आउँदो ३ दिन वर्षा र बाढीको सम्भावना

 न्यूज विराट
आउँदो ३ दिन वर्षा र बाढीको सम्भावना

काठमाडौं, २० असार-आउँदो ३ दिन बदलीसहित देशभर वर्षा हुने मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय भएकाले आगामी ३ दिन देशभरी नै वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् । मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढीपहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउनसमेत उनले आग्रह गरिन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा देशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश प्रदेश १, गण्डकी प्रदेश, र प्रदेश ५ मा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

ती प्रदेशहरूका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखले अनुरोध गरेका छ ।

सम्बन्धित समाचार

देशका अधिकांश ठाउँमा वर्षा, सतर्कता अपनाउन अपिल

काठमाडौं, भदौ १३ । केही दिनयता देशैभरि पानी परिरहेको छ। भदौको दोस्रो साता निरन्तर परेको झरीले तराईका विभिन्न भागमा डुबान भएको छ भने पहाडमा ठाउँ-ठाउँमा पहिरो खसेको छ। काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि झरी परिरहेको छ।...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, १ असोज-बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । बुधबार ९७ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९६ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, बुधबार...

अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग कांग्रेसको माग

सोमबार जारी भएका अध्यादेश आपत्तिजनक र खेदजनक भएको भन्दै नेपाली कांग्रेसले तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।विश्व कोरोना भाइरससँग लडिरहेका बेला मूल विषयभन्दा बाहिर गएर अध्यादेश आउनु खेदजनक भएको उल्लेख गर्दै कांग्रेसले फिर्ता...

विराटनगरमा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि रोकिएको स्वास संकलन पुरु सुरु

विराटनगर, २ भदौ-स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि विराटनगरमा आइतबारदेखि बन्द भएको स्वाब संकलन मंगलबारबाट पुनः सुरु भएको छ । स्वाब संकलनमा खटिएका विराटनगर महानगरपालिकाका चिकित्सकमा संक्रमण देखिएपछि आइतबारदेखि विराटनगरभित्र स्बाव संकलन हुन सकेको...

सांसद मण्डले वितरण गरे ५ सय परिवारलाई राहत

विराटनगर, चैत २६–पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का संघिय सांसद शिवकुमार मण्डलले आफ्नो निर्वाचन क्षेत्रमा अतिनै विपन्न ५ सय परिवारलाई राहत वितरण गरेका छन् । लक डाउनमा स्थानीयतहहरुले राहत वितरणमा ढिलाई गरेपछि दैनिक ज्यालादारीमा...

आयतमा प्रतिबन्द लगाएको माछाको खुल्लेआम तस्करी, यसरी आइपुग्छ विराटनगर

विराटनगर । सरकारले आयतमा प्रतिबन्द लगाएको मागुर (मुर्गी) माछा प्रजातिका माछा खुल्लेआम तस्करी हुने गरेको पाइएको छ । दुई वर्ष अगाडी आयतमा प्रतिबन्द लगाएको मागुर अहिले मोरङ, सुनसरी र झापाको विभिन्न नाकाहरुबाट तस्करी हुने गरेको...

शुक्रवारदेखि मनकामना मन्दिर प्रवेशमा रोक

गोरखा, माघ ५ । गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको...

प्रभुराम शर्मा प्रधान सेनापति नियुक्त

काठमाडौं, ११ भदौ । बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरिएको । २४ भदौदेखि लागू हुनेगरी राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सो पदमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २६७...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्