३ दिनदेखि हराएकी बालिका मृत फेला

 न्यूज विराट
३ दिनदेखि हराएकी बालिका मृत फेला

जनकपुर, १९ असार-धनुषामा ३ दिनदेखि बेपत्ता ११ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन् । स्थानीयले बालिकाको बलात्कारपछि हत्या गरिएको हुन सक्ने आशंका गरेका छन् ।

विनोद पंजियारकी छोरी कञ्चन कुमारी पंजियारको शव जनकपुरधाम उपमहानगरपालिका- २१, कुर्थामा रहेको दूधमती नदीको किनारमा शुक्रबार १२ बजेतिर भेटिएको हो । उक्त स्थान पंजियारको घरभन्दा १ किलोमिटरको दूरीमा छ ।

अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ । घटनास्थलनजिक दुर्गन्ध फैलिएपछि खोजबिन गर्दा कञ्चनको शव भेटिएको स्थानीयले बताएका छन् । बुधबार दिउँसो भैँसी चराउन गएकी बालिकालाई अबेर रातिसम्म गाउँभर खोजबिन गर्दा पनि नभेटिएपछि परिवारजनले बिहीबार बिहानै अस्थायी प्रहरी चौकी कुर्थामा उजुरीसमेत दिएका थिए ।

सम्बन्धित समाचार

कोरोनाबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५७ पुग्यो 

काठमाडौं, १८ साउन -नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका १६ की ६८ वर्षीय महिला रहेकी छन् ।  ज्वरो, रुघाखोकी जस्ता समस्या देखिएपछि १४ साउनमा...

महिला क्रिकेट प्रतियोगिता विराटनगरमा हुँदै, आधा दर्जन टिमको सहभागि

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसन र क्रिकेट बिथआउट बाउन्ड्रीको सहयोगमा फागुन १७ देखि २० गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो । विराटनगर...

नेकपा स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, २ साउन-पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमतिअनुसार पटकपटक स्थगित हुँदै आएको बैठक आज बिहान ११ बजे...

कोरोना त्रास: प्रदेश १ का ३ स्थानमा क्वारेन्टाइन स्थापना

विराटनगर, चैत ६–कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेश नम्बर १ का विभिन्न तीन स्थानमा क्यारेन्टाइन स्थापना गरिएको छ । प्रदेश नम्बर १ मा झापाको कमलगढी, मोरङको टाँडी र उदयपुरको बेलसोतमा नेपाली सेनाले कोरोना संक्रमणको...

दोस्रो मिल्स भेट्रान्स गोल्डकप, घरेलु टिम मिल्स भेट्रान्स सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम मिल्स भेट्रान्स फुटबल क्लब रानी सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा मंगलबार भएको खेलमा हाम्रो इटहरी भेन्ट्रान्स क्लबलाई टाइब्रेकरमा ५–३ गोलले...

कोशी प्रदेशमा सकियो श्रमाधन रोजगार मेला : पाँच हजारले गरे अवलोकन, दुई हजारले दिए आवेदन

विराटनगर । विराटनगरमा दुई दिन भएको ‘श्रमाधान रोजगार मेला’को पाँच हजार बढीले अवलोकन गरेका छन् ।संघीय सरकार, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा भएको उक्त मेला शुक्रबार समापन भएको हो । देशका सातै प्रदेशमा जारी...

नेपालमा एकैदिन २१४ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८...

सभापति देउवाद्वारा प्रदर्शनमा सहभागी बन्न अपिल

काठमाडौँ, ११ पुस-नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध यही पुस १३ गते कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल गर्नुभएको छ । कांग्रेसले संसद् विघटनविरुद्ध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्