नेकपा स्थायी कमिटीको बैठक पर्सिसम्मलाई स्थगित

 न्यूज विराट
नेकपा स्थायी कमिटीको बैठक पर्सिसम्मलाई स्थगित

काठमाडौं, १८ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको बैठक पर्सिसम्मका लागि स्थगित भएको छ । बिहीबारको बैठकमा केशव बडाल र अमिक शेरचनले आफ्नो धारणा राखेका थिए ।

तर, त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरेको जानकारीपछि स्थायी कमिटीको बैठक स्थगित गरेर अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विभिन्न छलफलमा सहभागी भएका थिए । सरकारले आजै संसदको चालू अधिवेशन अन्त्य गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत राष्ट्रपति विद्या भण्डारीसँग भेट गरेका थिए ।

त्यसपछि बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि पुनः स्थायी कमिटीको बैठक बसेको थियो ।बैठकमा पार्टी एकता गम्भीर संकटमा परेको भन्दै पार्टी एकतालाई हर हालतमा रक्षा र सुदृद्ध गर्नका लागि आपसी छलफल गर्नुपर्ने भन्दै बैठक पर्सि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टीको आन्तरिक समस्या समाधानका विषयमा भोलि दिनभर आन्तरिक गृहकार्य गरेपछि शनिबार ११ बजे पुनः स्थायी कमिटीको बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

राधाकृष्ण रथयात्रा निकाल्नुपर्ने माग राख्दै मोङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

विराटनगर । राधाकृष्ण रथयात्रा गराउनुपर्ने मागसहित युवाहरूले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई भेटेर युवाहरूको समूहले रथयात्रा निकाल्नुपर्ने माग राख्दै उनीहरूले ज्ञापन पत्र बुझाएका हुन् ।...

प्याब्सन स्पोर्ट्स मिट : पूर्वाञ्चलकी सृजना र सितल सर्वाधिक पदक जित्ने खेलाडी

विराटनगर । विराटनगरमा जारी प्याब्सन स्पोर्ट्स मिटमा सर्वाधिक पदक जित्ने खेलाडी मोरङको सुन्दरहरैचामा रहेको पूर्वाञ्चल एकाडेमीकी सृजना वि.क. र सीतल मगर भएकी छिन् ।दोस्रो दिन शनिबारसम्म सृजना र सितलले दुई विधामा समान २–२ स्वर्ण पदक...

मन्त्री छनोटप्रति माओवादीमा विवाद, बुर्जामगरले राजिनामा दिने चेतवनी

विराटनगर । कोशीका प्रदेशसभा सदस्य नारायण बुर्जामगरले सरकार गठनप्रति असन्तुष्टि जनाएका छन् । उदयपुरबाट निर्वाचित माओवादी सांसद बुर्जामगरले सरकार गठनप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिने मनसायमा रहेको बताएका छन् । उदयपुर २(१) बाट दुईपटक प्रदेशसभा सदस्यमा...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बनायो छात्राका लागि शौचालय

विराटनगर । रोटरी क्लव विराटनगर डाउनटाउनले गायत्री संस्कृत विद्यालय विराटनगरमा छात्राहरूका लागि शौचालय ब्लक बनाइदिएको छ । रोटरीको यो परियोजना निर्माणलाई काठमाडौं लायन्स क्लबले लायन्स राजधानी सेवा केन्द्र, जिल्ला ३२५ एचको सहकार्य र आर्थिक सहयोग...

सप्तरीमा मृत्यु भएका १ जनामा कोरोना पुष्टि

सप्तरी, २२ साउन-कोरोना भाइरस (कोभिड-१९) जस्तै लक्षण देखिएर मृत्यु भएका सप्तरीका १ जनाको पीसीआर पोजिटिभ देखिएको छ ।फर्किर घर क्वारेन्टाइनमा बसिरहेका सप्तरीको रूपनी गाउँपलिका-५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि पीसीआर पोजिटिभ देखिएको हो । प्रदेश...

प्याब्सन विराटनगरको अध्यक्षमा अर्जुन श्रेष्ठ

विराटनगर । प्याब्सन विराटनगरको अध्यक्षमा अर्जुन श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् । विराटनगरमा बुधबार भएको तेस्रो महानगर अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । अध्यक्षमा चयन भएका श्रेष्ठ विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन...

विप्लव नेकपाका जिल्ला सदस्यसहित ५ जना पक्राउ

विराटनगर, फागुन ६–संखुवासभाको चैनपुर १ स्थित गुफापोखरीबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला सदस्यसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चैनपुर– ४, दोभानेका अग्नि भन्ने सन्तोष तामाङसहित ५...

विराटनगरका कांग्रेस नेता गुप्ताले सुरु गरे श्रीलंकालाई आर्थिक सहयोग अभियान

विराटनगर, २७ असार । विराटनगरका नेपाली कांग्रेसका नेता राजेश गुप्ताले आर्थिक संकट झेलीरहेको श्रीलंकालाई सहयोग अभियान सुरु गरेका छन् । नेपाली कांग्रेस प्रदेश १ का कोषाध्यक्ष रहेका गुप्ताले संकटबाट गुज्रीरहेको श्रीलंकाका लागि आर्थिक सहयोग अभियान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्