अयोध्याको प्रमाण जुटाउँदै माडी नगरपालिका

 न्यूज विराट
अयोध्याको प्रमाण जुटाउँदै माडी नगरपालिका

चितवन, २ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् राम नेपालकै अयोध्यामा जन्मेको बताएपछि यहाँको माडी नगरपालिकाले अयोध्याको प्रमाण जुटाउन लागेको छ । माडीको अयोध्यापुरीलगायतका ठाउँमा रामायणमा वर्णन गरिएका केही तथ्य भएपछि अयोध्या प्रमाणित हुने गरी नगरपालिकाले खोजी सुरु गरेको हो ।

नगर प्रमुख ठाकुर ढकालले धर्मशास्त्रमा व्याख्या भएअनुसार प्रमाण जुटाउन इतिहासविद्, भूगोलविद्, पुरातत्वविद्को खोजी भइरहेको बताए । ‘पुरातत्व विभागलाई अध्ययन गर्न आग्रह गरिएको छ,’ उनले भने । माडीका धार्मिक गुरुहरूको भेला गरी इतिहास र तथ्यका विषयमा छलफल गरेको उनले बताए ।

धार्मिक गुरुहरूलाई उद्धृत गर्दै ढकालले रामायणमा उल्लेखित अधिकांश तथ्य र प्रमाण यहाँ रहेका बताए । ‘अयोध्यापुरी, सोमेश्वरगढी, पाण्डवनगर, पर्शुराम कुण्ड, सीताराम कुण्ड, वाल्मीकि आश्रम माडीका प्रमुख धार्मिक स्थल हुन्,’ उनले भने, ‘यी रामायणसँग जोडिएका छन् ।’

यी धार्मिक स्थलमा पुराना भग्नावशेष रहेका उल्लेख गर्दै उनले यहाँ पुराना इँटाका टुक्रा, तामाका पैसा, माटाका भाडा बनाएका टुक्र, इनार रहेको बताए ।

यी सबै तथ्यका आधारमा अयोध्या माडीमा नै हो भन्ने विषयमा आफूहरु विश्वस्त रहेको प्रमुख ढकालले बताए । ‘हामी विश्वस्त छौँ, तर प्रमाणहरू जुटाउनेतर्फ लागेका छौँ,’ उनले भने । आफूहरूले अयोध्या प्रमाणित हुने तथ्य खोजेरै छाड्ने उनले जिकिर गरे । उनले तीनै तहका राज्यको सहयोगमा पुरातात्विक वस्तुको उत्खनन् र प्रमाण जुटाउन लाग्नुपर्नेमा जोड दिए ।

राजनीतिज्ञ एवं समाजसेवी श्याम विष्टले स्थानीय सरोकारवाला, राजनीति दल, सन्त महन्त सबैको एकमना एकताको साथमा खोज अनुसन्धानमा लाग्ने बताउँदै भने, ‘यहाँ केही न केही छ, अहिलेसम्म ओझेल परेको छ, प्रधानमन्त्रीले त्यत्तिकै बोल्नुभएको छैन ।’ उनले सत्य तथ्य पत्ता लगाएरै छाडने बताए ।

उनका अनुसार माडीमा मानव बस्ती बसाउने शुरुआती चरणमा घर बनाउँदा, जग्गा सम्याउँदा पुराना सिक्का, मूर्ति भेटिने गरेका थिए । अहिले पनि कतिपय ठाउँमा खन्दा त्यस्ता पुरातात्विक वस्तु फेलापर्ने गरेका उनले बताए । ‘कतिपय प्रमाणहरू भेटिएका भए पनि व्यक्तिको घरघरमा रहेका छन्, तिनको संरक्षण र अनुसन्धान हुन सकेको छैन,’ विष्टले भने । अब ती वस्तुहरूको सङ्कलन, संरक्षण र परीक्षण गरिने विष्टले बताए ।

अयोध्यापुरी क्षेत्र समेटिएको माडी–८ का अध्यक्ष कृष्णप्रसाद अधिकारी अयोध्या यहीँ हुनसक्ने भन्दै प्रमाण जुटाउन लाग्नुपर्ने बताउँछन् । उनले रामायणसँग जोडिएका धेरै विषयवस्तु यहाँ रहेको बताउँदै भने, ‘रामायणसँग जोडिएका धेरै विषय यहाँ छन्, राम जन्मिएको प्रमाण नभए पनि खोजी गर्नुपर्छ ।’

स्थानीय धार्मिक व्यक्तित्व लक्ष्मीकान्त सापकोटा भारतमा अयोध्याका विषयमा विवाद रहेको बताउँदै रामको जन्म स्थानको विषयमा अझैसम्म कुनै ठाउँ प्रमाणित नभएको बताए । ‘भारतको अयोध्या पनि राम जन्मेको भन्ने प्रमाणित छैन, यहाँको अयोध्यापुरीमा भएका प्रमाण तथ्यको नजिक छन्,’ उनले भने । उनले राज्यको संलग्नतामा विज्ञको सहभागितामा प्रमाण जुटाउनेतर्फ लाग्नुपर्ने सुझाव दिए ।

चितवनको दक्षिणी क्षेत्रमा पर्ने माडी धार्मिक, सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । साविक अयोध्यापुरी गाविसको वडा नं. ७, ८ र ९ मुख्य गरी अयोध्यापुरी क्षेत्र हो । हाल माडी नगरपालिका–८ मा आयोध्यापुरी गाउँपर्छ, जुन अहिले चर्चामा छ । भरतपुरबाट ४८ किलोमिटर दूरीमा दक्षिणतर्फ अयोध्यापुरी पर्छ । यहाँ वरिपरि ठूला डाँडा छन् । यसै अयोध्यापुरीमा राम-सीता बसेको बैकुण्ठ ताल, राम सीता गुफालगायतका प्राचीन संरचना छन् ।

माडी वडा नं. ९ को सीमाना नजिक रामसीता नामका गुफा छन् । वडा नं. ८ मा बैकुण्ठ तालसँगै एक घण्टा पैदल हिँडेपछि धनलक्ष्मी छहरा पुगिन्छ । यी सबै संरचना राम सीतासँग जोडिने स्थानीय बताउँछन् । माडीकै वडा नं. १ मा अवस्थित वाल्मीकि आश्रम पनि राम-सीतासँग जोडिन्छ । रामले सीतालाई सो आश्रममा छाडेको र लव-कुशको जन्म तथा शिक्षा लिएको ठाउँको रुपमा वाल्मीकि आश्रमलाई लिइन्छ । यो आश्रम अयोध्यापुरीबाट करिब ५० किलोमिटर पश्चिमतर्फ पर्छ ।

प्रधानमन्त्रीको भनाइपछि स्थानीयहरू उत्साहित भएका छन् । लकडाउनको समय भए पनि कतिपय धार्मिक गुरु र इतिहासका प्राध्यापक तथा विद्यार्थी अयोध्यापुरीको अवलोकन गर्न आउने गरेका छन् । नगर प्रमुख ढकालका अनुसार स्थानीयले माडी नगरपालिकाको नाम परिवर्तन गरी अयोध्या नगरपालिका राख्न अनुरोध गरेका छन् । – रासस

सम्बन्धित समाचार

नेकपा सचिवालय बैठक : विवाह भएको ७ वर्ष पूरा गरेपछि मात्रै अंगीकृत नागरिकता

काठमाडौं, ६ असार-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नागरिकता विधेयकका बारेमा छलफल गरेको छ । शनिबार बिहान बसेको पार्टीको सचिवालय बैठकले नागरिकता विधेयकबारे छलफल गर्दै ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने निष्कर्ष...

काेराेना उपचारपछि घर फर्किएका युवक पुनः अस्पताल भर्ना

जनकपुर, २१ वैशाख-साता दिनअघि कोरोना संक्रमण मुक्त भएको भन्दै घर फर्काएका रौतहटको इशनाथ नगरपालिकाका १९ वर्षीय युवक पुनः नारायणी अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले रौतहटका युवकमा थप...

विराटनगर उच्च अदालत अगाडी इटा उद्योगीमाथि खुकुरी प्रहारमा संलग्न दुई जना पक्राउ

विराटनगर, ११ असोज । आइतबार दिउँसो विराटनगरस्थित उच्च अदालत अगाडी इटा उद्योगीमापथ खुकुरी प्रहारमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका वडा नं.–९ बस्ने बर्ष ३० वर्षीय कलाम...

विराटनगरमा असोज पहिलो सातादेखि विद्यालय सञ्चालनको तयारी

विराटनगर, २७ भदौ । विराटनगर महानगरपालिकाले असोज पहिलो साताबाट विद्यालय सञ्चालन गर्नसक्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले असोज महिनाको प्रारम्भबाट कक्षा ४ भन्दा माथि आलोपालो प्रणालीमा विद्यालय आंक्षिक रुपमा...

नेकपा मोरङद्धारा सुरक्षाकर्मीलाई सुरक्षा सामाग्री हस्तान्तरण

विराटनगर, बैशाख ५–नेपाल कम्युनिष्ट पार्टी(नेकप) मोरङले सुरक्षाकर्मीका लागि व्यक्तीगत सुरक्षा सामाग्री ( पीपीई) सहयोग गरेको छ । शुक्रबार मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल मार्फत सुरक्षाकर्मीका लागि १ सय थान पीपीई हस्तान्तरण गरेको हो ।...

सामाजिक विकास मन्त्रालयले एक दर्जनबढी श्रष्टालाई सम्मान गर्ने

विराटनगर, असार २६–प्रदेश १ को सामाजिक विकास मन्त्रालयले एक दर्जन बढी श्रष्टाहरुलाई सम्मानित गर्ने भएको छ । बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित हुने...

लुम्बिनीमा प्रदेश सभा सदस्यहरु बन्धक

काठमाडौं, साउन २६ । अरुलाई लोकतन्त्र र संसदीय व्यवस्थाको पाठ सिकाउने नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा सांसद् पदकै उपहास गरेको छ । माओवादी, जसपा र जनमोर्चासँग मिलेर कांग्रेसले आफ्नै सांसद्लाई रिसोर्टमा बन्धक बनाएर राखेको छ । शंकर...

कक्षा १२ को परीक्षामा मेरील्याण्डको फेरी पनि सर्वोत्कृष्ट नतिजा, ५६ जना विद्यार्थीले ल्याए ‘ए’ प्लस

विराटनगर । व्यवस्थापन शिक्षामा राष्ट्रिय पहिचान बनाएर देशभरीमै सधै टप १० मा पर्दै आएको विराटनगरस्थित मेरील्याण्ड कलेजले कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा लिएको परीक्षामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्