५ वटा जिल्ला कोरोना फ्रि, ६ वटामा ५ सयभन्दा बढी संक्रमित

 न्यूज विराट
५ वटा जिल्ला कोरोना फ्रि, ६ वटामा ५ सयभन्दा बढी संक्रमित

काठमाडौं, २५ असार-नेपालका ५ वटा जिल्ला करोना फ्रि भएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला कोरोना फ्रि जिल्ला भएको बताए । यी जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो ।

त्यस्तै, ५ सयभन्दा बढी संक्रमित जिल्ला ६ वटा रहेको उनले बताए । महोत्तरी, रौतहट, पाल्पा, अछाम, कलाली र बाजुरामा संक्रमितको संख्या ५ सय भन्दा बढी रहेका छ । बिहीबार कोरोना भाइरस संक्रमितको संख्या घटेको छ । बिहीबार काठमाडौंसहित देशभर १०८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । बिहीबारसम्म डिस्चार्ज हुनेको संख्या ७ हजार ८९१ जना पुगेको छ ।

सम्बन्धित समाचार

लामो समय घरभित्रै थुनिनुपरेपछि अष्ट्रेलियामा लकडाउनप्रति असन्तुष्टि

काठमाडौं, ६ साउन । कोरोना महामारी रोकथामका लागि अष्ट्रेलियाको तीन शहरका एक करोड ३० लाख मानिस प्रभावित छन् । न्यू साउथ वेल्समा एक महिनादेखि, भिक्टोरियामा एक सातादेखि र साउथ अष्ट्रेलिया राज्यमा मंगलबारदेखि लकडाउन छ ।...

नेकपा स्थायी कमिटी बैठक शुक्रबारसम्म स्थगित

काठमाडौं, २४ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बिहान ११ बजे बस्ने भनिएको स्थायी समिति बैठक पनि स्थगित भएको छ । नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी...

उदयपुरबाट खोटाङ प्रवेश गर्ने झोलुङ्गे पुलमा तारजालीको बार

खोटाङ, २१ वैशाख-छिमेकी जिल्ला उदयपुरसँगको अनियन्त्रित आवतजावत रोक्न सिमानामा पर्ने कम्पुघाटस्थित सुनकोशी नदीमा सञ्चालित झोलुङ्गे पुलमा रातको समयमा ताला लगाउने व्यवस्था गरिएको छ । उदयपुरमा कोरोना भाइरसको सङ्क्रमित भेटिएसँगै त्यहाँ बसोबास गर्दै आएका खोटाङे सर्वसाधारण...

तेहरानको स्वास्थ्य क्लिनिकमा बिस्फोट, १९ जनाको मृत्यु

एजेन्सी, असार १७-इरानको राजधानी तेहरानस्थित एक स्वास्थ्य क्लिनिकमा भएको ठूलो बिस्फोटन र आगलागीका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ । इरानी आपतकालीन सेवाका अनुसार मृत्यु हुनेहरुमा १५ जना पुरुष र ४ जना महिला रहेका...

संघीय संसदका प्रवक्ता पाण्डे कोरोना संक्रमणमुक्त

काठमाडाैं, २९ साउन-संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता डा. रोजनाथ पाण्डे कोरोना भाइरस (काेभिड-१९) संक्रमणमुक्त भएका छन् । उनलाई २२ साउनमा कोरोना संक्रमण पुष्टि भएकाे थियाे । पछिल्लाे परीक्षणमा आफ्नो रिपाेर्ट नेगेटिभ आएको उनले बताए...

दोस्रो खेलमा विराटसँग पूर्वाञ्चल पराजित

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगिताकोआज भएको दोस्रो खेलमा विराट स्पोर्टिङले पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ७ विकेटले पराजित भएको छ । पूर्वाञ्चलले दिएको ७६ रनको लक्ष्य विराटले ८.१ ओभरमा ३ विकेट गुमाउँदै...

प्रदेश १ मा समुदायस्तरमा कोरोना परीक्षण गरिने

विराटनगर, ३१ असार-प्रदेश १ मा समुदायस्तरमा पनि कोरोना परीक्षण गरिने भएको छ । प्रदेश १ मा कोरोना संक्रमण क्वारेन्टाइनमा बसेका मात्रको परीक्षण गरिएकोमा अब समुदायमा संक्रमण भएनभएको परीक्षण गर्न लागिउको हो । प्रदेश सरकारले नमुनाका...

शनिबार कोरोना पुष्टि भएका दुवै नेपाली सेना

काठमाडौं, ३ जेठ-निबार स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित भने पुष्टि गरेका २ जना नेपाली सेनामा कार्यरत रहेको खुलेको छ । उनीहरू १ जना महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक हुन् । उनीहरू मध्यपूर्वी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्