राजविराज नगरक्षेत्रमा बिहीबार बिहानदेखि कर्फ्यू लागू गर्ने निर्णय

 न्यूज विराट
राजविराज नगरक्षेत्रमा बिहीबार बिहानदेखि कर्फ्यू लागू गर्ने निर्णय

काठमाडौं, ७ साउन-राजविराज नगरक्षेत्रमा तीव्रगतिमा कोरोना भाइरसको सङ्क्रमित बढिरहेको भन्दै बिहीबारदेखि राजविराज नगर क्षेत्रमा निषेधज्ञा जारी गर्ने निर्णय गरिएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले कोभिड–१९ सङ्क्रमण तीव्ररूपमा फैलिएपछि राजविराज नगरक्षेत्रमा निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंका अनुसार बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधित अर्को आदेश नआउञ्जेलसम्म राजविराज नगर क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।

समितिको आज बसेको बैठकले राजविराज नगरपालिकामा समुदायस्तरमा सङ्क्रमण फैलिन नदिन नगर क्षेत्रभरि सो आदेश जारी गर्ने निर्णय भएको प्रहरी उपरीक्षक प्रसाईंले जानकारी दिए । निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन, पसल बन्द रहने उनले जानकारी दिए ।

करिब ५ दिन अगाडि राजविराजकै वडा नं ६ निवासी ७३ वर्षीय १ प्रतिष्ठित व्यापारीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । मृतकको सम्पर्कमा आएका उनको परिवारका पाँचै जनासहित अन्य मानिस, छरछिमेकमा सङ्क्रमण पुष्टि भएपछि राजविराज नगरपालिकाको आग्रहमा निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रहरी उपरीक्षक प्रसाईंले बताए ।

सम्बन्धित समाचार

मकालु आधार शिविरबाट युक्रेनी नागरिकको उद्धार

संखुवासभा, २९ वैशाख-मकालु आधार शिविरको भ्रमणका क्रममा करिब एक महिनादेखि पलपत्र परेका विदेशी नागरिकको उद्दार गरिएको छ । गत २ चैतमा मकालु आधार शिविरको भ्रमण गर्न आएका युक्रेनी नागरिक २६ वर्षीय आर्टेम सुहोनियाकिनको उद्दार गरिएको...

झापा र सनुसरीमा सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु

विराटनगर । सुनसरी र झापाको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । हिजो साझँ ५ बजे सुनसरीको दुहबीनगरपालिका ११ स्थित दक्षिणबाट उतरतर्फ जादै गरेकोको ४ प ९१७८नम्बरको मोटरसाईकल र बिपरितदिशाबाट...

सूर्य ग्रहण ८:४२ देखि ११:३१ सम्म

काठमाडौं, पुस १०–आज खण्डग्रास सूर्य ग्रहण लाग्दै छ । बिहान ८ बजेर ४२ मिनेटबाट सुरु हुने ग्रहण बिहान १० बजेर १ मिनेटमा मध्यम अवस्थामा रहनेछ । बिहानै ११ बजेर ३१ मिनेटमा पूर्णरुपमा ग्रहणले छाड्नेछ ।...

इण्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि वाइआरसीसीलाई

विराटनगर । विराटनगरको वाईआरसीसी क्रिकेट क्लबले चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।विराटनगर जुट मिल खेल मैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा भारतको पटनाको हाइपर क्रिकेट क्लबलाई ८ विकेटले पराजित...

पञ्जाबबाट आएका २ जनालाई परिक्षणका लागि धरान पठाइयो

विराटनगर, चैत ११–भारतको पञ्जाब बाट सुनसरी आइपुगेका दुई जना युवालाई इनरुवा अस्पतालले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरेको छ । इनरुवा अस्पतालले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएकामा एकजना...

बडादशैंको आठौं दिन महाअष्टमी, देशभरका शक्तिपिठहरुमा बलि दिइँदै

काठमाडौं,  ८ कात्तिक-हिन्दू नेपालीहरुको सबैभन्दा ठूलो पर्व बडा दसैंको आठौं दिन आज शक्ति स्वरुपा भवानी माता महागौरीको पूजाआजा गरिँदै छ । माता महागौरीलाई शुद्धिको प्रतीकमा रुपमा मान्ने गरिन्छ । माता महागौरी सेतो साढेमा आरुढ भएकी...

टि –२० क्रिकेट प्रतियोगितामा कर्णाली र लुम्बिनी प्रदेश विजयी

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली र लुम्बिनी विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा शनिबार भएको पहिलो खेलमा कर्णाली प्रदेशले विभागिय टोली एपिएफ क्लवलाई ५१ रनले पराजित गरेको छ । जितसँगै कर्णाली...

श्री एयरलाइन्स मङ्गलबार सिङ्गापुर उड्दै

निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले मङ्गलबार सिङ्गापुरका लागि चार्टर्ड उडान भर्ने भएको छ ।सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन श्रीले चार्टर्ड उडान गर्न अनुमति लिएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्