अफगानिस्तानमा १२ सुरक्षाकर्मीसहित २४ जनाको मृत्यु

 न्यूज विराट
अफगानिस्तानमा १२ सुरक्षाकर्मीसहित २४ जनाको मृत्यु

एजेन्सी, साउन ५-अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा भएको कारबाहीमा परी २ दर्जनभन्दा बढीको मृत्यु भएको छ । त्यसमा परी तालिबानका लडाकूका साथै १२ जना सुरक्षाकर्मी पनि मारिएको समाचारमा जनाइएको छ ।

सोमबार सो कारबाही भएको त्यहाँका उपप्रान्तीय प्रवक्ताले जानकारी दिएका छन् । उनकाअनुसार सो प्रान्तको क्वाजाक क्षेत्रमा रहेको एक सुरक्षा चौकीमा ठूलो संख्याका तालिबानीहरुले सोमबार बिहान आक्रमण गरेका थिए ।

उक्त आक्रमणपछि भएको दुवै पक्षको दोहोरो गोली हानाहानमा परी १२ जना सुरक्षाकर्मी मारिएका र अरु १० जना  घाइते पनि भएका छन् । त्यसैगरी सो कारबाहीका क्रममा एक दर्जनभन्दा बढी तालिबान लडाकू मारिएका हुन् । सोही प्रान्तमा तीन दिनअघि मात्र अफगान सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा २५ जनाको मृत्यु भएको बताइएको थियो ।

मृत्यु भएकाहरुमा सबैजना तालिबान लडाकूहरु रहेको सरकारी अधिकारीहरुले जनाएका छन् । टोलो न्युजले सम्प्रेषण गरेको समाचारमा पनि उत्तरी कुन्दुज प्रान्तको क्वाजमा तालिबानहरुले सुरक्षा चौकीमा आक्रमण गरेपछि अफगान सेना र प्रहरीको संयुक्त समूहले त्यसको प्रतिकार गरेको थियो । समाचारमा एक दर्जनभन्दा बढी तालिबान मारिएको बताइएको छ तर यसको यथार्थ तथ्यांक भने दिइएको छैन ।

सम्बन्धित समाचार

विराटनगरमा पूर्वप्रहरीको लुटपाट धन्दा, दिनदहाडै १२ लाख लुटपाट

विराटनगर । दुई जना पूर्वप्रहरी मिलरे विराटनगरमा लुटपाट धन्दा चलाउने गरेको पाइएको छ । लुटिएको रकमसहित घटनामा संलग्न दुई जना पुर्वप्रहरीलाई मोरङ प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो । प्रहरीले लुटपाटमा संलग्न विराटनगर...

आजदेखि बडादसैं समापन हुँदै

काठमाडौं, १४ कात्तिक-धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादसैं समापन हुँदैछ ।  आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष...

स्ववियु निर्वाचन कार्यतालिकाः ५ फागुनमा मनोनयन, १४ मा निर्वाचन

काठमाडौं, माघ १४–त्रिभुवन विश्वविद्यालयले आगामी १४ फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका प्रस्ताव गरेको छ । मंगलबार स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले विद्यार्थी संगठनहरुसँग मंगलवार निर्वाचन कार्यतालिका प्रस्ताव गरेको हो । त्रिविले...

कोरोनाले विदेश जान रोकिएकालाई प्रधानमन्त्री रोजगारमार्फत् जागिर

सरकारले विदेश जान नपाएका नेपालीलाई स्वदेशमै रोजगारी दिन भएको छ ।कोरोना भाइरसबाट मुलुकलाई जोगाउन सरकारले गरेको पूर्वतयारीका बारेमा जानकारी दिन बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सञ्चार...

जेभियर्स स्कुलमा प्रविधिमैत्री प्रर्दशनी

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ ؘसखमाहास्थित जेभियर्स स्कुलमा एक दिने प्रविधिमैत्री प्रर्दशनी आयोजना गरिएको छ ।स्कुल परिसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरि आटिफिसियल ईन्टिलेजन्स र कोडिङ रोबटिक्स प्रर्दशनी आयोजना गरिएको हो ।जेभियर्स स्कुलमा...

नेपालको झण्डा जलाउँदै गीत बनाएर युट्युबमामा राख्नेलाई कारबाहीको माग

काठमाडौं, २ भदौ-नेपालको झण्डा जलाउँदै गीत बनाएर युट्युबमामा राख्ने मंगोल होप अफिसियल नामक युट्युब च्यानल तथा च्यानल संचालन गर्ने सम्बन्धित व्यक्तिहरूलाई नियमानुसार कारबाही गर्न माग गरिएको छ । गीतमा चन्द्र र सूर्य अंकित नेपाली ध्वजा...

साफ महिला च्याम्पियनसिप : आज नेपालले भारतसँग भिड्दै

विराटनगर । साफ माहिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहचरणको पहिलो खेलमा घरेलु टोली नेपालले आज शुक्रबार भुटानको सामना गर्दैछ। समूह ‘बी’ अन्तर्गतको यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ : ३० बजे सुरु हुनेछ। अघिल्लो संस्करणमा...

जिल्ला अस्पतालको परिणाम देखिनुपर्याेः मन्त्री घिमिरे

विराटनगर, २४ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरि काम गर्नुपर्ने बताएका छन् । उनले अस्पतालहरुले विस्तार गरेको सेवाका बारेमा स्थानीयले थाहा पाउने गरि काम गर्न समेत निर्देशन दिए ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्