संक्रमितको संख्या घट्दै, शनिबार ७० जनामा कोरोना पुष्टि

 न्यूज विराट
संक्रमितको संख्या घट्दै, शनिबार ७० जनामा कोरोना पुष्टि

काठमाडौं, २७ असार-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । शुक्रबार १ सय १८ जना नयाँ कोरोना संक्रमित थपिएका थिए ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार ७० जना कोरोना संक्रमित भेटिएको पुष्टि गरेका हुन् । उनका अनुसार  सक्रिय संक्रमितको संख्या ८ हजार २३९ रहेको छ । नेपालमा कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा थप ४३१ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म ८ हजार ४४२ जना संक्रमणमुक्त भएको उनले बताए । कूल संक्रमितमध्ये ५०.५ प्रतिशत निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घण्टाको अवधिमा ३ हजार ६४८ जनाको पीसीआर विधिबाट कोरोना भाइरस परीक्षण भएको छ । क्वारेन्टाइनमा रहेनको संख्या २४ हजार ९७ जना रहेको छ भने ८ हजार २३९ जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा चोरी गरेर लैजाँदै गरेको ‘स्कुटी’ सहित एक जना पक्राउ

विराटनगर, १ पुस । विराटगरमा पार्किङ गरेर राखेको स्कुटी चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का २२ वर्षीय गणेश कुमार राम रहेका छन् । बुधबार राति साढे सात...

फागुन १५ देखि जनतासँग माओवादी अभियान, तीन जिल्लाबाट अन्य पार्टीका ५ हजार कार्यकर्ता भित्र्याउने

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ ।कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न...

शव ल्याउन श्री एयरलाइन्सको विमान ट्युनेशियातर्फ

काठमाडौं, ८ वैशाख-निजी क्षेत्रको श्री एयर लाइन्स टियनेशियाको लागि चार्टर उडान गरेको छ । नेपाल आर्मी र युनाइटेड नेशनले चार्टर गरेको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार बिहान ६ बजे उडान गरेको एयर शुक्रबार...

इन्डो नेपाल क्रिकेट प्रतियोगिताको दोस्रो खेल : एनबीएससीको शानदार जित

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) सेमिफाइनलमा प्रवेश गरेको छ ।मंगलबार भएको दोस्रो खेलमा भारतको सुपोल क्रिकेट क्लब (मुन) लाई ६ विकेटले हराउँदै एनबीएससी अन्तिम चारमा...

घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा निरौला, महिला उद्यम समितिमा छाराहाङ

विराटनगर, ३० मंसिर–नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा सफल युवा उद्यमी चेतन निरौला चयन भएका छन् । विराटनगरमा सोमबार सम्पन्न महासंघ मोरङको ११ औं जिल्ला अधिवेशन, २२ औँ जिल्ला सम्मेलन तथा महिला उद्यम...

‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, २४ कात्तिक-संसदीय समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न निर्देशन दिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको...

प्रदेश १ : उर्जा तथा सिँचाइका लागि तीन अर्ब १५ कारोड

विराटनगर, १ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको बजेटमा उर्जा तथा सिँचाइका लागि तीन अर्ब बढी बजेट विनियोजन गरेको छ। मंगलबार प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा...

फरुवाले हानेर ज्ञानचन्द ऋषिदेवको हत्या

विराटनगर । सुनसरीको गढी गाउँपालिका – ६ घर भएका ४७ वर्षीय रिङ व्यवसायी ज्ञानचन्द ऋषिदेवको फरुवा प्रयोग गरेर हत्या भएको खुलेको छ ।ऋषिदेवको सोमबार बिहान टाउको छुटिएको अवस्थामा शव गढी गाउँपालिका २ थलाहामा भेटिएको थियो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्