम पदार्थको वितरण गर्ने अमलेखगञ्ज डिपो र मातहतका १६ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगञ्ज क्षेत्रीय डिपोमा कार्यरत चालकसहित १६ जना संक्रमित...

नेपालमा थप ९११ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं, २७ भदौ । नेपालमा थप ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए...

एनसीडिए मोरङका अध्यक्षद्धारा आश्रममा दैनिक उपभोग्य सामाग्री वितरण

विराटनगर । विराटनगर – ८ विराटेश्वर आश्रममा नेपाल औषधी व्यवसायी संघ मोरङ (एनसिडिए) का अध्यक्ष देशबन्धु ढकालले सहयोग गरेका छन् ।माता तीर्थ औसीको अवसर पारेर बुधबार आश्रममा रहेका आमाहरुलाई औषधी व्यवसायी ढकालले दैनिक प्रयोग हुने...

सोनाम ल्होछार विराटनगरमा मनाइयो

विराटनगर । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाएको छ । नेपाल तामाङ घेदुङ महानगर समिति विराटनगरले बिहीबार एक कार्यक्रम आयोजना सोनाम ल्होछार...

विराटनगरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

विराटनगर । विराटनगर – ३ पुष्पमार्गमा शनिबार बिहानै भेटिएको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ । प्रहरीका अनुसार ‘खतरा ’ भन्ने लेखेर पुष्पमार्गमा मबिलको बट्टा राखिएको थियो । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले विराटनगरमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्