रूपन्देही सामूहिक हत्याकाण्डका अभियुक्त पुर्पक्षका लागि जेल चलान

 न्यूज विराट
रूपन्देही सामूहिक हत्याकाण्डका अभियुक्त पुर्पक्षका लागि जेल चलान

बुटवल, २२ असार-रूपन्देहीको तिलोत्तमा कान्छीबजारमा गत २६ जेठमा भएको सामूहिक हत्याकाण्डका अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन् । २६ जेठमा तिलोत्तमा १० कान्छीबजार मैनहवास्थित कृष्णबहादुर पुनले संचालन गर्दै आएको गंगादेवी कृषि फर्ममा ५ जनाको सामूहिक हत्या भएको थियो ।

प्रहरीले हत्याकाण्डमा संलग्न भएको आशंकामा सोही फर्ममा काम गर्ने सुर्खेतका झसेन्द्रबहादुर सिंजालीलाई घटनास्थलबाटै अर्थचेत भएको अवस्थामा पक्राउ गरेको थियो । पक्राउपछि सिंजालीले आफूले नै पाँचैजनाको हत्या गरेको स्वीकार गरेका थिए ।

प्रहरीसँगको बयानमा सिंजालीले आफ्नो चरित्र हत्या गर्ने गरेको आवेगमा हत्या गरेको बताएका थिए । सिञ्जालीविरुद्ध जिल्लाअदालत रुपन्देहीमा कर्तव्य ज्यान मुद्दा चलिरहेको छ । सोही मुद्दामाथि भएको बहसपछि जिल्ला अदालत रुपन्देहीले अभियुक्तलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।

जिल्ला अदालतका सूचना अधिकारी गंगा अधिकारीले आइतबार भएको बहसपछि जिल्ला न्यायाशीस मात्रिकाप्रसाद मरासिनीको एकल इजलासले अभियुक्त सिंजालीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जानकारी दिए ।

सिंजालीले भैंसी फर्ममा काम गर्ने रुपन्देहीकै सैनामैना नगरपालिका-५ का ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३५ वर्षीया जानकी मुसहर, फर्ममै बस्ने पोषराज मुसहर तथा स्थानीय करण चौधरी र आशीष चौधरीको सामूहिक हत्या गरेका थिए । आदेशपछि अभियुक्तलाई आइतबार नै जिल्ला कारागार भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

आज २६३८ जनामा कोरोना, सक्रिय संक्रमितको संख्या ३६ हजार नाघ्यो

काठमाडौं, २८ असोज-गत २४ घण्टामा नेपालमा २ हजार ६ सय ३८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । १३ हजार ९ सय ४७ को पीसीआर गर्दा आज देशभर २ हजार ६ सय ३८  नयाँ...

सम्भावित विभाजन रोक्न राप्रपाको पदाधिकारी बैठक बस्दै

काठमाडौं, २७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक आज बस्दैछ । बिहान साढे ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका  निवर्तमान अध्यक्ष कमल थापाले गत मंगलबार पार्टी...

होम क्वारेन्टाइनमा बस्दा के–के गर्नुपर्छ ?

काठमाण्डा, चैत ४–सरकारले विदेशबाट फर्किएका सबै नेपालीलाई १४ दिनसम्म घरमा छुट्टै बस्न अनिवार्य गरेको छ । कोरोनाको लक्षण १४ दिनभित्र देखिने र संक्रमित व्यक्तिमा लक्षण नदेखिइकनै उसको सम्पर्कमा रहेका व्यक्तिमा सर्ने जोखिम हुने भएकाले विदेशबाट...

विराटनगरमा मंगलबार साँझदेखि गएको लाइन बल्ल आयो, सवैतिर विद्युत सुचारु गराउने प्रयास जारी

विराटनगर, ४ कात्तिक । सोमबारदेखिको अविरल वर्षाका कारण आएको बढीले. नेपाल विद्युत प्राधिकरणको दुहवी ग्रीडमा क्षती पुर्याएपछि विराटनगर क्षेत्रमा अवरुद्ध भएको विद्युत सुचारु भएको छ । प्रदेश १ का अधिकांश जिल्लामा विद्युत आपूर्ती हुने दुहवी...

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन आजदेखि पाँचाैँ चरणको चार्टर्ड फ्लाइट

काठमाडाैं, १ भदौ-कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन आजदेखि पाँचाैँ चरणको चार्टर्ड फ्लाइट हुँदैछ । नेपालका २ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन १...

कोशी अस्पतालबाट कैदी फरार प्रकरण : डिएसपीको नेतृत्वमा छानविन समिति गठन

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालबाट एक जना कैदी फरार भएको घटनाको अनुसन्धान गर्न मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतको नेतृत्वमा छानविन समिति गठन भएको छ । डियुटिमा रहेका दुई जना प्रहरीलाई निलम्बन गरेर छानविन...

आयल निगमले पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं, चैत ३–नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा तेलको मूल्य घटेपछि नेपाल आयल निगमले मूल्य समायोजन गर्दै प्रतिलिटर २ रुपैयाँ मूल्य घटाएको हो । मूल्य घटाएसँगै उपत्यकामा पेट्रोलको मूल्य...

समाजवादी मोर्चाको सभा आज बागमती प्रदेशमा, प्रधानमन्त्रीलगायत शीर्ष नेता हेटौँडा आउँदै

विराटनगर । चार दल सम्मिलित समाजवादी मोर्चाको बागमती प्रदेशस्तरीय सन्देशसभा आइतबार आज प्रदेश राजधानी हेटौंडामा हुने भएको छ। सातै प्रदेशमा सन्देशसभा गर्ने निर्णयअनुसार मोर्चाले आज बागमती प्रदेशस्तरीय सभा गर्न लागेको हो। नेकपा एकीकृत समाजवादी, बागमती...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्