पाकिस्तानमा बस र ट्रेन जुध्दा २० जना तिर्थयात्रीको मृत्यु

 न्यूज विराट
पाकिस्तानमा बस र ट्रेन जुध्दा २० जना तिर्थयात्रीको मृत्यु

एजेन्सी, असार १९-पाकिस्तानमा एउटा यात्रुबाहक बसलाई शुक्रबार ट्रेनले ठक्कर दिँदा बसमा यात्रारत २० जना सिख तिर्थयात्रीको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु ८ जना गम्भीर घाइते भएको उद्धारकर्मी एवं प्रहरीले बताएका छन् ।

यात्रुबाहक बसमा पाकिस्तानको पंजाबस्थित नानकाना साहिबबाट फर्कदै गरेका सिख तिर्थयात्री रहेको पाकिस्तानी संचार माध्यमहरुले जनाएका छन् । उक्त बस रेलको लिक पार गर्नेक्रममा दुर्घटनामा परेको थियो ।

स्थानीय प्रहरीका अनुसार कराँचीबाट लाहोरतर्फ गइरहेको शाह हुसेन एक्सप्रेस ट्रेनले फारुकाबाद रेल्वे स्टेशन नजिक यात्रुबाहक बसलाई दिउँसो करिब १.३० बजे ठक्कर दिएको थियो ।

पाकिस्तानी अखबार दी डनका अनुसार दुर्घटनामा अरु ८ जना गम्भीर घाइते भएका छन् । घाइतेहरु सबैलाई शिखपुरास्थित जिल्ला अस्पतालमा भर्ना गरिएको छ । पाकिस्तानी रेल्वे मन्त्रालयले उक्त दुर्घटना शिखपुरा नजिकै भएको र मन्त्रालयले अनुसन्धान सुरु गरिसकेको जनाएको छ । बसमा करिब २५ जना यात्रारत थिए । सो बसका यात्रीहरु पेशावरतर्फको यात्रामा थिए ।

सम्बन्धित समाचार

विराटनगर महागरपालिकाकी पूर्वउपमेयर इन्दीरा कार्कीविरुद्ध अख्तियामा भ्रष्टाचार मुद्धा

विराटनगर, २६ असार । विराटनगर महानगरपालिकाकी पूर्वउपमेर इन्दीरा कार्कीविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाका निवर्तमान उपमेयर इन्दिरा कार्कीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । विराटनगर–१५ स्थित...

कोभिड–१९ रोकथाममा प्रभावकारी काम गर्न ध्यानाकर्षण

काठमाडौं, १६ असार-नेपाली काँग्रेसले कोभिड–१९ का सन्दर्भमा सरकारले गरेका र आगामी तयारीका विषयमा जानकारी लिने तथा पार्टीले बारम्बार उठाउँदै आएका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएको छ । काँंग्रेसद्वारा गठित ‘कोभिड–१९ अनुगमन समिति’का संयोजक एवं पार्टीका सहमहामन्त्री...

सिंगापुर पुगे श्रीलंकाका राष्ट्रपति राजापाक्षे

श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षे सिङ्गापुर पुगेका छन् । उनलाई निजी भ्रमणका लागि सिङ्गापुर प्रवेश गर्न दिइएको सिङ्गापुरको विदेश मामिला मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयको अनुमतिमा उनी सिङ्गापुर आएका मन्त्रालयका प्रवक्ताले पुष्टि गरेका छन् । साउदी विमानमार्फत् उनी...

दिल्लीका सबै विद्यालय बन्द

एजेन्सी, १६ मंसिर । भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन्...

नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज लिदै शपथ, सानो मन्त्रिमण्डल विस्तारको तयारी

विराटनगर । नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज विहान ९ बजे शपथ ग्रहण गर्ने भएका छन् । उनलाई प्रदेश प्रमुख परर्शुराम खापुङबाट शपथ ग्रहण गराउनेछन् । थापालाई प्रदेश प्रमुख खापुङ्गले हिजो मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।...

खुकुलो बनाउदै मोरंगमा फेरी थपियो एक हप्ता निषेधाज्ञाा

विराटनगर, २१ असार । अझ खुकुलो प्रावधानसहित मोरङमा थप एक साता निषेधाज्ञा लम्ब्याईएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले यस अघि भन्दा अझ खुकुलो बनाउदै निषेधाज्ञाको समयावधि एक साता थप गरेको हो । जिल्ला प्रशासन...

बुटवलमा आइसोलेसनमा रहेका १ बिरामीको मृत्यु

बुटवलको धागो कारखानामा बनाइएको अस्थायी अस्पतालमा उपचारत एक बिरामीको मृत्यु भएको छ ।सैनामैना नगरपालिका–४, सिसौडाँडाका ३७ वर्षीय एक बिरामीको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । उनको मृत्युबारे अस्पतालले केही बोलेको छैन । उनको रगतको...

कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्यो

विराटनगर । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार पाँच महिना २१ दिनमा ढलेको छ । शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत गुमाएसँगै एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको हो । संविधानको धारा १६८...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्