व्यवसायीले भने : यथास्थितमा सार्वजनिक यातायात चलाउँदैनौँ

 न्यूज विराट
व्यवसायीले भने : यथास्थितमा सार्वजनिक यातायात चलाउँदैनौँ

काठमाडौं, २५ असार-व्यवसायीले यथास्थितिमा सार्वजनिक यातायात चलाउन नसकिने बताएका छन् । सरकारले सामाजिक दूरी कायम गरी एकै जिल्लामा सवारी साधन चल्न दिने निर्णय गरेलगत्तै व्यवसायीले यथास्थितिमा यातायात चलाउन नसकिने बताएका हुन् ।

यातायात व्यवसायीले साविक भाडामा ५० प्रतिशत बढी भाडा लिन पाउनेछन् । तर, व्यवसायीले सरकारको एकलौटी निर्णय आएको भन्दै विरोध जनाएका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघकका उपाध्यक्ष हरिशरण केसीले भने, ‘हामीसँग छलफल नगरि सरकारले एकलौटी निर्णय गरेको छ । सवारी चलाउने स्थित छैन । खोलेपछि संक्रमितको सङ्ख्या बढ्छ अनि संकटकाल लगाउने खेल हो । महासंघको बैठक बसेर यो विषयमा आधिकारिक धारणा सार्वजनिक गछौँ ।’

यस्ता छन् माग

– लकडाउन भएको समयसम्मको किस्ता, कार्ड नवीकरणलाई जिरोमा लैजानुपर्ने ।

– कागजपत्र नवीकरण लकडाउनपश्चात् ३ महिनाभित्र  स्वतः गर्नुपर्ने ।

– लकडाउनको समयको बैंक ब्याज छुट हुनुपर्ने ।

– यो अवधिमा फेल भएका चालक अनुमतिपत्र स्वतस् नवीकरण गर्नुपर्ने ।

– सवारीसाधन थन्किएको लामो समय भएकाले ब्याट्री, टायर फेर्न र सर्भिसिङ पुनस् कर्जाको व्यवस्था हुनुपर्ने ।

– ६ महिनासम्म यात्रु नहुने भएकाले अनुदान उपलब्ध गराउनुपर्ने ।

– गाडी चलाउने चालक, सहचालक र यात्रुको कोरोना बीमा हुनुपर्ने ।

– सुरक्षाका लागि मास्क, स्यानिटाइजर, पीपीई, ग्लोब्स उपलब्ध गराउनुपर्ने ।

– भाडा समायोजन हुनुपर्ने ।

सम्बन्धित समाचार

हाफ म्याराथुनको उपाधि सरोज र अंशुलाई

विराटनगर । मदन भण्डारी माध्यमिक विद्यालय स्तरीय खुल्ला ‘क्यापिटल हाफ म्याराथुन’ प्रतियोगिताको उपाधि सरोज सिंह र अंशु मण्डलले जितेकी छिन् ।नेपाल खेलकुद महासंघ मोरङले विराटनगरमा शनिबार आयोजना गरेको हाफ म्याराथुन प्रतियोगितामा दमक बहुमुखी क्याम्पसमा अध्ययनरत...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न वितरण

विराटनगर, २४ भदौ । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित मानव सेवा आश्रमलाई दोस्रो चरणमा पनि खाद्यान्न वितरण गरेको छ । यसअघि एक महिना अघि २३ साउनमा पनि क्लबले पहिलो चरणमा...

सत्तारुढ गठबन्धन र जसपालाई  एक्लै चुनौती दिने को हुन् ‘जोगी’ ?

विराटनगर । जीवन विकास संस्थाका संस्थापक अध्यक्ष योगेन्द्र मण्डल ‘जोगी’ मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यीय पदमा उम्मेदवारी दिएर अहिले चुनावी अभियानमा होमिएका छन् । उनले स्वतन्त्रबाट...

‘राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न सहकार्य आवश्यक’

विराटनगर । राजस्व चुहावट, अवैध तस्करीजस्ता कार्यलाई नियन्त्रण गरी वैध बाटोबाट आयात–निर्यात गर्ने कार्यलाई प्रोत्साहन गर्न सम्बद्ध सबै पक्षको सहयोग र सहकार्यको आवश्यक रहेको एक कार्यक्रममा सरोकारवालाहरूले बताएका छन् । विराटनगर भन्सार कार्यालयले ७१ औं...

सांसद अपहरणको छानविन गर्न विपक्षी ४ दलको माग

काठमाडौं, १५ वैशाख-सांसद अपहरणको विषयमा अनुसन्धान गर्न विपक्षी ४ दलले माग गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको विपक्षी दलहरूको बैठकले जनकपुरबाट सांसदलाई अपहरण गरी काठमाडौं ल्याइएको विषयमा छानविन गर्न माग गरेका हुन् ।...

नाइके परिवर्तको माग गर्दै कैदीको नाराबाजी 

काठमाडौं, ११ जेठ-डिल्लीबजार कारागारका कैदी, प्रहरी र कारागार प्रशासनवीच बार्ता चलेको छ । कारागार भित्रका कैदीहले कारागारका आन्तरिक प्रशासन हेर्ने मुख्य नाइके परिवर्तनको माग गर्दै कारागार भित्रै नाराबाजी गर्न थालेपछि वार्तामा बस्नु परेको हो ।...

मुम्बईबाट आएका रतुवामाईका एक युवामा कोरोना पुष्टि

विराटनगर, जेठ ५–भारतसँग सीमा जोडिएको मोरङको दक्षिपूर्वी रतुवामाई नगरपालिकाका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार पिसिआर परिक्षणको नतिजा अनुसार रतुवामाईका युवकमा कोरोना संक्रमण पोजेटिभ आएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा....

सांगठिनक भ्रष्टाचारको अनुसन्धानमा तानिए सेनाका उच्च तहका पदाधिकारी

काठमाडौं, १० जेठ-नेपाली सेनाले सङ्गठनभित्र विभिन्न भ्रष्टाचारका घटनामा संलग्न भएको आरोपमा उच्च तहका सैनिक अधिकृतसहितका पदाधिकारीलाई कारबाही र अनुसन्धानको दायरामा लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति कार्यान्वयनमा कडाइ गरेपछि उनीहरूलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्