साउनमा पनि सुनसान हुँदै पशुपति

 न्यूज विराट
साउनमा पनि सुनसान हुँदै पशुपति

काठमाडौं, २४ असार-चान्द्रमासअनुसार २२ असारमा सोमबारदेखि श्रावण कृष्णपक्ष सुरु भएको छ । प्रत्येक वर्ष साउन महिनामा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।

यस वर्ष चान्द्रमासअनुसार साउन महिनाको तेस्रो दिन बित्दासमेत पशुपति क्षेत्र सुनसान छ । पशुपति क्षेत्रमा शिवका भजन, आराधनाका स्तोत्र घन्किएका छैनन् । कोरोना भाइरसको सङ्क्रमणका कारण चैत ११ गतेदेखि जारी गरिएको बन्दाबन्दीले पशुपति मूल मन्दिरभित्र भक्तजनलाई प्रवेश निषेध गरिएको छ ।

असार १ गतेदेखि बन्दाबन्दीलाई खुकुलो बनाइए पनि देशभरका प्रमुख मठमन्दिर, शैक्षिक संस्था र सार्वजनिक यातायात अझै बन्द छन् ।

अहिलेकै स्वरूपको बन्दाबन्दी पनि सरकारले साउन ७ गतेसम्म जारी रहने घोषणा गरेको छ । अन्य सबै क्षेत्रमा बन्दाबन्दी खुल्नेबित्तिकै पनि पशुपतिमा भक्तजनलाई स्वास्थ्य सुरक्षाका कारण प्रवेश गराउन नसकिने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा बताउँछन् ।

‘असार १ गतेदेखि पशुपतिको मूल मन्दिरभित्र दर्शनार्थीलाई प्रवेश गर्न नदिइए पनि मुख्य मन्दिर बाहिरका भुवनेश्वरी, आर्यघाट, आर्यघाटपारिको क्षेत्रलगायत स्थानमा भक्तजन आउन दिइएको छ, भक्तजनले बाहिरबाटै दर्शन गर्न सक्छन्, अन्य क्षेत्र खुलेको ४/५ दिनपछि कम्तीमा दुई मिटरको दूरी कायम गरेर मूल मन्दिरभित्र भक्तजनलाई प्रवेश गराउने गरी कार्यविधि बनाएका छौँ,’ उनले भने ।

मठमन्दिर, चैत्य, गुम्बा, बिहार, मस्जिद, चर्चजस्ता धार्मिकस्थलमा हुने भीडभाडबाट छिटो रोगको सङ्क्रमण फैलने भएकाले सचेतता अपनाइएको कोषले जनाएको छ । मन्दिर खुलिहाले पनि विशेष पूजा भने गराइने छैन । साउन भगवान् शिवकै महिना भएकाले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गराउने भक्तजनको भीड लाग्ने गरेको छ । साउनमा विशेष पूजाबाट कोषलाई करोडौँ आम्दानी हुने गरेको छ ।

बोलबम यात्रा प्रभावित

भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महिनामा पवित्र तीर्थको जल ल्याई पशुपतिलगायत शिवालयमा चढाउने गरिन्छ । पशुपतिनाथलाई द्वादश ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्ग अर्थात् महाज्योतिर्लिङ्गका रूपमा विश्वभरका वैदिक सनातन हिन्दू धर्मावलम्बीले पुज्ने भएकाले यहाँ साउन महिनामा बोलबम यात्रा गरी जल अर्पण गर्न दिनमै लाखौँ भक्तजन आउने गर्थे ।

यस वर्ष कोभिड-१९ को सङ्क्रमणको डरले बोलबम यात्रासमेत प्रभावित हुने भएको छ । गुरु पूर्णिमाको भोलिपल्टदेखि नै दैनिक लाखौँको सङ्ख्यामा बोलबम यात्री आउने पशुपति यस वर्ष महामारीको डरका कारण सुनसान छ ।

बोलबम काँवरिया सङ्घ, भोलेनाथ काँवरिया सङ्घलगायत संस्थाले संस्थागतरूपमा गोकर्णेश्वर नगरपालिका-१ स्थित सुन्दरीमाई मन्दिरमुनिको वाग्मतीबाट स्वच्छ जल ल्याई पशुपतिमा चढाउने कार्यक्रमसमेत निश्चित छैन । जेठदेखि नै बोलबम यात्राको तयारी हुन्थ्यो । उपत्यकाका विभिन्न स्थानमा फ्लेक्समा सूचना जारी गरी भक्तजनलाई बोलबम यात्राका लागि आह्वान गरिन्थ्यो । यस वर्ष उपत्यकामा त्यस्तो देखिएको छैन ।

बोलबम यात्रा ठूलो समूहबीच गरिने भएकाले पनि व्यवस्थापन चुनौतीपूर्ण रहेको छ । कोषका कोषाध्यक्ष डा मिलनकुमार थापा कम्तीमा २ मिटरको दूरी कायम गरेर एकपटकमा बढीमा २० जनाभन्दा धेरै दर्शनार्थी मूल मन्दिरमा प्रवेश गराउन नसकिने बताउँछन् । यसरी पठाइएका भक्तजनलाई पनि पहिलेभन्दा टाढाबाट दर्शन गराइने छ ।

‘मूल मन्दिरभित्र प्रवेश गर्ने दर्शनार्थीलाई पनि एक स्थानबाट गई अर्को ठाउँबाट फर्कने गरी व्यवस्था मिलाइएको छ, डोरी राखी त्यसभन्दा बाहिर भक्तजन जान नपाउने गरी तयारी गरिएको छ, पशुपति छिर्ने प्रत्येक द्वारमा स्यानिटाइजरको व्यवस्था हुनेछ, थर्मलगनले ज्वरो नापिनेछ, तापक्रम बढी भएकालाई भित्र पठाइने छैन, मास्क नलगाएका दर्शनार्थीलाई पनि प्रवेश गराइने छैन,’ उनले भने ।

चार महिनाको बन्दाबन्दी अवधिमा पशुपति क्षेत्रलाई १० करोडभन्दा बढी आर्थिक घाटा लागे पनि भक्तजनको सुरक्षासँग सम्झौता गर्न नसकिने कोषाध्यक्ष थापा बताउँछन् ।

कोषले मङ्गलबार आयोजना गरेको कार्यक्रममा सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोनाको सङ्क्रमण घट्दै गए जेठ ७ गतेपछि भक्तजनका लागि मूल मन्दिर खोल्न सकिने सङ्केत गर्नुभएको छ । त्यसका लागि ‘एसएमएस’ सूत्र अर्थात् सामाजिक दूरी (सोसल डिस्टेन्स) मास्क र स्यानिटाइजरलाई उपयोग गर्न पनि उनले निर्देशन दिएका छन् । धार्मिक, आर्थिक गतिविधि चलायमान बनाउन स्वास्थ्य सुरक्षामा खतरा आउन दिनु नहुने सरोकार भएका निकायको सुझाव छ ।

बन्दाबन्दीको अवधिमा पनि पशुपतिनाथ मन्दिरमा नित्यरूपमा हुने पूजा आराधनालगायत कर्म भने नियमित भइरहेको कोषले जनाएको छ ।

साउनको सोमबार सनातन हिन्दू धर्मावलम्बीले व्रत गर्छन् । साउनको सोमबार व्रत गरी देवादिदेव महादेवका पूजा आराधना गरेमा धन नहुनेले धन, विद्याको आकाङ्क्षा राख्नेले विद्या र सन्तानको कामना गर्नेले सन्तान प्राप्त गर्ने धार्मिक विश्वास छ । रासस 

सम्बन्धित समाचार

इन्टरेक्ट क्लब अफ डिएभीको पदस्थापना

विराटनगर, १ असोज–रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित डिएभी स्कुलमा इन्टरेक्ट क्लबको पदस्थापन गराएको छ । अनलाई प्रविधि जुम एप मार्फत गरिएको भर्चुअल कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउन टाउनले इन्टरेक्ट क्लब अफ डिएभीको...

एमालेले महाधिवेशनमा २ सय ५० जनाभन्दा धेरै डाक्टर

काठमाडौं, मंसिर ६ । नेकपा एमालेले १० औँ राष्ट्रिय महाधिवेशनमा २ सय ५० जनाभन्दा धेरै डाक्टरहरु परिचालन गर्ने भएको छ । महाधिवेशन अन्तर्गतको स्वास्थ्य समितिले डाक्टरसहितको सबै व्यवस्थापन तयारी पूरा गरेको जनाएको छ । स्वास्थ्य...

रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)

विराटनगर, २२ फागुन । मोरङको रंगेली नगरपालिकामा यस वर्षको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । सोमबार रंगेली बजारस्थित जनता क्याम्पसको खेल मैदानमा पुरस्कार वितरण गर्दै प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको उपाधी...

नेपालको विकास सुरुङयुगमा प्रवेश गर्‍यो : ओली

नेकपाका अध्यक्ष केपी ओलीले नेपाल विकासको सुरुङमार्गमा प्रवेश गरेको बताएका छन् । ओली समूहको नेकपाले आयोजना गरेको बृहत् सभामा बोल्दै ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि विकासले तीव्रता लिएको बताएका हुन् । चीनसँग नेपाललाई जोड्न...

विराटनगरको रानी नाका आजदेखि खुला

बिराटनगर, १६ असोज । विराटनगरको रानी नाका शनिबारदेखि आधिकारीक रुपमा खुला भएको छ । लामो समय बन्द रहेको सो नाका शनिबारदेखि पूर्णरुपमा खुल्ला भएको हो । असोज ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिमाना खोल्ने...

हिरासतको पुस्तालयमा स्टेशनरी व्यवसायीद्धार पुस्तक वितरण

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेको पुस्तकालयलाई नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा मोरङको १ नम्बर इकाईले पुस्तक हस्तान्तरण गरेको छ । थुनुवालाई पठनपाठनका लागि २ सय २९ थान पुस्तक हस्तान्तरण...

कुर्ची तोडफोड पार्टीको नीति र संस्कृति विपरीत : कांग्रेस प्रवक्ता

काठमाडौं १९ असोज-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रे‍सले प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्ची तोडफोड पार्टीको नीति र संस्कृति विपरीत रहेको बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत कांग्रेस सांसदले गरेको व्यवहार पार्टीको...

सामाजिक विकास मन्त्रालयद्धारा उदयपुरमा होमीयोपेथिक औषधि हस्तान्तरण

विराटनगर, वैशाख ३०–प्रदेश १ मा कोरोना भाईरसको केन्द्रविन्दु मानिएको उदयपुरको भुल्केका १ हजार ४ सय व्यक्तिका लागि आज होमीयोपेथिक औषधि हस्तान्तरण गरिएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्