जनकपुरधाम उपमहानगरपालिकाका मेयरविरुद्ध सर्वोच्चमा मुद्दा दायर

 न्यूज विराट
जनकपुरधाम उपमहानगरपालिकाका मेयरविरुद्ध सर्वोच्चमा मुद्दा दायर

जनकपुरधाम, १ साउन-जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका-७ का वडाध्यक्ष जानकीराम साह, वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साह र वडा नम्बर ७ का सदस्य नाजिर हुसैनले नगरसभा खारेजीको माग गर्दै मेयर साहविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् ।

रिटमा मेयर शाह र जनकपुरधाम उपमहानगरपालिका कार्यालयलाई विपक्षी बनाइएको छ । २ सातअघि कानुनविपरित भएको नगरसभा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा आफूहरूले बुधबार रिट दायर गरेको वडा नम्बर ९ का वडाध्यक्ष परमेश्वर साहले जानकारी दिए ।विरोधमा रहेको बेला मेयर साहले अवैधानिक तरिकाले लुकिछिपी नगरसभा गरेको वडाध्यक्ष र सदस्यहरूको दाबी छ ।

‘बहुमत वडाध्यक्ष तथा वडा सदस्यहरू विरोध गर्दै धर्नामा बसेका थियौँ, नगरसभा गर्न मेयर साहसँगको वार्तामा सहमति हुन नसकेपछि हामी राति १० बजे बाहिरिएका थियौँ,’ वडाध्यक्ष परमेश्वर साह भन्छन्, ‘वार्तामा सहमति नभएपछि सबैजना गइसकेपछि नगरसभा कसरी भयो ?’

मेयरले फर्जी हस्ताक्षर गर्न लगाएर नगरसभा सम्पन्न भएको असन्तुष्ट वडाध्यक्षहरूको भनाइ छ । आफूहरूले उपमहानगरपालिकाको हरहिसाब पारदर्शी गर्न र कानुनी राज्यको पालना गराउन पटकपटक आग्रह गर्दासमेत मेयरले नटरेको उनको भनाइ छ ।

संख्या पुगेको दाबी गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहले नगरपालिकाको बजेट पास गरेका थिए ।

वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले उपमहानगरभित्र हुकुमी शासन लाद्न खोजेको आरोप लगाएका छन् । आयव्ययको विवरणसमेत सार्वजनिक नगरेर तानाशाही हिसाबले भएको नगरसभा रद्द गर्न आफूहरूले सर्वोच्चमा रिट दायर गरेको उनले बताए ।

‘हामीले चालू आर्थिक वर्षको खर्च विवरण देखाउन र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यपालिकामा छलफल गर्न भनेका थियौँ,’ वडाध्यक्ष साह भन्छन्, ‘तर उहाँले एकैपटक नगरसभामै वितरण हुन्छ भनेपछि हामीले विरोध गरेका हौँ ।’

वडाध्यक्ष तथा सदस्य विरोधमा रहे पनि मेयर साहले असार १० गते राति नगरसभा गरेको उनीहरूले बताएका छन् । नगरसभामा १० देखि १५ जनाको फर्जी हस्ताक्षर रहेको उनीहरूको दाबी छ । रिटउपर सुनवाइ गर्न सर्वोच्चले ५ साउनमा पेशी तोकेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को लागि उपमहानगरपालिले १ अर्ब ६५ करोड २५ लाख ७१ हजार ९ सय २५ रुपैयाँको बजेट नगरसभामा प्रस्तुत गरिएको थियो । जसमा चालूतर्फ १ अर्ब ८ करोड ११ लाख ८६ हजार ५ सय ५० र पुजिगततर्फ ५७ करोड १३ लाख ८५ हजार ३ सय ७५ रुपैयाँ विनियोजन गरेको छ । बजेटमा स्वास्थ्य र पूर्वाधार निर्माण कार्यलाई प्राथमिकता दिइएको छ ।

बजेट व्यवस्थापनका श्रोतहरूमा आन्तरिक श्रोतबाट २० करोड ४४ लाख, केन्द्रिय सशर्त अनुदानबाट ५२ करोड ८५ लाख, वित्तिय समानिकरणतर्फ ३३ करोड ४४ लाख तथा प्रदेश अनुदानतर्फ ५ करोड २९ लाख ५९ हजार ६ सय ९० रहेको छ ।

सम्बन्धित समाचार

राष्ट्रसंघका अधिकारी कारमै यौन सम्बन्धमा मस्त, भिडियो बन्यो भाइरल

एजेन्सी, असार १३-इजरायलमा तैनाथ रहेका संयुक्त राष्ट्रसंघका एक अधिकारीले कारमा नै यौन सम्बन्धराखेको भिडियो भाइरल बनेको छ । यो भिडियो बाहिर आएपछि संयुक्त राष्ट्रसंघले ती अधिकारीमाथि कडा कारबाही गर्ने विश्वास दिलाइको छ । साथै राष्ट्रसंघले...

कोरोना संक्रमणको जोखिम बढेपछि जनकपुरधाममा निषेधाज्ञा

जनकपुरधाम, १८ साउन-कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सोमबार रातिदेखि लागू हुने गरी जनकपुरधाम उपमहानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।  आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी जनकपुरधाममा १ सातासम्मका लागि निषेधाज्ञा...

यामाहाले ल्यायो रे जेडआर १२५ हाइब्रिड स्कुटर विराटनगरको बजारमा

विराटनगर । रे जेडआर १२५ हाइब्रिड, स्मार्ट मोटर जेनेरेटरसहितको हाइब्रिड स्कुटर विराटनगरको बजारमा आएको छ ।यामाहा नेपालका विराटनगरको लागि आधिकारीक विक्रेता तिरुपति अटो प्यालेस प्रालिले विराटनगरमा मंगलबार एक कार्यक्रम आयोजना गरी रे जेडआर १२५ हाइब्रिडस्कुटर...

न्यूरो र अटलको सहकार्यमा विराटनगरमा सुविधा सम्पन्न सिटी क्लिनीक संचालन

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल तथा अटल क्लिनीकको साझा प्रयासमा सिटी क्लिनीक संचालनमा आएको छ । विराटनगर – ९ जलजलारोडमा शुक्रबारदेखि सिटी क्लिनीक संचालनमा आएको हो । उक्त क्लिनीकको उद्घाटन विराटनगर महानगरपालिकाकी...

बालश्रममा प्रयोग गरिएका ५ बालकको उद्धार

विराटनगर, माघ १७–विराटनगरबाट नियमविपरीत बालश्रममा प्रयोग गरिएका ५ जना बालकलाई शुक्रबार उद्धार गरिएको छ । विराटनगर महानगरपालिकाको नेतृत्वमा निस्किएको सरोकारवालाको टोलीले नगरक्षेत्रका विभिन्न होटलहरूबाट ती बालकलाई उद्धार गरेको हो । सो क्रममा नगरक्षेत्रको वडा नम्बर...

आजदेखि आपूर्ति व्यवस्थापनका लागि नयाँ पासको व्यवस्था

काठमाडौं, ४ जेठ-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आजदेखि आपूर्ति व्यवस्थापनका लागि सवारी पासकाे व्यवस्था गर्ने भएकाे छ । यसअघि दिइएको सबै पास रद्द भएपछि शनिबार आपूर्ति व्यवस्थापन सवारी पास जारी गर्ने मापदण्ड बनाएर विभागमा...

नयाँ नक्साप्रति भारतको प्रतिक्रियाः यो कदम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन

काठमाडौं, ७ जेठ-लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि भारतले प्रतिक्रिया जनाएको छ । आज नेपालले आधिकारीकरूपमा नक्सा जारी गरेसँगै भारतले औपचारिक प्रतिक्रिया जनाएको हो ।  भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग...

थप ११२८ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं, २८ माघ । नेपालमा थप १ हजार १ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ९८९ जनाको नमूना परीक्षण गर्दा थप १ हजार १ सय २८...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्