विश्वभर कोरोना संक्रमणबाट ६ लाख ८ हजारको मृत्यु 

 न्यूज विराट
विश्वभर कोरोना संक्रमणबाट ६ लाख ८ हजारको मृत्यु 

एजेन्सी, साउन ५ –विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ८ हजार  ९ सय ७८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सोमबार जानकारी दिएको छ । सो संगठनका अनुसार सोमबारसम्म विश्वभरिमा १ करोड ४६ लाख ४६ हजार ७ सय ७ जना कोरोना संक्रमित भएका छन् । 

संक्रमितमध्ये हालसम्म ८७ लाख ३७ हजार ८ सय ३५ जना कोरोनामुक्त भएका छन् ।  विश्वभरमा ५२ लाख ९९ हजार ८ सय ९४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेकाे र उनीहरूको उपचार भइरहेको छ । संक्रमितहरूमध्ये  ५९ हजार ६ सय ६ जनाको अवस्था गम्भीर रहेको डब्लूएचओले जनाएको छ ।

चीनको हुवेई प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको याे महामारीका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३८ लाख ९८ हजार ५ सय ५० जना कोरोना भाइरसका संक्रमित छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ४३ हजार २ सय ८९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३२ लाख ६६ हजार ७ सय ४३ जना कोरोना भाइरस संक्रमति छन् । त्यहाँ १ लाख १७ हजार ९ सय ३६ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ४५ लाख ७० हजार १ सय ८९ जना कोरोना भाइरस संक्रमति छन् । त्यहाँ १ लाख ९६ हजार ६ सय २२ जनाको मृत्यु भएको छ ।

युरोपमा २६ लाख ५४ हजार ४६२ जना कोरोना भाइरस संक्रमित छन् भने १ लाख ९८ हजार ८ सय २ को मृत्यु भएको छ । एसिया ३४ लाख १ हजार २ सय २१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७९ हजार ९ सय ६३ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ७ लाख २४ हजार ७ सय २ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५ हजार २ सय २ जनाको मृत्यु भएको छ ।  ओसियानामा १३ हजार ७  सय ५० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ सय ४५ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्यो नेपाल

काठमाडौं, असोज २७ । नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । साफको इतिहासमा बुधबार पहिलो पल्ट नेपालले फाइनल यात्रा तय गरेको हो । नेपाललाई फाइनल पुग्न एक अंक चाहिएकोमा बंगलादेशलाई राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा १–१...

ट्राफिक प्रमुख आफैं सडकमा : विराटनगरमा मनपरी भाडादर नियन्त्रण अभियान

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले शनिबार विराटनगर महानगरपालिकामा सार्वजनिक यातायात साधनहरूले लिइरहेको भाडादरको अनुगमन गरेको छ। लोकसेवा आयोगको परीक्षामा सहभागी हुन आउने विद्यार्थीहरूबाट सिटी सफारी लगायतका सार्वजनिक सवारी साधनहरूले मनपरी भाडा लिइरहेको गुनासो...

कैलालीको भजनी नाकाबाट ५ जना प्रहरीलाई छलेर नेपाल भित्रिए

धनगढी, १३ वैशाख-कोरोना भाइरस फैलिन नदिन सरकारले गरेको लकडाउन र सिमासिलकाबीच पनि भारतबाट सुदूरपश्चिमका विभिन्न नाकाबाट लुकी छिपी नेपाल आउनेक्रम रोकिएको छैन । सशस्त्र प्रहरीलाई छल्दै मध्यरातमा कैलालीको भजनीनाकाबाट ५ जना नेपाली नेपाल प्रवेश गरेका...

किड्स भिलेजमा ‘स्पोर्ट्स मिट’ , एक दर्जन खेल समावेश

विराटनगर । विराटनगर महानगरपालिका–५ कृषिभवन र मुनालपथमा अवस्थित किड्स भिलेज स्कुलमा चार दिने स्पोर्ट्स मिट सम्पन्न भएको छ । गत आइतबारदेखि सुरु भएको स्पोर्ट्स मिट बुधबार समापन भएको हो ।विद्यालयले स्थापनाकालदेखि नियमित रूपमा आयोजना गर्दै...

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

आज प्रदेश १, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली हुनेछ भने केही स्थानमा पानी पर्ने सम्भावना छ । आज राति प्रदेश...

नेपालमा थप २७१४ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु

नेपालमा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....

कृषि एक्स्पोको तयारी पुरा, पाँच ब्लकमा १३० वटा स्टल रहने

विराटनगर । प्रदेशमै पहिलो पटक कृषि एक्स्पो २०८१ हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा भदौ २७ देखि ३० गते सम्म कटहरी कृषि थोक बजारमा एक्स्पो हुने भएको हो ।एक्स्पोको सम्पूर्ण...

विवाहको १५ वर्षपछि आमिर खान र किरणबीच सम्बन्ध विच्छेद, यस्ताे छ दुवैले निकालेकाे संयुक्त विज्ञप्ति

एजेन्सी, १९ असार । बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण रावले सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । विवाहको १५ वर्षपछि उनीहरूले आपसी सहमतिमै सम्बन्ध तोड्ने निर्णय लिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । यी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्