जनकपुरधाम उपमहानगरको मूलद्वारमा फोहोर फालेर विरोध

 न्यूज विराट
जनकपुरधाम उपमहानगरको मूलद्वारमा फोहोर फालेर विरोध

जनकपुरधाम, ६ साउन-जनकपुरधाम उपमहानगरपालिकाको मुख्य बजार नै फोहोरको ढंगुर बनेपछि स्थानीय युवाले नगरको फोहोर उठाएर उपमहानगरको मूल ढोकामा थुपारेका छन् । उनीहरूले नगर क्षेत्रको फोहोरहरू ट्याक्टरमा संकलन गरेर कार्यालय परिसर अगाडि थुपारेर विरोध प्रदर्शन गरेका हुन् । नगरको सफाईमा उपमहानगरले ध्यान पुर्‍याउन नसकेको उनीहरूको आरोप रहेको छ ।

उपमहानगरपालिका कार्यालयले व्यवस्थापनतर्फ चासो नदिएको भन्दै कार्यालयको प्रवेशद्वारमा फोहोर फ्यालेर युवाले विरोध जनाएका हुन् । केही समय यता नगर क्षेत्रको फोहर नउठेपछि जनकपुरधाम नगर दुर्गन्धित बनेको छ ।

उपमहानगरपालिकाले व्यवस्थापन गर्न नसक्दा करिब २ सातादेखि जनकपुरमा फोहोर उठ्न सकेको छैन् । मुख्य सडकसहित भित्री बस्तीहरूमा फोहोर व्यवस्थापन नहुँदा सहर दुर्गन्धित बनेको छ । विगत १ महिनादेखि फोहोर नउठेका कारण नगर नै दुर्गन्धित हुन थालेपछि युवाले नगरभित्रको फोहोरको डंगुर उठाएर उपमहानगरको मूल ढोकामा थुपारेका हुन् ।

सम्बन्धित समाचार

यसपालिको मनसुन जोखिमपूर्ण, १८ लाख मानिस प्रभावित हुने अनुमान

काठमायौं, २६ जेठ । मनसुन भित्रिनै लागेको नेपालमा यसपालि मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औषत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय...

प्रदेश १ मा ६ संक्रमित थपिए, ३३ डिस्चार्ज

विराटनगर, २९ असार–प्रदेश १ मा आज ६ जना संक्रमित थपिएका छन् । झापामा ४, मोरङ र सुनसरीमा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको गौरीगञ्जमा ३ पुरुष र दमकमा...

कवडी प्रतियोगिताको उपाधि विराटनगर १७ लाई

विराटनगर । प्रथम मदन स्मृति अन्तर वडा खुला पुरुष कवडी प्रतियोगिताको उपाधि विराटनगर १७ नम्बर वडाले जितेको छ । मदन भण्डारी स्पोट्स् एकेडेमी विराटनगर कमिटीको आयोजनामा विराटनगर १८ राजा विराट खेलमैदान झटियाहीमा सोमबार सम्पन्न भएको...

सिमानामा चिनियाँ सैनिकविरुद्ध लड्न भारतीय सैनिकलाई करेन्टवाला त्रिशूल

एजेन्सी । भारतले चीनसँग सीमा विवाद रहेका स्थानमा चिनियाँ सैनिकविरुद्ध लड्न आफ्ना सैनिकलाई नयाँ खालका उपकरण उपलब्ध गराउन लागेको छ । भारतीय सञ्चार माध्यम एएनआईका अनुसार एक कम्पनीले हालै त्रिशूलजस्तो एक करेन्टवाला उपकरण र करेन्टवाला मुक्का...

विराट एक्स्पो, प्रदेश १ को पर्यटकीय स्थलको छुट्टै पेभिलियन

विराटनगर । विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा पर्यटकीय क्षेत्रलाई विगतमाभन्दा भिन्न किसिमले प्रवद्र्धन गरिने भएको छ ।थ्रिडी भिआर प्रविधिको प्रयोग गरी आकर्षक तरिकारले प्रदेश १ का पर्यटकीय स्थलहरूको...

महेन्द्र मोरङको स्वीय निर्वाचनमा अखिल क्रान्तिकारी एक्लै भिड्दै

विराटनगर । आगामी चैत ५ गते हुने स्ववियू निर्वाचनमा अखिल क्रान्तिकारीले महेन्द्र मोरङ क्याम्पसमा एक्लै प्रतिस्पर्धा गर्दैछ । स्ववियू सभापतिमा रोहित यादव, सचिवमा आयुद अछामी र कोषाध्यक्षमा राजिव यादव उम्मेदवार दिएका छन् ।सदस्यहरूमा गौतम मण्डल,...

अब बोतल र जर्किनमा पेट्रोल बेचे प्रहरीले कारबाही गर्ने

विराटनगर । प्रहरीले बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गरेर काठमाडौँमा सञ्चालित पेट्रोल पम्पहरूलाई त्यस्तो चेतावनी दिएको हो । काठमाडौँमा सञ्चालित केही पेट्रोल...

एसईईको मूल्याङ्कन कार्यविधि अन्तिम चरणमा

काठमाडौं, ८ असार-एसईईको मूल्याङ्कन कसरी गर्ने भन्ने कार्यविधि बनाउन गठित समितिले प्रतिवेदन तयार पारेको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालको संयोजकत्वमा गठित समितिले प्रतिवेदन तयार पारेको हो । समितिले प्रतिवेदन आज नै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्