मेयरका छोरा ५ लाख घूस रकमसहित पक्राउ

 न्यूज विराट
मेयरका छोरा ५ लाख घूस रकमसहित पक्राउ

जनकपुर, १ साउन-सिरहाको कल्याणपुर नगरपालिकाको मेयर सूर्यनाथ मण्डलको छोरा सन्त मण्डलले ५ लाख रुपैयाँ घूस रकमसहित पक्राउ परेका छन् । मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासको टोलीले लहान नगरपालिका २२ स्थित एक निर्माणधीन पेट्रोल पम्पबाट पक्राउ गरेको हो । 

मण्डलसँगै आएका उनका साथी जितेन्द्र महतोलाई पनि अख्तियारको टोलीले पक्राउ गरेको छ । अख्तियारको बर्दिबासस्थित कार्यालयका सूचना अधिकारी मणिराज ज्ञवालीका अनुसार अख्तियारको टोलीले दुवै जनालाई योजना डीपीआर गरेको भुक्तानी विषयमा सेवाग्रहीसँग घूस लिँदालिँदै समातिएका छन् ।

लहानमा सेवाग्राहीसँग कमिसनबापत नगद ५ लाख रुपैयाँ बुझेर कल्याणपुर फर्किने क्रममा लहान नगरपालिका–२२, राजदेवी चोकबाट उनीहरूलाई रकमसहित नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

कल्याणपुर नगरपालिका क्षेत्रमा आरसीसी ढलान सडकको डीपीआर तयार गर्दा छुट्याइएको बजेटमध्ये डीपीआर बनाउने फर्मसँग कमिसनबापतको रकम बुझेर फर्किंदै गर्दा उनीहरू पक्राउ परेका हुन् ।

डीपीआर बनाउन कुन फर्म संलग्न थियो र कुन सडकको आरसीसी ढलानको डीपीआर हो भन्ने खुलेको छैन । घूस रकमसहित पक्राउ गरिएका दुवै जनालाई आयोगको बर्दिबासस्थित कार्यालय लगिएको छ ।

करिब २ वर्ष पहिले पनि कल्याणपुर नगरका प्रमुख प्रशासकीय अधिकृत वासुदेव यादव र लेखापाल जयराम चौधरीलाई अख्तियारले २० हजार रुपैयाँसहित नगरपालिका कार्यालयबाटै नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित समाचार

परदेशी – २ को प्रमोशनमा अभिनेता प्रकाश र अभिनेत्री वर्षा मेरिल्याण्डमा

विराटनगर । विराटनगर –७ स्थित मेरिल्याण्ड कलेजमा नेपाली कथानक चलचित्र परदेशी –२ चलचित्रका कलाकारहरू आइपुगेका छन् । यही शुक्रबारदेखि प्रदर्शनमा आउने परदेशी – २ चलचित्रको प्रचार प्रसाद गर्दै देश दौडाहमा हिडेका अभिनेता प्रकाश सपुत, अभिनेत्री...

प्रदेश १ मा बिहिबार ६६ कोरोना संक्रमित थपिए, १८ डिस्चार्ज

विराटनगर, २२ साउन–प्रदेश १ मा बिहिबार ६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २४, सुनसरीमा १९, इलाममा १५, झापामा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ११ पुरुष...

धान खेतमा गवारो र डडुवा रोग

विराटनगर, ८ भदा–खेतमा लगाएका धानबालीमा गवारो लागेपछि किसान चिन्तित बनेका छन् । गवारोका कारण पोटा लाग्ने धानको गुवो काट्न थालेपछि किसान चिन्तित बनेका हुन् । धेरै मेहनत र लागत लगाएर किसानले लगाएको धानबालीमा गुवो काटिएको...

चीनबाट उद्धार गरिएका १ सय ७५ जना कोरोनामुक्त, आजै घर पठाइने

काठमाडौं, फागुन १९–सरकारले चीनबाट उद्धार गरी ल्याएका १ सय ७५ जनामा कोरोना भाइरस नदेखिएको अधिकारीहरूले बताएका छन् । प्रयोगशाला परीक्षणमा कोरोना भाइरसको संक्रमण नदेखिएपछि खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका उनीहरूलाई आजै घर पठाउन लागिएको स्वास्थ्य तथा जनसंख्या...

प्रदेश २ मा पत्रकारसहित थप ४७ जनामा कोरोना संक्रमण

वीरगञ्ज, ३२ साउन-प्रदेश-२ मा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा पत्रकारसहित ४७ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा ३७ पुरुष र १० जना महिला...

कोशी प्रदेश : विश्वासको मत फेल गराउने गठबन्धन दलको निर्णाय

विराटनगर । कोशी प्रदेशसभाको अधिवेशन आव्हान भएलगत्तै विपक्षी चार दलीय गठबन्धनले नयाँ सरकार गठनको कसरत सुरु गरेका छन् ।नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीको बैठक काठमाडौंमा बसेको छ...

४ जनालाई कोरोना देखिएपछि जगदम्बा इन्टरप्राइजेजमा सिल

पर्सा, १३ साउन-जिल्ला प्रशासन कार्यालय पर्साको जगदम्बा इन्टरप्राइजेजमा सिल गरेको छ । प्रमुख कार्यकारी अधिकृतसहित ४ जना कर्मचारीलाई कोरोना देखिएपछि सिल गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । सहाहयक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका...

एक्ली नारी, मेयरलाई भारी

विराटनगर । एक्ली निमुखा नारी इन्दिरा चापागाईं विराटनगर महानगरका मेयर नागेश कोइरालालाई भारी परेकी छन् । बरगाछीस्थित गोग्राहा कलेजलाई महानगरले बजेट उपलब्ध गराउन हुँदैन भन्दै तीन महिनादेखि मूलगेटमा बाहिर शान्तपूर्वक धर्ना बस्दै आएकी ५२ बर्षिया इन्दिरालाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्