अमेरिकामा एकैदिन थपिए ६२ हजार कोरोना संक्रमित

 न्यूज विराट
अमेरिकामा एकैदिन थपिए ६२ हजार कोरोना संक्रमित

एजेन्सी, असार २५-संयुक्त राज्य अमेरिकामा २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । वल्डोमीटरका अनुसार त्यहाँ गत २४ घण्टामा अहिलेसम्मकै बढी ६१ हजार ८ सय संक्रमित थपिएका हुन् । योसँगै अमेरिकामा संक्रमितको संख्या ३१ लाख ५८ हजार नाघेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा त्यहाँ ८ सय ९० कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसहित अमेरिकामा यो भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ३४ हजार ८ सय ६२ पुगेको छ ।

त्यहाँ कोरोना जितेर घर फर्कंनेको संख्या पनि बढ्दै गएको छ । हालसम्म अमेरिकामा १३ लाख ९२ हजार ६ सय संक्रमित उपचारपछि निको भएका छन् । अहिले त्यहाँ १६ लाख ३१ हजार संक्रमितको उपचार जारी छ । जसमध्ये १५ हजार ४ सय संक्रमितको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै, गत २४ घण्टामा ब्राजिलमा साढे ४१ हजार नयाँ संक्रमित थपिँदा १ हजार १ सय ८७ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १७ लाख १६ हजार नाघेको छ । जसमध्ये ६८ हजारको मृत्यु हुँदा ११ लाख १८ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टामा साढे २५ हजार नयाँ संक्रमित भेटिएका छन् । योसँगै त्यहाँ कूल संक्रमितको संख्या ७ लाख ६९ हजार पुगेको छ । जसमध्ये २१ हजार १४४ जनाको मृत्यु हुँदा ४ लाख ७६ हजार संक्रमित निको भएका छन् ।

बिहीबार बिहानसम्म विश्वभर संक्रमितको संख्या १ करोड २१ लाख ६४ हजार नाघेको छ । जसमध्ये ७० लाख ३० हजार निको हुँदा ५ लाख ५२ हजारले ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार

स्वयम्भुमा गाेली चलाएर सैनिकद्वारा आत्महत्या

काठमाडौं, ३० जेठ-स्वयम्भुको छाउनीस्थित वीरेन्द्र अस्पतालमा गोली चलाएर १ जना सैनिकले आत्महत्या गरेका छन् । उनले गएराती पौने १२ बजे ड्युटीमा बसेको बेला नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्टले आफैलाई गोली प्रहार गरेर आत्महत्या गरेका हुन्...

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त

काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश...

नेपाल स्काउट विराटनगर महानगर तदर्थ समितिद्वारा खाद्यान्न वितरण

विराटनगर, ६ असार । ७० औँ स्थापना दिवसको अवसर पारेर नेपाल स्काउट विराटनगर महानगर तदर्थ समितिले विभिन्न वडामा खाद्यान्न वितरण गरेको छ । स्थापना दिवसको अवसरमा पहिलो, दोस्रो र तेस्रो दिन विराटनगरको वडा न.१,२,३,४,५,६,७,८,९, १०...

ट्राफिक प्रमुख आफैं सडकमा : विराटनगरमा मनपरी भाडादर नियन्त्रण अभियान

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले शनिबार विराटनगर महानगरपालिकामा सार्वजनिक यातायात साधनहरूले लिइरहेको भाडादरको अनुगमन गरेको छ। लोकसेवा आयोगको परीक्षामा सहभागी हुन आउने विद्यार्थीहरूबाट सिटी सफारी लगायतका सार्वजनिक सवारी साधनहरूले मनपरी भाडा लिइरहेको गुनासो...

प्रहरीलाई कारबाहीको माग राख्दै पत्रकार आन्दोलित

जनकपुर, ३० वैशाख-पत्रकारलाई कुटपिट तथा दुर्व्यवहार गर्ने प्रहरीलाई कारबाहीको माग राख्दै आन्दोलनरत वीरगन्जका पत्रकारले आज पनि सडकमा धर्ना दिँदै प्रदर्शन गरेका छन् । दोषी प्रहरीलाई कारबाहीको माग गर्दै आन्दोलनरत नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाइमा...

राष्ट्रसेवक सहकारीको अध्यक्षमा पुन : जीवन काफ्ले

विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरको अध्यक्षतामा पुन : जीवन काफ्ले निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको सहकारीको २६ औँ बार्षिक साधारणसभाले काफ्ले निर्विरोध रुपमा दोस्रो कार्यकालको लागि अध्यक्षमा...

७१ अंकले बढेर नेप्सेले गर्‍यो नयाँ आर्थिक वर्षको स्वागत

चालु आर्थिक वर्षको पहिलो कारोबारको दिन आइतबार नेप्सेमा उछाल आएको छ । कारोबार खुलेको डेढ घण्टा नबित्दै ७१ अंकले बढ्दै नेप्सेले नयाँ आर्थिक वर्षलाई स्वागत गरेको हो । पहिलो कारोबारमा नै अप्रत्याशित उछाल आएपछि यतिबेला...

विराटनगरमा घट्यो कोरोना संक्रमण दरः आज २१ संक्रमित थपिए

विराटनगर, ६ असार । विराटनगरमा पछिल्लो समय कोरोना संक्रमण दर घटेको छ । आइतबार विराटनगरमा २१ जना मात्र कोरोना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या २ हजार १ सय ४४ जना पुगेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्