रामको जन्मभूमि विवाद : सीता गुफा नजिकको सीमा स्तम्भ उखेलेर फालियो

 न्यूज विराट
रामको जन्मभूमि विवाद : सीता गुफा नजिकको सीमा स्तम्भ उखेलेर फालियो

जनकपुरधाम, ४ साउन-पर्साको ठोरीस्थित सोमेश्वर पहाडमा रहेको ४३६ नम्बरको सीमा स्तम्भ उखेलेर फालिएको अवस्थामा फेला परेको छ । प्रसिद्ध धार्मिकस्थल सीता गुफादेखि दक्षिणतर्फ सोमेश्वर पहाडमा रहेको सो सीमा स्तम्भ उखेलेर फालिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट ठोरीका प्रहरी निरीक्षक दीपक दाहालले जानकारी दिए । 

ठोरीवासीले शनिबार बिहान सीता गुफा क्षेत्रमा पूजापाठ गरेका थिए । अमृतधाराबाट जल भरेर स्थानीयले कलश यात्रासमेत गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्म ठोरीमा भएको अभिव्यक्ति दिएसँगै सो क्षेत्रमा मानिसहरूको चहलपहल बढ्दै गएको छ ।

शनिबार गाउँपालिकाले कलश यात्रा अयोजना गर्दै भव्य पूजाअर्चना गरेको थियो । शनिबार मध्यान्ह १२ बजेसम्म सीमा स्तम्भ सुरक्षित नै थियो । भारतीय सीमा सुरक्षाबल (एसएसबी)का इन्सपेक्टरसमेत सो क्षेत्रमा खटिएका थिए ।

पूजापाठ सकिएपछि सबैजना आआफ्नो घर गइसकेपछि मात्रै दुवै तर्फका सुरक्षाकर्मी क्याम्पमा फर्किएका थिए । तर, शनिबार अपरान्ह एकाएक सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा पाएको स्थानीयले बताएका छन् ।

बिहान पूजापाठ हुँदासम्म सीमा स्तम्भ देखिएको तर अपरान्ह एकाएक नदेखेको ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले बताए । उनले भने, ‘हामी बिहानैदेखि पूजापाठमा व्यस्त थियौँ । सो समयमा सीमा स्तम्भ सुरक्षितरूपमा नै देखेका थियौँ । पूजापाठ सकेर सबै जना फर्किएपछि सीमा स्तम्भ नरहेको खबर पाएँ ।’ अध्यक्ष श्रेष्ठले अयोध्या भूमिको रुपमा एकाएक चुलिएको चर्चालाई मत्थर पार्न सीमा स्तम्भ उखेल्ने काम भएको हुन सक्ने बताए ।

‘सीमा स्तम्भ पनि गहिरो गरी गाडिएको रहेन छ । गाडिएको स्थानभन्दा केही मिटर टाढा सीमा स्तम्भ फेला पारेका छौँ’, प्रहरी निरीक्षक दाहालले भने, ‘सीमा स्तम्भ उखेलिएकोबारे माथिल्लो निकायमा जानकारी गराइसकेका छौँ । भारततर्फका एसएसबी बल र हाम्रो टोलीले उखेलेर फालिएको अवस्थामा फेला परेको सीमा स्तम्भको सुरक्षा गरिरहेका छौँ ।’  सीमा स्तम्भ कसले र किन उखेलेर फाल्यो भन्ने विषयमा केही खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

मुटु दिवसमा न्यूरो हस्पिटलको सचेतना कार्यक्रम

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर सचेतना मूलक कार्यक्रम आयोजना गरेको छ । न्यूरो हस्पिटलले प्रत्येक वर्ष सचेतना मूलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाउने गरेको छ । बिहिबा रविराटनगरमा गु्रप...

जापानले दिएको कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो

काठमाडौं, ७ साउन । जापानले दिएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा एस्ट्राजेनेका खोप दिएको हो । जापानले दिने तय भएको १६ लाख १४ हजार ७४० लाख डोज खोपको अन्तिम लट...

प्रिकाशा र सुगमलाई मिस एण्ड मिस्टर लिटल कोशीको उपाधि

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीकोको उपाधि विराटनगरकी प्रिकाशा श्रेष्ठ र इटहरीका सुगम ढकालले जितेका छन् । प्रिकाशाले मिस तर्फ र सुगमले मिस्टरतर्फको उपाधि जितेका हुन् । उनीहरुले जनही ३०–३० हजार रुपैयाँ...

जनकी पोलिट्यांकद्धारा मास्क र सेनिटाईजर बितरण

विराटनगर, चैत १०–कोरानो भाइरसको संक्रमणको जोखिम न्यूनीकरणका लागि विराटनगरको निजी क्षेत्रले समेत सक्रियता देखाएको छ । यसै क्रममा विराटनगर रोडशेष चोकस्थित सौगात हार्डवेयरले सेनिटाइजरसहित हात धुने व्यवस्था मिलाएको छ । रोडशेष चोकमा स्थापना गरिएको बेसिनबाट...

पथरी–शनिश्चरेमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय नगर कमिटी गठन

विराटनगर ११ असोज । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाजले मोरङका १७ वटै स्थानीय तहका सबै वडामा संगठन सुदृढीकरण अभियान तीब्र...

विदेशका नेपालीलाई प्रधानमन्त्रीले भने : नआत्तिनुहोस्, अफ्ठ्यारो परे कूटनीतिक नियोगमा जानुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीलाई नआत्तिन आग्रह गरेका छन् । शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै कोरोना भाइरस संक्रमण त्रासका कारण मुलुक फर्किन नपाएका नेपालीलाई नआत्तिन आग्रह गरेका हुन् । उनले भने 'कोरोना...

अझै सिल भएन सप्तरीमा कोरोना भेटिएका युवकको गाउँ

सप्तरी, ३१ वैशाख-सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ हटैलका १ युवकमा कोरोना संक्रमणको पुष्टि भएपछि सिल गरिएको सुनिए पनि बस्तीमा हालसम्म सेनिटाइजसम्म नगरिएको स्थानीयहरूले गुनासो गरेका छन् । बस्तीमा संक्रमित भेटिएसँगै आफूहरू त्रसित भएको अवस्थामा हालसम्म जनप्रतिनिधीले कुनै...

प्याब्सन स्पोर्टस मिट, पूर्वाञ्चल एकाडेमीको अग्रता कायमै

विराटनगर । विराटनगरमा जारी १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको दोस्रो दिनमा मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको पूर्वाञ्चल एकाडेमीले अग्रता कायम गरेको छ । शनिबारसम्मको नतिजा अनुसार पूर्वाञ्चल एकाडेमीले ६ स्वर्ण, र २ कास्य पदकसहित आफ्नो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्