काठमाडौं, १ साउन-सरकारले सञ्चारमाध्यमको नवीरण शूल्कमा छुट दिने निर्णय गरेको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारीमा समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले सञ्चारमाध्यमको नवीरण शूल्कमा छुट दिने निर्णय पनि भएको बताए । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन् ।
कोभिड—१९ का कारण समस्यामा परेका सञ्चारमाध्यमलाई सहुलियत दिन सरकारले यस्तो निर्णय गरेको उनले बताए । राष्ट्रिय प्रसारण नियमावली २०७७, रेडियो सञ्चार नियमावली २०७७ र चलचित्र नियमावली २०७७ संसोधन गरी सञ्चार माध्यमलाई लिइने नवीकरण शुल्क छुट दिने निर्णय सरकारले गरेको हो ।