बलात्कार अभियोगमा बम्जनसहित ३ जनाविरुद्ध मुद्दा दायर 

 न्यूज विराट
बलात्कार अभियोगमा बम्जनसहित ३ जनाविरुद्ध मुद्दा दायर 

काठमाडौं, १९ असार-लिटिल बुद्ध भनेर चिनिएका रामबहादुर बम्जनको मुद्दा अदालतमा दायर भएको छ । सर्लाहीकी एक आफ्नै अनुयायी बलात्कार गरेको अभियोग लागेका बम्बजको मुद्दा शुक्रबार जिल्ला अदालत सर्लाहीमा दायर गरिएको हो ।

उनलाई बलात्कार अभियोगमा १४ वर्ष जेल सजाय माग दाबी गरिएको जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता केशवप्रसाद गौतमले जानकारी दिए ।

त्यसरी नै बम्जनको सहयोगी जीतबहादुर तामाङ र एक जना अर्का सहयोगीलाई समेत ७–७ वर्ष जेल सजाय माग दाबी गरेर मुद्दा दायर भएको गौतमले बताए ।

४ महिनाअघि सर्लाही अदालतको बलात्कारको अभियोगमा उनलाई पक्राउ पुर्जी जारी गरे पनि प्रहरीले पक्राउ गर्न भने सकेको छैन । उनी फरार रहेको प्रतिवेदन भने प्रहरी अदालतमा पेस गर्नेछ ।

अदालतले प्रहरीलाई लिएको समय अवधिको हद म्याद २१ असारमा सकिँदै छ । बम्जनको सिन्धुली र सिन्धुपाल्चोकको आश्रममा प्रहरीले पटक–पटक छापा मारे पनि पक्राउ गर्न भने सकेको छैन ।

सम्बन्धित समाचार

भारत तस्करी हुन लागेको १९६ केजी गाँजा विराटनगरबाट बरामद

विराटनगर । भारततर्फ तस्करी हुन लागेको ठूलो परिमाणको गाँजा इलाका प्रहरी कार्यालय रानी विराटनगरले बरामद गरेको छ । विराटनगर १८ फोरलाइन स्थितमा खेतमा राखेको परालमा बेबारिसे अवस्थामा पलाष्टिकको झोलामा प्रहरीले १९६ किलो गाँजा बरामद गरेको...

कक्षा कोठामै उपस्थित भएर पठनपाठन गराउने अवस्था छैन : शिक्षामन्त्री

काठमाडौं, २३ साउन-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले सबै तहका सरकारले वैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतकाे शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको...

विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध छौँ : प्रिन्सिपल त्रिलोचन गौतम

विराटनगर–११ पाञ्चालीमा रहेको सगरमाथा स्कुलका प्रिन्सिपल हुन, त्रिलोचन गौतम । सगरमाथा स्कुलले स्थापना कालदेखि नै विद्यार्थीहरूमा अनुशासनसहित गुणस्तरीय र जीवन उपयोगी शिक्षा प्रदान गरेको कारणले विद्यार्थी र अभिभावकको रोजाइमा परेको उनले बताए । शिक्षासँग केन्द्रित...

भारतमा १२ घण्टाभित्र दुई नेताको हत्या

एजेन्सी, ४ पुस । भारतको केरलामा १२ घण्टाभित्र दुई नेताको हत्या भएको छ । भारतीय जनता पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताको हत्या भएको हो । केरलाको अलाप्पुझामा शनिबार राति सोसल डेमोक्रेटिक पार्टी (एसडीपीआई) का...

उदयपुरबाट खोटाङ प्रवेश गर्ने झोलुङ्गे पुलमा तारजालीको बार

खोटाङ, २१ वैशाख-छिमेकी जिल्ला उदयपुरसँगको अनियन्त्रित आवतजावत रोक्न सिमानामा पर्ने कम्पुघाटस्थित सुनकोशी नदीमा सञ्चालित झोलुङ्गे पुलमा रातको समयमा ताला लगाउने व्यवस्था गरिएको छ । उदयपुरमा कोरोना भाइरसको सङ्क्रमित भेटिएसँगै त्यहाँ बसोबास गर्दै आएका खोटाङे सर्वसाधारण...

लिदी पहिरो : बेपत्ता ३८ जनाको पहिचान खुल्यो

सिन्धुपाल्चोक, साउन ३०-सिन्धुपाल्चोककाे जुगल गाउँपालिका-२ लिदीमा शुक्रबार बिहान गएको पहिरामा परी ३८ जना बेपत्ता भएका छन् । बेपत्ता हुने सबैकाे पहिचान खुलेकाे छ । पहिरोमा परी अहिलेसम्म २ जनाको शव भेटिएको छ । पहिराले ३५...

प्रतिनिधिसभामा अर्थमन्त्री नआएको भन्दै विरोध

काठमाडौं, बैशाख ३०-संघीय संसदको प्रतिनिधिसभामा अर्थमन्त्रीको उपस्थिति नभएको भन्दै विरोध जनाइएको छ । आगामी आर्थिक वर्षको पूर्वबजेट छलफलको क्रममा अर्थमन्त्री डा. युवराज खतिवडा उपस्थित नभएपछि सांसदहरूले विरोध जनाएका हुन् । संघीय संसदमा प्रि बजेट छलफलमा...

सेनाको जहाजमार्फत् जिल्लाजिल्लामा सामान पठाइँदै

नेपाली सेनाको जहाजले मंगलबार विभिन्न ठाउँमा अत्यावश्यक सामग्रीहरूको ढुवानी गरिँदै छ । सेनाले सोमबार पनि केही स्थानमा ढुवानी गरेकामा आज पनि निरन्तरता दिइएको हो । देशका विभिन्न अस्पतालहरूमा औषधि तथा स्वास्थ्य सामग्री ढुवानीका लागि सेनाले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्