विराटनगरबाट एक सडक आश्रितको उद्धार

 न्यूज विराट
विराटनगरबाट एक सडक आश्रितको उद्धार

विराटनगर, २८ असार–विराटनगरबाट एक जना सडक आश्रित व्यक्तिलाई आज उद्धार गरिएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायतले विराटनगर मुनालपथ क्षेत्रबाट ती व्यक्तिको उद्धार गरेका हुन्।

विराटनगर महेन्द्रचौक देखि एयरपोर्ट सम्म हिँडिरहने करिव ५१ वर्षीय पुरुषलाई उद्धार गरिएको हो । स्थानीयका अनुसार उद्धार गरिएका व्यक्ति करिव १० वर्षदेखि सडक आश्रित छन् । उनको सडकबाट उद्धार गर्दै सामाजिक विकास मन्त्री घिमिरेले सहयोगापेक्षी, सडकआश्रित मानवहरुको उद्धार गरि सडक मानवमुक्त बनाउने प्रदेश १ सरकारको अभियान रहेको बताए । ‘सडकमा सहयोगापेक्षी, सडकआश्रित मानवहरु देखिने छैनन ।’ उनले भने,‘अब पहिलेको तुलनामा वेसहारा, अशक्त, असाहय, अनाथ र अभिभावक विहिन सडक आश्रित मानवहरु सडकमा कम हुँदै गएको छ ।’

सडकबाट उद्धार गरिएकाहरुको औषधोपचार, पालनपोषण, पारिवारिक पुर्नमिलनको काम मानव सेवा आश्रमले गर्दै आएको छ । मानव सेवा आश्रम प्रदेश १ ले सडक आश्रित ५० जना व्यक्तिहरुको उद्धार गरिसकेको जनाएको छ ।

सामाजिक विकास मन्त्रालय, स्थानीय तहहरुसँगको सहकार्यमा सडकबाट उद्धार गरि मानव सेवा आश्रममा ल्याईने गरिएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले बताए ।

सहयोगापेक्षी, सडकआश्रित मानवहरुका लागि प्रदेश १ सरकारले मानव सेवा ग्राम निर्माणको पनि तयारी शुरु गरेको छ । मोरङको ग्रामथान ७ मा १० विगााह १४ कठ्ठा क्षेत्रफलमा मानव सेवा ग्राम निर्माणका लागि प्रदेश सरकारले तयारी शुरु गरेको जनाइएको छ ।

सम्बन्धित समाचार

गोरखा अस्पतालबाट ८ जना कोरोना जितेर घर फर्किए

गोरखा अस्पतालमा उपचाररत ८ जना कोरोना जितेर घर फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूले जिल्ला अस्पताल गोरखाको आइसोलेसन वार्डमा उपचार गराइरहेका थिए । पछिल्लो पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरी घर पठाइएको...

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं,   ९ भदौ-मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको...

प्रहरी हवल्दार गुणराज अधिकारी सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार गुणराज अधिकारीलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले अधिकारीलाई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना...

विपन्न परिवारलाई राहत वितरण गर्दै राष्ट्रिय दलित पत्रकार संघले मनायो भेदभाव उन्मुलन दिवस

विराटनगर, जेठ २१–राष्ट्रिय दलित पत्रकार संघ मोरङले विपन्न दलित परिवारलाई राहत वितरण गर्दै जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाएको छ । पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का सांसद शिवकुमार मण्डलको सहयोग र परिवर्तनका...

महोत्तरीमा अज्ञात रोगको प्रकोपः थप १ जनाको मृत्यु

जनकपुर, २१ वैशाख-महोत्तरीमा अज्ञात रोगबाट ज्यान गुमानेको संख्या १२ पुगेको छ । जिल्लाको भंगाहा नगरपालिका–७ स्थित रुपनारायण सिंह दनुवारको आज बिहान मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ पुगेको हो । उनी बिहानसम्म बिरामी थिएनन् ।...

अमेरिकामा बेरोजगार भत्ताका लागि ३ करोड ६० लाखले भरे फाराम

एजेन्सी, जेठ १-अमेरिकामा कोरोना भाइरसका कारण बेरोजगार हुनुपरेको भन्दै ३ करोड ६० लाख बढीले बेरोजगार भत्ताका लागि फाराम भरेका छन् । यति धेरै मानिसले फाराम भरेको यो पछिल्लो २ महिनामा भएको जनाइएको छ । उनीहरूमध्ये...

पैसा बाँड्ने क्रममा भागदौड हुँदा ३ जनाको मृत्यु

एजेन्सी, जेठ ९-श्रीलंकाको राजधानी कोलम्बोमा पैसा बाँड्ने क्रममा भएको भागदौडमा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । एक व्यापारीले आफ्नो गोदाममा बोलाएर कोरोना भाइरसका कारण संकटको सामना गरिरहेकाहरुलाई पैसा बाँडेका...

विराट एक्स्पोमा छुट्टै स्टार्टअप पेभिलियन

विराटनगर । विराटनगरमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा एक्स्पोमा छुट्टै स्टार्टअप पेभिलियन राखिने भएको छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ गतेदेखि पुस ६ सम्म सञ्चालन हुने विराट एक्स्पोमा युवाहरूका लागि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्