मौद्रिक नीति सार्वजनिक गरिँदै

 न्यूज विराट
मौद्रिक नीति सार्वजनिक गरिँदै

काठमाडाैं, २ साउन-नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षकाे मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । दिउँसो २ देखि ३ बजेकाे बीचमा नेपाल न्युज नेटवर्ककाे प्रत्यक्ष प्रसारणमार्फत मौद्रिक नीति सार्वजनिक गरिने डेपुटी गभर्नर चिन्तामणि शिवाकाेटीले शिलापत्रलाई जानकारी दिए ।

‘काेभिड-१९ महामारीका कारण यसपटक नेपाल राष्ट्र बैंकबाट टिभीमार्फत माैद्रिक नीति सार्वजनिक गरिँदै छ’, शिवाकाेटीले भने, ‘दिउँसाे २ देखि ३ बजेकाे बीचमा नेपाल न्युज नेटवर्क, नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुन्छ । यसपटक पत्रकारकाे भाैतिक उपस्थिति नहुने गरी माैद्रिक नीति सार्वजनिक गर्न लागिएकाे हाे ।’

काेराेना भाइरस (कोभिड-१९) काे महामारीबाट प्रभावित उद्योग व्यवसायलाई लयमा फर्काउने गरी केन्द्रीय बैंकले माैद्रिक नीति तयार गरेकाे बताइएकाे छ । स्राेतका अनुसार राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई थप प्रभावकारी पार्ने नीति लिएकाे छ । मर्जर तथा प्राप्ति वित्तीय सुदृढीकरणकाे मुख्य उपायका रूपमा रहँदै आएको छ ।

केन्द्रीय बैंकले मुद्रा आपूर्तिको व्यवस्था कायम गर्न बनाउने विधि नै मौद्रिक नीति हाे । सामान्यता बजेटपछि राष्ट्र बैंकले माैद्रिक नीति सार्वजनिक गर्छ । सरकारले आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट सार्वजनिक गर्छ भने बजेटले तय गरेको आय–व्ययको सन्तुलन मिलाउन राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गर्ने गरेकाे छ ।

सम्बन्धित समाचार

मध्य रातमा प्रहरीको हतियार लुट्ने ६ जना मोरङबाट पक्राउ

विराटनगर । सुनसरीको बर्जूमा डियुटिमा खटिएको सादा पोषकको दुई जना प्रहरीको हतियार लुट्ने गिरोहका मुख्य नाइकेसहित ६ जना पक्राउ परेका छन् । शुक्रवार साढे १२ बजे डियुटिमा खटिएको प्रहरीको चाइनिज पेस्तोल लुट्ने लुटेरा समूहका मुख्य...

आज नेकपाको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, १३ साउन-पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टीमा देखिएका विवाद समाधानका लागि आज पनि स्थायी कमिटी बैठक बस्न लागेको हो । नेकपामा देखिएको आन्तरिक...

विराटनगरमा आत्मरक्षा तालिम, ७ जिल्लाका खेलाडीहरूको सहभागि

विराटनगर । ‘प्रथम कोशी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम’ शनिबार विराटनगरमा सम्पन्न भएको छ । कोसी प्रदेश आईटीएफ तेक्वान्दो संघले विराटनगरस्थित कर्भड हल आयोजना गरेको आत्मरक्षा प्रदेशका ७ जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो...

मदन भण्डारी फाउण्डेशनद्वारा कोरोना कोषमा ५ लाख सहयोग

काठमाडौं, १४ असार-मदन भण्डारी फाउन्डेशनले नेपाल सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती अवसरमा फाउन्डेशनले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको ‘जनताको...

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा १ सय ५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको कांग्रेसले...

मोरङमा नयाँ आएका एसपीले हटाए ‘घुमुवा’, पाँच जना सादा पोषाकका प्रहरीको सरूवा

विराटनगर । मोरङ प्रहरी प्रमुख भएर आएका नयाँ एसपी नवराज कार्कीले सादा पोषाकमा परिचालन हुने घुमुवा प्रहरी हटाएका छन् । सूचना संकलनका लागि भनेर यसअघि परिचालन भएको पाँच जना सादा पोशकका प्रहरीलाई फिर्ता बोलाएर उनीहरुको...

प्रधानमन्त्रीका सल्लाहकारले भने– हामी अब ०७५ जेठ २ को अवस्थामा फर्केका छौँ

प्रधानमन्त्री केपी शर्मा ओलीका विदेशमामिला सल्लाहकार डा. राजन भट्टराईले सर्वोच्च अदालतको फैसलाले पार्टी पुरानै अवस्थामा फर्किएको बताएका छन् । नेकपा नामसम्बन्धी विवादको टुंगो लगाउँदै ऋषिराम कट्टेलको पार्टीलाई मान्यता दिएपछि ट्वीट गर्दै उनले पार्टी एकताअघिको अवस्थामा फर्किएको...

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं, २५ जेठ-जनता समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ । जनता समाजवादी पार्टी १३९२ नम्बरमा आइतबार साँझ आयोगमा दर्ता भएको हो । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भई बनेको पार्टी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्