पूर्वअर्थमन्त्री डा. रामशरण महत संयोजक रहेको अर्थतन्त्र केन्द्रित विशेष समितिले आर्थिक पुनरुत्थानलगायतका उद्देश्य पूर्ति गर्नेगरी मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई सुझाएको हो ।
काङ्ग्रेसले दीर्घकालीन आर्थिक वृद्धि, वित्तीय सुधार, भुक्तानी सन्तुलन र नियमन र सुपरीवेक्षण क्षमता वृद्धि गर्नेगरी मौदिक नीति ल्याउन समितिले आग्रह गरेको हो ।
संयोजक महतले अहिले विस्तारकारी मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताए । उनले पुनर्कर्जा २ खर्बभन्दा माथि पुर्याउन आग्रह गरे । ब्याजदर घटाउन आवश्यक रहेको पनि काङ्ग्रेसले जनाएको छ ।
सरकारले २ खर्ब ५ अर्ब बढीको आन्तरिक ऋण उठाउने लक्ष्य राखेकोमा निजीक्षेत्रमा जाने ऋणका लागि सहजीकरण गर्नुपर्ने उनले बताए । गैरआवसीय नेपालीलाई डिपोजिट बढाउने गरी योजना ल्याउन आवश्यक रहेको उल्लेख गरिएको छ । फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर प्राप्ति नभएको ब्याजमा कर तिर्नुपर्ने बाध्यतामा सुधार ल्याउन आवश्यक रहेको काङ्ग्रेसले औँल्याएको छ ।