गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

 न्यूज विराट
गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

काठमाडौं, ३ साउन-गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले मोरङ जिल्ला केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि कार्यकक्षमै आक्रमण गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

महासङ्घका महासचिव वंशलाल तामाङले आज विज्ञप्ति जारी गरी शुक्रबार गाउँपालिकाको कार्यालयमा काम गरिरहेका बेला आएको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको उल्लेख गरेका छन् ।

यस्तो घटनामा महासङ्घको ध्यानाकर्षण भएको बताउँदै उनले नागरिकको सेवामा लागेका जनप्रतिनिधिमाथि कार्यकक्षमै ज्यान मार्ने उद्देश्यले आक्रमण भएकाले दोषीमाथि कारवाही गर्न माग गरेका हुन् । घाइते कार्कीको विराटनगरस्थित एक अस्पतालमा उपचार भइरहेको छ । महासङ्घले उनको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

सम्बन्धित समाचार

सम्भावित विभाजन रोक्न राप्रपाको पदाधिकारी बैठक बस्दै

काठमाडौं, २७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक आज बस्दैछ । बिहान साढे ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका  निवर्तमान अध्यक्ष कमल थापाले गत मंगलबार पार्टी...

भएपछि स्थानिय त्रसित विराटनगरमा इन्धन ट्यांकर बिष्फोट

विराटनगर, १२ भदौ-नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङकर विराटनगरमा शुक्रबार सँझ बिष्फोट भएको छ । नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५०० मिटर उत्तरमा रहेको राम अवतार मोटर्स ग्यारेजमा ट्यांकर विष्फोट भएको हो...

पहुँच र पावरको भरमा मात्र योजना छनौट नहोस् : सांसद मण्डल

विराटनगर, बैशाख १९–पूर्वमन्त्री तथा प्रतिनिधसभाका सदस्य शिवकुमार मण्डलले पहुँच र पावरका आधारमा मात्र योजना छनौट नगर्न सरकारलाई सुझाव दिएका छन् । आगामी बजेटको विषयवस्तुमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सांसदहरुसँग भएको छलफलमा उनले यस्तो बताएका...

भारतमा अलपत्र नेपालीका लागि पूर्वमन्त्री विष्टले पठाए सहयोग

काठमाडौं, १२ जेठ-पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको पहलमा भारतमा कोरोना महामारीका कारण अलपत्र परेका नेपालीका लागि राहत वितरण गरिएको छ । विष्टले पठाएको आर्थिक सहयोगबाट ‘द वर्नईन नेपाल युथ क्लब, दिल्ली’...

मजदुर नेता राय मोरङको क्षेत्र नं. ६ मा उठ्ने

विराटनगर । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा मजदुर नेता उपेन्द्र कुमार रायले मोरङको क्षेत्र नं. ६ को (क) मा उम्मेदवारी दिने भएका छन् । नेकपा माओवादी केन्द्रबाट रायले उम्मेदवारी दिने भएका हुन् । विद्यार्थी...

सेनाको जहाजमार्फत् जिल्लाजिल्लामा सामान पठाइँदै

नेपाली सेनाको जहाजले मंगलबार विभिन्न ठाउँमा अत्यावश्यक सामग्रीहरूको ढुवानी गरिँदै छ । सेनाले सोमबार पनि केही स्थानमा ढुवानी गरेकामा आज पनि निरन्तरता दिइएको हो । देशका विभिन्न अस्पतालहरूमा औषधि तथा स्वास्थ्य सामग्री ढुवानीका लागि सेनाले...

ब्राउनसुगर र हतियारसहित २ जना पक्राउ

विराटनगर, २८ वैशाख-झापाको कन्काई नगरपालिका–४ मा लागूऔषध ब्राउनसुगरसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्यहीँ ठाउँका बर्षीय प्रदीप भनिने हर्क बुढाथोकी रहेका छन् । आफ्नै घरबाट लागूऔषध ब्राउनसुगरको कारोबार गरिरहेको भन्ने बिशेष सूचनाको...

दर्ता प्रक्रियामा एनआरएन फन्ड, १ अर्ब ८० करोडको प्रतिबद्धता जुट्यो

गैरआवासीय नेपाली संघ (एनआरएन) को पहलमा स्थापना हुन लागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ । संस्थापकहरूका तर्फबाट बिहीबार हस्ताक्षर भएको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, गैरआवासीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्